Sponsor

आकाशबाट खिचिएका दुनियाकै सुन्दर दृश्यहरु

भेनेजुएलाको ड्रागन एण्ड कर्टिना फल्स ।
मनै कम्पित बनाउने झरना देखि सहरका विचित्र दृश्यहरु । आकाशबाट खिचिएका धर्तीका यी तस्वीरहरु सायद दुनियाका सबैभन्दा सुन्दर तस्वीरहरु हुन् ।

रुसी फोटोग्राफरहरुको समूह एयर पानोले विश्व हवाइ भ्रमणका क्रममा हेलिकप्टर, जहाज, हट एयर बेलुन तथा रेडियो कन्ट्रोल उपकरणबाट विश्वका अनौठा तथा सुन्दर दृश्यहरु क्यामरामा कैद गरेका छन् ।
पेरिस शहरको मध्य भागमा रहेको आर्क डि ट्रिम्फे । र छेउछाउ देखिने पेरिस शहर ।



भेनेजुयलाको एन्जल झरना र इगुआजु झरना देखि भियतनामको ह्यालोंग खाडी, अमेरिकाको सान जुआन नदी देखि केन्याको बोगोरिया तालका दृश्यहरु साँच्चीकै विचित्र लाग्छन् ।

फोटोग्राफरहरुले विश्वका विभिन्न २ सय चर्चित स्थलहरुका २ हजार तस्वीरहरु समावेश गरी एल्बम तयार पारेका छन् । एइरपानोको वेबसाइटमा यी तस्वीरहरुलाई ३६० डिग्री भिडियो डिस्प्ले पनि हेर्न पाइन्छ ।
सेन्ट्रल दुबईका गगनचुम्बी भवनहरुवीच देखिएको शहर ।





हेरौँ आकाशबाट खिचिएका दुनियाका मनमोहक तस्वीरहरु :

ब्राजिल र अर्जेन्टिनाको सिमानामा रहेको इगोउजु झरना । बिचमा पर्यटकहरुमा दृष्यावलोकन गरिरहेका छन् ।


यो हो युरोपेली मुलुक नेदरल्याण्डको राजधानी आम्सट्रडमको दृष्य ।


अमेरिकाको न्यूयोर्कस्थित म्यानहाटन सेन्ट्रल पार्क र आसपासको दृष्य


अमेरिकाको उताह राज्यको सान जुआन नदीको दृष्य


केन्याको बोगरिया तालमा उडन ठिक्क परेका बकुल्लाको बथान


केन्याको बोगरिया तालमा उडन ठिक्क परेका बकुल्लाको बथान । सोही तालमा माथिबाट खिचिएको दृष्य


भियतनामको हालोङ वे एरिया, जुन पर्यटकवीच निकै लोकप्रिय छ ।


ग्रिसको सान्तोरिनी क्षेत्र, जहाँ पर्यटकहरु छुट्टी विताउन रुचाउँछन् ।


स्पेनको प्रसिद्ध पर्यटकीय शहर बार्सिलोनाको दृष्य


आइसल्याण्डको समुद्रीतटमा पानी तैरिरहेका हिउँका ढिक्काहरु


भेनेजुएलाको एन्जेल फल्स, यो सवैभन्दा अग्लो झरनाको हो जसको उचाई ९७९ मिटर रहेको छ ।


रुसको राजधानी मस्कोमा रहेको सेन्ट बसिल क्याथड्रल
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment