Sponsor

नाबालकको एउटा तस्बिर, जसले विश्‍वलार्इ रुवायो


फोटो :धर्तीमा गाड्नुअघि आयलानको मृत शरीर काखमा लिँदै बाबु अब्दुल्लाह । तस्बिर : एजेन्सी
 आइस लडाकूको आतंकले ज्यान बचाउन भागेका सिरियाली बाबुको हातबाट समुद्रमा खसेर ज्यान गुमाएका ३ वर्षीय नाबालक आयलान कुर्दीको मुस्लिम परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ ।

आयलानलार्इ देश छोडेर भागेका उनका बाबु अब्दुल्लाहले आफ्नै गाउँमा फर्केर छोरालार्इ धर्तिमा गाडी बिदा गरे । सिरियासहितका मध्यपूर्वका देशबाट शरण लिन युरोप पसेका शरणार्थीलार्इ आश्रय दिनेबारे युरोपेली देशबीच जुहारी चलिरहेका बेला एक अभागी बाबुले आफ्ना दुर्इ छोरा र पत्नीलार्इ सदाका लागि विदा गरेका हुन् ।
३ वर्षीय नाबालक आयलान कुर्दी



समुद्री तटमा घोप्टो परेको अवस्थामा फेला परेको नाबालक आयलान कुर्दीको शवले संसारलार्इ स्तब्ध बनाएको थियो ।

बेलायले सिरियाको सीमानामा रहेको शरणार्थी शिविरमा रहेका हजारौं मानिसलार्इ आफ्नो देशमा शरण दिने बताएको छ । आयलानको शव समुद्री किनार भेटिएको तस्बिर सार्वजनिक भएपछि युरोपका विभिन्न देशका नेतालार्इ उनीहरुबारे सोच्न बाध्य पारेको छ ।




आयलानका पिता अब्दुल्लाहले उनको परिवार डुंगामा गइरहेका बेला समुद्रमा डुब्न पुगेको थियो । त्यो बेला आयलान र उनका दाजु गालिबलार्इ अब्दुल्लाह आफैंले च्यापेका थिए । उनकी पत्नीको समुद्रमा डुबेर निधन भएको थियो । अब्दुल्लाह आफ्ना दुर्इ छोरा र पत्नीको शव लिएर सिरियाको सीमावर्ती शहर कोबाने फर्केका छन् ।

'दुर्इ छोरा गुमाएको पिताको रुपमा म यो दुनियाँसँग केही माग्न चाहन्न', अब्दुल्लाहले भने, 'म केबल यति जान्दछु, सिरियाको संकट चाँडो भन्दा चाँडो सकियोस र शान्तिको शास फेर्दै देशभित्रै मर्न पाउँ ।'

टर्कीको समुद्री तटमा आयलानको शव भेटिएपछि मानिसहरुमा मानवता मरिसकेको प्रतिक्रियासहित केही दिनयता युरोपेली देशको कडा आलोचना गरिरहेका छन् ।

संयुक्त राष्ट्र शरणार्थी उच्चायुक्त एन्टोनियो गुटेरेसले आयलानको मृत्युपछि यूरोपेली संघलार्इ निर्णायक समयको सामान गर्दै निर्णायक कदम चाल्न अपिल गरेका छन् । उनले युरोपमा कम्तिमा २ लाख शरणार्थीलार्इ अनिवार्य पुनर्वास गराउन आग्रह गरेका छन् ।

बढ्दो तनावबीच जर्मन चान्सलर एन्जेला मर्केल र फ्रान्सका राष्ट्रपति फ्रान्स्वा ओलोन्दले मध्यपूर्वबाट आएका शरणार्थीलार्इ आश्रय दिने कुरामा सहमति जनाएका छन् । उनीहरुले युरोपियन मुलुकहरुले आफ्नो क्षमताअनुसारको संख्यामा लिन युरोपियन देश तयार हुनुपर्ने बताएका छन् ।

यूरोपियन संघका अध्यक्ष ज्यान क्लोद जन्केरले ग्रिस, इटली र हंगेरी जस्ता सीमावर्ती देशको बोझ कम गर्नका लागि यूरोपियन संघका देशमा एक लाख ६० हजार शरणार्थीको पुनर्बासको प्रस्ताव गरेका छन् ।

हंगेरीको बुबुडापेस्टमा पुलिस र सयौं शरणार्थीबीचबीच द्वन्द्व अझै जारी छ । पुलिसले शरणार्थीको यूरोपको मुख्य गन्तव्य जर्मनी तर्फ जाने उनीहरुको रेल यात्रा रोकिदिएपछि द्वन्द्व बढेको हो ।

हंगेरीले रोकेपछि रिसाएका करिब २ सय देखि ३ सय आप्रवासीले रेलबाट उत्रन समेत मानेका छैनन् । सिरियाकै छिमेकी मुलुक टर्कीले मात्रै करिब १८ लाख शरणार्थीलार्इ आफ्नो देशमा शरण दिइसकेको छ। 





सिरियाका राष्ट्रपति बसर अल असदले आफ्ना पुराना सहयोगी रूसी राष्ट्रपति भ्लामिदिर पुटिनसँगको कुराकानीमा यूरोपको शरणार्थी संकट पश्चिम एसियामा पश्चिमी देशको नीतिको परिणाम भएको बताएका छन् । उनले यसअघि नै आफूले यो समस्या आउने अनुमानसहित चेतावनी दिँदा पनि युरोपियन देशले नसुनेको आरोप लगाएका छन् ।


Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment