Sponsor

निर्वस्त्र मोडेलका जिउमा ‘पञ्च महाभूत’



सुन्दरीहरुका निर्वस्त्र जिउमा जल, स्थल, तेज, वायु र आकाश अर्थात् सम्पूर्ण पञ्चमहाभूत । निर्वस्त्र सरीरमा वास्तविक प्राकृतिक छटा स्थापित गर्नु कुनै चानचुने कल्पना तथा कलाको खेति होइन ।

अमेरिकाका एक जना कलाकारले निर्वस्त्र युवतीहरुका जिउमा परावैजनी पेन्टिङको सहायताले प्राकृतिक दृश्यहरु स्थापित गरेर कलाको उत्कृष्ट नमूना पेश गरेका छन् ।

उटाका ४४ वर्षे जोन पोप्लेटनले अँध्यारो पृष्ठभूमिमा निर्वस्त्र जिउमा डढेलो लागेको अपि|mकी सभाना देखि लिएर, विजुली चम्किएको आँधीबेहेरी देखि लिएर तारापुन्जहरु सहितको आकाशको वास्तविक चित्र सिर्जना गरेका छन् ।

आफ्नो बडीस्केप परियोजनाका लागि उनले अधिकांस महिला मोडेलको प्रयोग गरेका छन् र प्रायः निर्वस्त्र महिला मोडेलको ढाड वा जिउको पछाडि पट्टकिो भागलाई क्यानभास बनाएका छन् । यद्यपि कतिपय अवस्थामा भने जिउको अघिल्लो भागलाई पनि प्रयोग गरेका छन् र त्यसो गर्दा संवेदनशील अंगलाई निकै उत्कृष्ट तरिकाले कलामा ढालेका छन् ।




हरेक एउटा दृश्य तयार पार्न ३ घण्टा लागेको र उनले मोडेलको जिउमा प्रकृतिका सुक्ष्म भन्दा सुक्ष्म दृश्यहरु समेत समावेश गरेका छन् ।

यो कलाकारितालाई उनले प्रकाशसित पेन्टिङको नाम दिएका छन् । त्यसक्रममा उनले अदृश्य परावैजनी प्रकाशको श्रोतका साथै कालो प्रकाश तथा परावैजनी किरणमा सक्रिय हुने रङको प्रयोग गरेका हुन् ।






हेरौँ मोडेलका निर्वस्त्र जिउमा प्रकृतिका छटाहरु










Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment