Sponsor

जंगे पिलर

जंगे पिलर भत्कायो रे उठ नेपाली॥
सिमा मिच्ने SSB लाई लुट नेपाली॥

सधैभरी बर्षाहुदाँ तराई डुबानमा,
उसका बाँध भत्काउन जुट नेपाली॥

हुनत हाम्रो साथमा छैनन हतियार,
जे जे छन गोलाबारुद सुट नेपाली॥

सिमानाका फूलमिच्दै आएहोलान यतै,
घरयासी झगडामानै फुट नेपाली॥

खुकुरी छ कम्मरमा बन्दुक हातमा,
जाँउ है अब लड्न कस बुट नेपाली॥

#एकान्तप्रेमी एम बि मुखिया

~जैसिथोक गुल्मी
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment