सुकुटी बनाएजस्तो गरी आगोमा पोलेर राखिएका लासहरु वर्षौँ पुराना समेत छन् र केही आलो पनि । लासको बाहिरी भागमा रातो दलिएको छ र ती लास बाँसका पिंजडा भित्र राखिएका छन् र झुण्डाइएका छन् ।
मानिस मरिसकेपछि उसको सरीरलाई मज्जाले आगोमा पोलिन्छ । सिपालु मलामीले पैताला, घुँडा लगायतका ठाउँहरुमा काटेर सरीरभित्रको बोसो थुत्छ ।
त्यसपछि लासको मलद्धारबाट बाँसको एक टुक्रा घुसाएर निकालिन्छ । उक्त बाँसको लट्ठीमा टाँसिएर आएको पदार्थ उनीहरुको लागि निकै पवित्र हुन्छ .
त्यसपछि लासको मलद्धारबाट बाँसको एक टुक्रा घुसाएर निकालिन्छ । उक्त बाँसको लट्ठीमा टाँसिएर आएको पदार्थ उनीहरुको लागि निकै पवित्र हुन्छ .
त्यसपछि लासको आँखा, मुख तथा मलद्धारलाई बन्द गरेर सिलाइन्छ । यसो गर्नुको खास कारण ती क्षेत्रबाट सरीर भित्र हावा छिरेर मासु नकुहियोस् भनेर हो । खुट्टाको पाइताला, हातको हत्केला तथा जिब्रो काटेर पुरुष भए श्रीमती र महिला भए श्रीमानलाई दिइन्छ । बाँकी रहेको सरीरलाई विशेष खालको अँगेनामा लगेर पोलिन्छ । सामान्य रुपमा पोलिसकेपछि लासलाई माटोले लेपन गरिन्छ, ता की गिद्ध तथा कुकुर लगायतले नखाउन् ।
त्यसपछि लासलार्य मोरोबको उच्च पहाडि क्षेत्रका भिरमा लगेर विशेष खालको बाँसको पिँजडामा राखेर झुण्डाइन्छ । अहिले पनि भीरहरुमा २ सय वर्ष पुराना लास समेत रहेका छन् ।
विशेष समारोहमा लासहरु तल झार्ने र समारोह सकिएपछि फेरि माथि लगेर झुण्डाउने समेत गरिन्छती लासको हेरचाहका लागि गाउँको नाइके नै खटाइएको हुन्छ । यद्यपि पपुवा न्युगिनीमा यस्तो प्रथा सन् १९७५ देखि प्रतिबन्धित छ, तथापि केही दुर्गम गाउँमा भने यो बेरोकटोक चलिरहेको छ ।
0 comments:
Post a Comment