Sponsor

रुखमा घर बनाएर बस्ने नरभक्षी आदिवासी



विश्वका केही ठाउँहरुमा यस्ता आदिवासीहरुको बसोबास छ, जो आफैमा रहस्यमय लाग्छन् । चाहे ती अफ्रिकन आदिवासी होउन् वा अमेजनका आदिवासी । यिनीहरु मध्येको एक आदिवासी समूदायको नाम हो कोरोबाइ । यो आदिवासी समुदाय दक्षिण पूर्वी इण्डोनेसियाको पपुवा प्रान्तको घना जंगलमा रुखमाथि घर बनाएर बस्ने गर्छ । यिनीहरुलाई नरभक्षी आदिवासी पनि भनिन्छ ।

सन् १९७४ मा एक डच अनुसन्धान टोलीले यो आदिवासी समुदायको अस्तित्व पहिलोपटक पत्ता लगाएको थियो । कोरोबाइ आदिवासीहरु बाहिरी संसारबाट पूर्ण रुपमा अलग छन् । यिनीहरु जमिनभन्दा ६ देखि १२ मिटरको उचाइमा रुखमाथि घर बनाएर बसन्छन् ।

रुखमा बस्दा अरुले जनावर तथा आदिवासीले आक्रमण गर्न नसकुन् र खराब आत्माबाट बचिन्छ भन्ने मान्यता यिनीहरुमा छन् । यिनीहरु सिकारी आदिवासी हुन् र सिकारमा पोख्त छन् । यिनीहरुलाई नरभक्षी आदिवासी भनिएपछि अहिलेसम्म मानिस मारेर खाएको रेकर्ड भने फेला पारिएको छैन ।

हेरौँ यो नरभक्षी भनिने आदिवासीका केही झलक














Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment