Sponsor

संसारका ५ विचित्रका विमानस्थलहरू



१.जिब्राल्टर अन्तर्राष्ट्रिय विमानस्थलः
सामान्यतया कुनैपनि विमानस्थल भित्र गाडि चलाउन अनुमति हुँदैन । तर ब्रिटेनको जिब्राल्टर अन्र्तराष्ट्रिय विमानस्थलमा भने विना रोकतोक संधै गाडि गुडि रहेका हुन्छन् । ट्र्ेनहरु भने विभानहरु अवतरण हुनु अगाडि केहि समयका लागि मात्रै रोकिन्छन् । त्योसमयमा ट्रेन रोकिनाको कारण चाँहि के हो भने, विमानस्थलको रनवे र सडक दुईवटै काम एउटै स्थालले गर्नु पर्ने हुन्छ । विमानस्थल भित्रको सडक एकदमै व्यस्त हुन्छ । १० मिनेटसम्म मात्रै ठुला गाडि र ट्रेनहरुले उडान र अवतरणको समयमा प्रतिक्षा गर्नु पर्ने हुन्छ । बांकि समय भने सवारी साधनहरु विमानस्थल भित्रको सडकमा निरन्तर गुडि रहेका हुन्छन् । यो विमानस्थलमा ब्रिटिस एयरवेयज, इजी जेट र म्यान्चेष्टहर उडान र अवतरण गर्ने गर्दछन् । यो संसारका असामान्य भनौँ अजिब बिमानस्थलहरु मध्यमा पर्दछ । तर हामि यसलाई यहाँ वित्रित्रका ५ विमानस्थलहरु भित्र राखेर बयान गरिरहेका छौँ ।


२.कान्साई अन्तर्राष्ट्रिय विमानस्थलः 
जापानमा ठुलो विमानस्थल बनाउनका लागि कुनै ठुलो भूभाग नभेटिएपछि १२,६०० करोड र्खच गरेर समुन्द्रमा विमानस्थल निर्माण गरिएको थियो । यो मानव निर्मित संसारकै पहिलो आइसल्याण्ड हो । ओस्कार नजिकै बनाइएको यो दिपलाई विशाल उचाई पनि देख्न सकिन्छ । यसलाई ठुलो ठुलो आँधि र भूकम्पले समेत असर पार्न नसक्ने गरी निर्माण गरिएको छ । १९८७ देखि निर्माण कार्य सुरु गरिएको यो विमानस्थल १९९४ मा सम्पन्न भएको थियो । पछि अमेरिकी नागरिक समाजले यसलार्य सह्रसताब्दीको स्मारकको रुपमा घोषणा गरेको थियो ।






















३.गिस्बोर्न बिमानस्थलः 
न्युजल्याण्डको गिस्बोर्न बिमानस्थल पनि एउटा त्यस्तो विचित्रको बिमानस्थल हो जस्को धावनमार्गको बाटो भएर ट्रेन गुड्छ । यो विमानस्थलको रन वेको बिच भागबाट रेलवे ट्रयाक खोलिएको छ ।
यस विमानस्थलबाट ट्रेन पास हुने समयमा एयर ट्राफिकको कन्ट्रोल रुम द्वारा बाटो खुला गरिन्छ । धेरै बर्ष देखि यो विमानस्थल यसै गरि चलिरहे पछि अहिले सम्म कुनै पनि दुर्घटना यहाँ भएको छैन ।


४.कोर्चेभेल बिमानस्थलः 
फ्रान्समा एउटा त्यस्तो बिमानस्थल छ, जुन बिमानस्थलको ग्राउण्डको लेभल पडाहको ढिस्को जस्तो उठेको र बसेको अवस्थामा छ । जस्को नाम हो फ्रेन्च कोर्चेभल बिमानस्थल हो । यो बिमानस्थल पहाडको काखमा अवस्थीत छ । यो बिमानस्थललाई जेम्स बोन्डको फिल्म ‘टुमरो नेभर डाइज’मा देख्न सकिन्छ । हिउँदयामको समयमा भने रन वे पुरै हिउँले घेरिएको खतरपुर्ण अवस्थााम हुन्छ ।


५.डनमियुङ् अन्तर्राष्ट्रिय विमानस्थलः 
थाइल्याण्डमा धेरै गल्फकोर्सहरु छन् । तर थाइल्याण्डको डनमियुङ् अन्तर्राष्ट्रिय विमानस्थलको रनवे मा करिब १८ वटा गल्फकोर्सहरु निर्माण गरिएका छन् । जहाँ एउटा विमान उड्दा या अवतरण हुँदा पनि रनवेको गोल्ड साइड्मा नै गल्फ खेल्न सकिन्छ । यस्मा पब्लीकहरुले पनि खेल्न पाउँछन् तर सुरक्षालाई ध्यानमा राखेर त्यहाँ जान बन्देज लगाइएको छ । तर रोयल थाई एयर ंले भने प्रवेश दिएको छ ।

Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment