Sponsor

कोतगढी

कोत गढी दैलेख जिल्ला सदर मुकाम दैलेख बजारको पुरानो बजारमा अवस्थित एक ऐतिहासिक युद्ध किल्लाको रुपमा चिनिने गढी अथवा बौण्डरी पर्खाल हो। नारायण नगरपालिका वडा नंवर १, दैलेखको पुरानो बजार स्थित यो सैन्य गढी अत्यन्त कलात्मक ढुंगाले निर्माण गरिएको छ।
कोतगढीको एक तर्फको झलक

यस गढीको चारै तिर गहिरो खाल्डो बनाइएको छ। किल्लाको भित्री सतहबाट करिब २ मिटरसम्म अग्लो ढुङ्गे प्रखाल रहेको यस गढीको निर्माण बाइसे राज्यहरूमाथिको विजय अभियान अन्तर्गत गोरखाली सेनाले गरेको मानिन्छ। गढीको मुल प्रवेश ढोका उत्तरतर्फ रहेको छ। यस गढीको परिधी लगभग ६७२ मिटर रहेको छ। किल्लाको सबै प्रखालहरूमा बाहिर हेर्न सकिने गरी त्रिकोण आकारका १३ वटा प्वालहरू बनाइएका छन्। केही बर्ष पहिलेसम्म यो किल्ला भित्र दुईवटा भवनहरू रहेको थिए। यस गढीको निर्माणशैली अत्यन्त कलाकौशलयुक्त र सुरक्षित रहेकोले नेपालको किल्ला वास्तुकलामा यसको विशेष महत्व रहेको छ। द्वन्द्वकालमा सैनिक ब्यारेकको रुपमा रहेको यो गढी अहिले सैनिक ब्यारेको त्यहाँबाट अन्यत्र स्थानान्तर भएपछी गढीभित्रका संरचनाहरू पूर्णरुपमा समाप्त भइसकेका छन्। दैलेख सदरमुकामको मुटुमा रहेको ऐतिहासिक कोतगढी फोहोर विसर्जन गर्ने ठाउँ भएको छ। गढीभित्र रहेका तीनवटा पुराना घरको अहिले निसाना भेटिँदैन । कतिपयले यसलाई फोहोर विसर्जन गर्ने ठाउँका रूपमा प्रयोग गरेका छन् । दैलेखमा तत्कालीन समयमा गरिने युद्धकलाको निकै पुरानो इतिहासका बारेमा जानकारी लिन जोकोहीलाई पनि गढीको महत्व हुने स्थानीयवासी गणेश रेग्मीले बताउनुभयो । दैलेख युद्ध पर्यटनको अर्को महत्वपूर्ण पाटो हुन सक्छ । गढीको खोज अनुसन्धान लगायतका अन्य कुरा गर्न सके यसको अनुसन्धानका लागि मात्रै धेरै विदेशी आउन सक्ने सम्भावना रहेको छ ।
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment