Sponsor

प्राभ्दा ('सत्य') - रुसी बोल्सेविक पार्टीको वैधानिक दैनिकपत्र

रुसी बोल्सेविक पार्टीको वैधानिक दैनिकपत्र। यस अखबारको पहिलो अङ्क सन् १९१२को ५ मईको दिन पिटर्सबर्गमा प्रकाशित भएको थियो। मजदुरहरूले जम्मा गरेको चन्दाबाट यो अखबार छापिन्थ्यो। त्यसको प्रत्येक संस्करण ४० हजार थानसम्म पुग्दथ्यो भने कुनै अङ्क त ६० हजार थानसम्म पनि विक्री हुन्थ्यो।
भ्ला.इ. लेनिनले 'प्राभ्दा' अखबारको प्रकाशनलाई पिटर्सबर्गमा मजदुरहरूको महान् युगान्तरकारी कार्य भन्ने नाम दिनभएको थियो।
प्राभ्दा, १६ मार्च १९१७

 'प्राभ्दा' अखबारले जनाततै आम जन-समुदायसँग बोल्सेविक पार्टीको सम्बन्ध कायम गरिदिएको थियो। यस अखबारको वरिपरि असङ्ख्य मजदुर सम्वाददाताहरू एकबद्ध भएका थिए। भ्ला.इ. लेनिनले 'प्राभ्दा'को नेतृत्व गर्नुभएको थियो। उहाँ प्रायः हरेक दिन नै यस अखबारको लागि लेख्नुहुन्थ्यो, यसको सम्पादनालयलाई निर्देशन दिनुहुन्थ्यो र यस अखबारमा संघर्ष र क्रान्तिको भावनाले भरपूर सामग्रीहरू प्रकाशित होऊन् भन्ने हेतुले सदा प्रयत्नशील रहनुहुन्थ्यो। 'प्राभ्दा' अखबारले निरन्तर पुलिसको तर्फबाट खेदोको सामन गर्नुपरेको थियो। सन् १९१४को जुलाई महिनामा गएर यो अखबार बन्द गरियो। सन् १९१७को फेब्रुअरी महिनामा सम्पन्न भएको पुँजीजीवी प्रजातन्त्रवादी क्रान्तिपछि मात्र यो अखबार फेरि प्रकाशित हुन थाल्यो। पुँजीजीवी अस्थायी सरकाले पनि खेदो खन्न थालेको हुनाले कैयौंपल्ट अखबारको नाउँ समेत फेर्नुपरेको थियो। सन् १९१७को महिनादेखि यो अखबार फेरि आफ्नो पुरानै 'प्राभ्दा' नाउँबाट प्रकाशित हुन थाल्यो।
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment