Sponsor

४० हजार मानिसको हड्डीले सजाइएको चर्च

हुन त संसारमा तपाईंले अनेकौँ अचम्म लाग्दा घटनाहरु देख्दै, सुन्दै र भोग्दै आउनु भएको होला तर संसारमा यस्तो पनि एउटा ठाउँ छ जहाँ मानिसहरुको हड्डी र कंकालले चर्चलाई सजाइएको छ । चर्चलाई देख्ने बित्तिकै यो हड्डीले मात्र बनाएको जस्तो भान हुन्छ । चर्चको यो दृश्यले आफ्नो छ्ट्टै कथा बयान गर्दछ ।



मानिसहरुको हड्डीले सजाइएको यो चर्चलाई ‘अस्युअरी’ नाम दिइएको छ । यहाँ सबैभन्दा पहिले शवहरुको अस्थाई रुपमा चिहान बनाइन्छ । त्यसको केहि समयपछि उक्त लासको हड्डीहरु निकालेर यहाँ राखिने गरिन्छ ।आज हामी तपाईंलाई यहि अस्युअरी सिरिजको बारेमा बताउँदैछौँ ।


‘सेडलेक अस्युअरी’ चेक गणराज्यमा अवस्थित छ । यहाँ करिब चालिस हजार मानिसहरुको हड्डीलाई कलात्मक रुपमा सजाइएको छ । यसको कहानी सुरु हुन्छ १३ औँ शताब्दीबाट । यहाँका एक सन्त हेनरीलाई पवित्र भुमी प्यालेस्टिना पठाइएको थियो । सन् १२७८ मा जब हेनरी त्यहाँबाट फिर्ता भए तब उनले प्रभु यशुलाई मारिएको ठाउँको माटो एउटा जारमा भरेर आफू सँगै ल्याएका थिए ।




उक्त माटो उनले यहाँस्थित एउटा चिहानमाथि खन्याइदिए । त्यसपछि त्यो ठाउँ मानिसहरुलाई गाड्ने लोकप्रिय ठाउँ बन्यो । १४ र १५ औँ शताब्दिमा यहाँ महामारी र युद्धका कारण थुप्रै मानिसहरुको ज्यान गयो । तीमध्ये धेरैजसोलाई सेडलेकमा नै गाडियो । एउटै ठाउँमा थुप्रै मानिसहरुलाई गाड्नु परेका कारण उक्त चिहानमा खाली ठाउँ नै बाँकी रहेन । जसका कारण मानिसहरुले यहाँ एउटा अस्युअरी बनाउने सोच बनाए ।
चिहानबाट हड्डी निकालेर अस्युअरीमा राख्ने जिम्मेवारी त्यहाँका सन्तहरुलाई नै प्रदान गरियो । तर सन् १८७० मा करिब ४० हजार मानिसहरुको हड्डीहरुलाई कलात्मक ढङ्गबाट सजाउने काम फ्रान्टिसेक रिन्डले गरे ।



निकै छोटो समयमा नै यो चर्च आफ्नो सुन्दरताका कारण विश्व प्रसिद्ध हुनपुग्यो । यो चर्च ‘द चर्च अफ बोन्स’ नामबाट मानिसहरुमाझ चर्चित छ । हरेक वर्ष यहाँ दुईलाख भन्दा बढि मानिसहरु यो अचम्मको चर्चलाई अवलोकन गर्न आउँदछन् । (एजेन्सी)
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment