Sponsor

मुस्ताङका गुफा विश्वकै एक नम्बर आश्चर्य


मुस्ताङ जिल्लामा निकै प्राचीन गुफाहरु रहेको कुरा बेलाबेलामा समाचारमा आउने गर्छ । नेपाली सञ्चार माध्यमहरुले यसबारे समय समयमा समाचार प्रकाशन प्रशारण गर्ने गरेका भए पनि यसप्रति विदेशी सञ्चार माध्यमको उतिसारो ध्यान गएको थिएन । तर, हालै एक बेलायती सञ्चार माध्यमले मुस्ताङका प्राचीन एवं निकै विचित्रका गुफा र दरबारबारे समाचार र तस्वीर प्राथमिकताका साथ प्रकाशन गरेको छ ।


प्राचीन अधिराज्यको विचित्रता नेपालमा भेटियो, १ सय ५५ फिटमाथि हजारौँ गुफा भन्ने शीर्षकमा डेली मेल वेबसाइटले मुस्ताङ जिल्लामा पाइएका प्राचीन गुफाबारे सविस्तार एवं सचित्र खबर दिएको छ । मुस्ताङका गुफाबारे डेलीमेलमा यस्तो लेखिएको छ ।जमिनभन्दा १ सय ५५ फिटमाथि, हिमालयमा लुकेका ती मानव निर्मित गुफाहरु विश्वको सबैभन्दा विचित्र पुरातात्विक विचित्रता हो । ग्राण्ड क्यानोनभन्दा निकै अग्लो बालुवा रङ्गे भीरमा, निकै कमजोर जमीनमा हजारौँ प्वाल खोपिएको छ । डेली मेल अगाडि लेख्छ, अचम्म लाग्ने संख्यामा खोपिएका ती गुफाहरु, कुनै भिरको पाखापट्टबिाटै खनिएको छ र ती हजारौँ वर्ष पुराना भए पनि कसले बनाएको हो र किन बनाएको हो भन्ने कुरा भने अझै आश्चर्यकै गर्भमा रहेको छ ।

मुस्ताङ उपत्यकाको फेदीभन्दा १ सय ५५ फिटको उचाइमा पहाडि पाखोमा रहेका ती गुफामा अहिलेसम्म कतिजना पुगे भन्नेबारे पनि केही थाहा छैन । प्राचीन मुस्ताङ राज्यमा रहेका ती आश्चर्यजनक गुफाहरु झण्डै एक हजारको संख्यामा छन् ।




हालै साहसिक फोटोग्राफर कोरी रिचार्डस्, पर्वतारोही पिट एथन्स, पुरातत्वविद् मार्क एल्डेन्डेफरलगायतको खोज टोली यी गुफाहरुमा पुगेर गुफाहरुको आश्चर्य खोतल्ने प्रयास गरेको छ ।
रिचार्ड भन्छन्, म नेपालको फोर्ते गाउँमा काम गरिरहेको थिएँ । म र एथन्सले शेर्पाहरुलाई सगरमाथा आरोहणको बारेमा सिकाइरहेका थियौँ । त्यही बेला एथन्सले मलाई मुस्ताङमा रहेका यी गुफाहरुको बारेमा बताए र त्यहाँ गरेर काम गर्न इच्छुक छौ ? भनेर सोधे । उनले मलाई ती गुफाहरुको बारेमा वर्णन गर्दा मैले कहिल्यै कल्पना पनि गर्न नसकेका विषयहरु बताइरहेका थिए । उनले जति मलाई बताएका थिए, म साँच्चिकै त्यो ठाउँमा पुग्दा अझ धेरै भव्य र विशाल लाग्यो ।


मुस्ताङका ती गुफाका अगाडि विश्वको चर्चित मरुभूमि क्षेत्र ग्राण्ड क्यान्योन निकै फुच्चे सावित हुने रिचार्डको तर्क छ ।

ती प्राचिन गुफाहरुभित्र १२ औँ शताब्दीतिरको सभ्यता पाइएको र ती गुफाभित्र बाह्रौँ शताब्दीमा एक गाउँ नै रहेको उनी बताउँछन्


डेली मेलका अनुसार यी गुफाको खोजका लागि ती विदेशी खोजकर्ताहरुले निकै जोखिम मोलेका छन् । अघिल्लो वर्षसमेत गुफा चढ्ने प्रयास गरेका रिचार्ड चढ्दाचढ्दै लडेर ढाडै भाँचिएको थियो भने भिडियो ग्राफर लिंकनको टाउकोमा ढुंगाले लागेर ठूलो चोट भएको थियो । तर अर्को वर्ष रिचार्डको टोली हिम्मत गरेर गुफा चढ्ने प्रयास गर्यो र सफल पनि भयो ।


मुस्ताङ गुफाको अनुभवबाट सिकेको पाठ भन्दै रिचार्ड भन्छन्, ‘हामीले विश्वका सामु के नयाँ कुरा पस्किन्छौँ भन्ने विषय विज्ञान, आविष्कार तथा संस्कृतिबीचको मिलन कसरी गराउँछौँ भन्ने कुरामा भर पर्छ



Share on Google Plus

About Beingrahul

1 comments:

  1. Es muy interesante... Se puede publicar en videos, en TV. Es conocimiento acerca de culturas. Me gustaría verlo en la TV argentina.

    ReplyDelete