Sponsor

आकाशमा मान्छे पछ्याउँदै चरा

धेरैलाई थाह छैन, चराहरुलाइ तालिम दिन सकिन्छ । घर पालुवाका रुपमा होइन । प्रक्रितिमै । मान्छेसित घर पालुवालाई तालिम दिएर प्राक्रितिक वासस्थानमै रमाउने र प्राक्रितिक वासस्थानबाट ल्याएर घर पालुवा बनाउने दुबै क्षमता, सिप, अक्किल र प्रबिधी छ । आजकाल चराहरुलाई पारा ग्लाईडिङ र खासगरि साना विमानको सहायताले वसाइसराईको तालिम दिने गरिन्छ । तिनले मानिसले उडाईरहेको विमानलाइ पिछा गर्छन् । उडानको सिप सिक्छन् । ति मानिसले उडाएको विमान पछ्याउँदा पछ्याउँदै मान्छेले चाहेको ठाउँमा पुग्छन् । आजकाल यस्तो उडानको तालिम दिएर फिल्म बनाउने प्रचलन बढ्दो छ पश्चिमी देशहरुमा । आज राखिएका तस्विर त्यसरिनै फिल्म बनाउनकालागि चरालाई दिईएको तालिम हो ।


अर्थफ्लाईट भनिने कम्पनीले गरेको तालिम । माईक्रोलाईट ह्याङग्लाईडर उडाएर, क्रेन, गिज (हाँस), फाल्कोन (बाज), अल्बात्रोस, इगल (चिल) हरुलाई यसरि ग्लाईडरको पछि पछि उड्ने तालिम दिइन्छ । तालिम प्राप्त चराहरु यसरि उडेर बसाईसराईबारे सिक्ने गर्छन् । यो चाहिँ स्पाईक्याम फिल्म कम्पनीले फिल्म बनाउनकालागि उडाएको हो ।

उनीहरुले टिभी कार्यक्रम र चराबारे फिल्म बनाउँन छ वटा महादेशमा तस्विर लिएक थिए । यो उत्तर अ मेरिकाको द्रिष्य हो । फोटो- बेबीसी

अर्थफ्लाईट कम्पनीले इपिक एडभान्चर भनेर नाम दिएको यो फिल्मको कहानी मेक्सिकोको खाडीबाट शुरु हुन्छ । गिज (हाँस) हरुको यो तस्विर त्यहिँ खिचिएको हो जहाँबाट वर्षको पचास लाख यस्ता हाँस यात्रा तय गर्छन् । हरेक वर्ष करिब तिन हजार माईलको यात्रा गरेर यी आर्क्टिक क्षेत्रमा पुग्छन् प्रजननकालागि । तस्विर : जोन डोनर, म्याथ्यु गोर्डनर, प्रोडक्सन / बीबीसी

यो प्रसिद्द गोल्डेन गेट ब्रिज भनिने पूल हो । पेलिकन (देव हाँस) चराहरु यसरि गोल्डन गेटको मुनिबाट छिरेर बसाई सर्ने रहेछन् । यस अघि यस्तो तथ्य कहिल्यै द्रिष्याङ्कन गरिएको थिएन भन्ने दाबी गरेका छन् । यो पार गर्दै यि देवहाँस सान्फ्रान्सिस्कोको खाडी पुग्ने रहेछन् । फोटो- माईकल डब्लु रिचार्ड, जोन डोनर, प्रोडक्सन / बीबीसी

केप गानेट भनिने चरा केप गानेटकै ठूलो समूहमाथिबाट उड्दै । यो तस्विर यस्तै चराहरुको सामुद्रिक टापू, दक्षिण अफ्रिकामा खिचिएको हो । फोटो- माईकल डब्लु रिचार्ड, जोन डोनर, प्रोडक्सन / बीबीसी

तुलिप भनिने फूलको खेती र क्रेन चरा : यी चरा ९००० मिटर माथिबाट उड्दापनि जमिन र चराको द्रिष्य देखाउन विशेष क्यामराबाट उनीहरुले तस्विर खिच्ने गर्छन् । उनीहरुले नयाँ फिल्मी तरिका भनेका छन् । सहारा मरुभूमीको वालुवा भन्दा ९००० मिटर र चिनको ग्रेटवाल भन्दामाथिबाट उडेका चराको उनीहरुले तस्विर खिचेका छन् । फोटो- क्रिस्चियन मुलेक, जोन डोनर / प्रोडक्सन

हरेक ईपिसोड (भिन्न कहानी, कथा) ले चराको भिन्न भिन्नै महादेशको बसाईसराईको कथा कहन्छ । यसका लागि विशेष खाले क्यामरा जसलाई उनीहरुले इनोभेटिब क्यामरा नाम दिएका छन् र विशेष प्रविधी प्रयोग गरेका छन् । फोटो- जोन डोनर / प्रोडक्सन

तिनको पाँचौं भागले एशिया र अष्ट्रेलियाको चरा बारे देखाउने छ । फोटो- बीबीसी

उलुको आकाशमाथि बद्गेरिगा भनिने चरा । फोटो- बीबीसी


स्कार्लेट माकाओ भनिने चरा । यो दक्षिण अ मेरिकामा खिचिएको हो । फोटो- बीबीसी

ईपिसोड बनाउँदा ग्लाईडर संगै उडीरहेका क्यानड गुज भनिने हाँस । फोटो- आर कुक / बीबीसी

चराहरुले यसरि ग्लाईडरलाई पिछा गरेर उड्दा जमिनबाट त्यसका केहि द्रिष्य खिचेका थिए क्रिष्चियन मुलेकले । उनीसित माईक्रोलाईट भनिने एकदम हलुको र सानो ग्लाईडरपनि थियो । त्यसैमा उडेर उनी चराको नजिक जान्थे र फोटो खिच्थे । फोटो- बीबीसी
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment