तपाईँलाई अझसम्म ताज महलको बारेमा के कुरा थाहा छ? यहि कि ‘ताज महल १६ औँ शताब्दिका मुगल सम्राट शाह-जहानले आफ्नी पत्नी ‘मुमताज महल’ को सम्झनामा बनाएको एक समाधि हो, जहाँ रानी मुमताजको लास राखिएको छ।’ तर यो तथ्य साँचो होइन!
भारतीय लेखक तथा लडाकु ‘पुरुषोत्तम नागेस ओक’ (सन् १९१७- २००७) इतिहासलाई पुनःसंशोधन गर्ने व्यक्ति थिए। उनको ‘इन्स्चिच्युट फर रिराइटिङ्ग हिस्टरी’ले सन् १९८० ताका ‘इतिहास पत्रिका’ नामक त्रैमासिक पत्रिका प्रकाशन गर्दथ्यो। पुरुषोत्तमका अनुसार ‘क्रिश्चियन र इस्लाम दुवै हिन्दु धर्मबाटै उत्पन्न भएका हुन्। ‘भ्याटिकन सिटी’, ‘काबा’, ‘वेस्टमिन्स्टर एबी’ र ‘ताज महल’ पहिले भगवान शिवका मन्दिरहरू थिए।’ उनका अनुसार भ्याटिकन सिटी वास्तवमा एक वैदिक संरचना थियो र पहिले यसलाई ‘वाटिका’ भनिन्थ्यो। त्यहाँका ‘पोप’ (Pope)हरू पनि पहिले वैदिक पुजारी हुने गर्दथे।
उनले ३ भाषाहरूमा पुस्तक लेख्ने गर्दथे। उनको एक पुस्तक ‘ताज महलः द ट्र्यु स्टोरी’मा उनले यस्तो लेखेका छन्, “ताज महल पहिले शिवको मन्दिर थियो र राजपुतको दरबार पनि थियो जसलाई ‘तेजो महालय’ भनिने गर्दथ्यो। शाहजहानले उक्त दरबारको कब्जा गरेपछि यसलाई समाधिमा परिणत गरेका थिए। उनले दरबारको तथ्य सार्वजनिक नहोस् भन्ने हेतुले तथ्यको बारेमा थाहा भएका सबैको हत्या गरेका थिए।” शाहजहानले उक्त दरबार कब्जा गरेपछि त्यसलाई ‘ताज महल’को नाम दिएका थिए।
संसारका कतिपय मानिसहरू पैसा र ऊर्जा खर्च गरेर प्रख्यात ‘ताज महल’ हेर्न जान्छन्, तर उनीहरूलाई वास्तविकताबाट टाढा राखिएको छ। ताज महल एक इस्लामी समाधि नभई भगवान शिवको मन्दिर ‘तेजो महालय’ हो भन्ने वास्तविकताबाट टाढा राखिएको छ। त्यसैले ताज महललाई एक चिहानघरको रूपमा होइन, भगवान शिवको मन्दिर र दरबारको रूपमा हेर्न जरुरी हुन्छ। यसले गर्दा धेरै भिन्नता ल्याउँदछ। एक चोटी विचार गर्नुहोस् त, यसको आकार, महानता र सुन्दरतालाई हेर्नुहोस्। फेरी त्यहाँ भएका भत्केका पर्खालहरू, साना साना थुम्काहरू, दरबार वरिपरि भएका रक्षात्मक खाल्डाहरू, झरनाहरू, पानीका फोहराहरू, बगैँचा, सैयौँ कोठाहरू, दलान अनि बरण्डाहरू, टावरहरू, गोप्य कोठाहरू, पाहुना कोठाहरू, घोडाका गोठहरू, अनि मूख्य त छानामा भएको त्रिशूल र पर्खालको बाहिरी भागमा खोपिएको हिन्दु धर्मको पवित्र अक्षर ‘ऊँ’ जसलाई ठूलो खाली चिहानले ढाकिएको छ, यिनीहरूलाई तपाईँले चाहेर पनि हेर्न छुटाउन सक्नुहुन्न। पुरुषोत्तम भन्छन्, यी सबै प्रमाण हुन।
यी प्रमाणहरूको बारेमा विस्तृत जानकारीको लागि त ‘श्री पी.एन. ओक’को ‘ताजमहलः द ट्र्यु स्टोरी’ पुस्तक पढ्नुपर्ने हुन्छ।
नाम!
१. नामकै कुरा गर्ने हो भने शाहजहानकै पालामा पनि ‘ताज’ र ‘महल’ भन्ने शब्द ‘मुगल’ इतिहासमा अथवा पुराणमा समावेश गरिएको थिएन र अहिले पनि छैन।
२. ‘महल’ शब्द कुनैपनि मुस्लिम देशहरूमा प्रयोग गरेको पाइँदैन, चाहे त्यो अफ्गानिस्तान होस् या अल्जेरिया नै किन नहोस्।
३. ‘ताज महल’ शाहजहानकी रानी ‘मुमताज महल’ को नामबाट राखिएको बताइन्छ। वास्तवमा रानीको नाम ‘मुमताज महल’ थिएन तर उनको नाम ‘मुमताज-उल-जमानी’ (Mumtaz-ul-Zamani) थियो।
४. ‘ताज-ए-महल’ नाम पुरानो संस्कृत नाम ‘तेजो महालय’बाट आएको थियो जसले ‘शिवको मन्दिर’ भन्ने जनाउँछ। तर शाहजहानले यसलाई केवल समाधिमा परिणत गरेका थिए।
५. पुरानो हिन्दु मन्दिरहरूलाई पुरेर त्यहाँ मुस्लिम शाहीहरूको मुर्दाको चिहान बनाइएको छ। उक्त चिहानमा ‘हुमायुन’, ‘अकबर’, ‘मुमताज’, ‘एतमद-उल-दौला’ र ‘सफदरजङ्ग’ का मुर्दाहरू राखिएको छ।
६. यसबाहेक, यदि ताज महल एक समाधि थियो भने यसलाई किन ‘महल’ नाम दिइयो?
परम्परा!
७. यो शिव मन्दिरमा ‘आग्रेश्वर महादेव’को बास रहेको पनि हिन्दु धर्मको पुराणमा उल्लेख गरिएको छ।
८. ताज महल छिर्नुभन्दा अगाडि जुत्ता चप्पल फुकाल्ने परम्परा रहेको छ, जुन त्यहाँ शिव मन्दिर भएको बेला देखि नै चल्दै आएको हो। यदि ‘ताज महल’ साँच्चै नै समाधि मात्र भएको भए जुत्ता चप्पल अनिवार्य हुनुपर्थ्यो।
९. त्यहाँ घुम्न जानेहरूले याद गर्नुपर्ने कि त्यहाँ भएका खाली चिहान, जसलाई ‘सेनोटाफ’ (cenotaph) भनिन्छ, त्यसको तल्लो पत्र सादा सेतो मार्बलले बनेको छ भने त्यसमाथिको दुईवटा पत्रहरूको आकार र डिजाइन भिन्नै किसिमको रहेको छ। यसको मतलब त्यसभित्र अझै पनि शिवलिङ्ग र मुर्तीहरू रहेको हुनसक्छ, जसलाई त्यहाँ भएको खाली चिहानले ढाकिएको छ।
१०. त्यहाँ भएको आँखीझ्यालको माथि तिर माटोको घैँटो राखिएको छ जसमा ‘१०८’ अङ्क खोपिएको छ। यो अङ्क हिन्दु धर्मकै पवित्र अङ्क मानिने गर्दछ।
११. हिन्दु धर्मअनुसार भगवान शिवका १२ वटा ज्वतिर्लिङ्गहरू छन् र ‘ताज महल’ अर्थात ‘तेजोमहालय’ पनि सोही १२ ज्वतिर्लिङ्गहरू मध्ये एक हुनुपर्दछ, जसलाई ‘नाग नाथेश्वर’ भनिन्छ। किनभने, यस महलको छानाको छेउमा भएको रक्षात्मक साना पर्खालहरूमा ‘नाग’ को स्वरूप देख्न सकिन्छ।
१२. ‘ताज महल’ भएको ‘आग्रा सहर’ मा पहिले धेरै शिवभक्तहरू रहने गर्दथे। सो शिवभक्तहरूले श्रावण महिनाको बेला ‘तेजो महालय’ भएको बेलामा शिवका ‘पाँच धाम’हरूलाई प्रणाम गरेर मात्रै रात्री भोजन गर्ने प्रचलन थियो। तर पछिल्लो केहि शताब्दीहरूमा उक्त शिवभक्तहरूले केवल ‘चार धाम’ को मात्रै पुजा गर्दै आइरहेको पाइएको छ (बालकेश्वर, पृथ्वीनाथ, मनकामेश्वर र राजराजेश्वर) । उनीहरूले पाँचौँ धामलाई बिर्सन बाध्य भएका छन्, जसलाई ‘आग्रेश्वर महादेव नागनाथेश्वर’ पनि भनिन्थ्यो।
संस्कृत अभिलेख!
१३. संस्कृत अभिलेखले पनि यो तथ्यलाई समर्थन गर्दछ। लखनउको सङ्ग्रहालय भवनको माथिल्लो तल्लामा राखिएको ‘बाटेश्वर अभिलेख’मा यस्तो लेखिएको छ, “महाभारत भूमीमा एउटा स्फटिक सेतो रङ्गको शिव मन्दिर उत्पति भएको थियो। यसको चमक, सुन्दरता र महानता देखेर स्वयं शिव भगवान नै त्यहाँ प्रस्थान गर्नुभएको थियो र कैलाश पर्वत कहिल्यै नफर्किने विचार पनि गर्नुभएको थियो।” उक्त अभिलेख सन् ११ औँ शताब्दीको रहेको पनि प्रमाणित भएको छ, जसलाई शाहजहानले १६ औँ शताब्दीमा ‘तेजो महालय’ कब्जा गरिसकेपछि बगैँचाबाट हटाउन आदेश दिएका थिए। इतिहास शास्त्री र पुरातात्विक शास्त्रीहरूले उक्त अभिलेखको नाम पनि गलत राखेका छन्। यसको नाम ‘बाटेश्वर अभिलेख’ नभई ‘तेजोमहालय अभिलेख’ हुनुपर्ने थियो।
कार्बन परीक्षण!
१४. ‘ताज महल’को नदी किनारमा रहेको काठको ढोकाको टुक्रालाई अमेरिकी प्रयोगशालामा ‘कार्बन परीक्षण’ गरिएको थियो। यो परीक्षणबाट उक्त ढोका शाहजहानको बेला भन्दा पनि ३०० वर्ष पुरानो रहेको पुष्टि भएको थियो।
पुरातात्विक प्रमाण!
१५. विश्वका प्रख्यात पुरातात्विक शास्त्रीहरू जस्तै, ‘अर्नेस्ट बिनफिल्ड ह्याभेल’, ‘केनोयेर’ र ‘ सर हन्टरहेभ’ ले पनि ताजमहलको बारेमा अध्ययन गरेका थिए। उनीहरू सबैको अनुसार ‘ताज महल’ हिन्दु मन्दिरको ढाँचामा निर्माण गरिएको कुराको खुलासा भएको थियो। ह्याभेलका अनुसार इण्डोनेसियाको ‘जाभा’मा भएको प्राचीन हिन्दु ‘चाँदि शिव मन्दिर’को ढाँचा पनि ‘ताज महल’को जस्तै रहेको कुरा पत्ता लगाएका थिए।
१६. ताज महलको बिचको गजुर र त्यस वरिपरि भएका साना चार गजुरहरू पनि हिन्दु मन्दिरको डिजाइन हो।
१७. ताजमहलको ‘अष्टभुज’ (octagonal) आकारले पनि हिन्दु धर्ममा महत्व बोकेको छ। किनभने हिन्दु धर्म मात्रै यस्तो धर्म हो जसमा ८ वटै दिशाहरूको नामाङ्करण गरेको छ र उक्त नामले ८ वटा स्वर्गीय सेनाहरूलाई जनाउँदछ। ताजमहलको गजुरले स्वर्गलाई जनाउँदछ र महलभित्रको गहिरो खाल्डोले नर्कलाई जनाउँदछ।
१८. ताजमहलको गजुरमा ‘त्रिशूल’ राखिएको छ जसको पुरा आकार महलको पूर्वी भागमा रहेको रातो ढुङ्गामा छापिएको छ। त्यहाँ आँपको पात पनि राखिने गरेको छ। यो हिन्दु धर्मकै प्रचलन हो।
चिहानको मिति!
१९. यदि शाहजहानले ‘ताज महल’ लाई साँच्चै नै मुमताजको चिहानको लागि निर्माण गरेको भए, इतिहासको कुनै न कुनै पानामा मुमताजको चिहान बनाइएको मिति लेखिएको हुन पर्ने तर यस्तो मिति कतै पनि लेखिएको छैन। यो छुटेको तर महत्वपूर्ण तथ्यले ‘ताजमहल’को पौराणिक महत्वलाई गलत सावित गर्दछ।
0 comments:
Post a Comment