Sponsor

विश्व फोटोग्राफी दिवसमा १० रोमाञ्चक तस्वीर

प्रकृतिले हामीलाई सबै थोक दिएको छ । तर सबैले यी सबथोकको सबैले अनुभव गर्न सक्दैन । यसका लागि पैसा मात्रै भएर हुँदैन, साहस पनि चाहिन्छ । साहसिक पर्यटकहरु विश्वका कुनाकुनामा अफ्ठ्यारा ठाउँहरु खोज्दै जोखिमपूर्ण यात्रा गर्न रुचाउँछन् । उनीहरुले जोखिम मोलेर गरेको यात्राका फोटोहरु हेरेर दंग पर्नुको विकल्प हामीसित हुँदैन । यस्ता १० वटा रोमाञ्चक तस्बिरहरु आज विश्व फोटोग्राफी दिवसको अवसरमा पेस गरिएको छः


१. कुनै सिनेमाको स्टन्ट जस्तो लाग्ने यो दृष्य अमेरिकाको कोलोराडोमा बस्ने साइकलर सन नियरले गत फेब्रुअरीमा ६० फिट अग्ला चट्टानबीच ४० फिटको ग्यापमा साइकल उडाउँदाको हो । उनका साथी जोइ स्चुस्लरले यो दृष्य क्यामरामा कैद गरेका थिए ।

२. गत जुलाईमा अष्ट्रिेलियाको तास्मानीयास्थित समुद्री छालहरुसित मिक्की ब्रेन्नानले गरेको मस्ति उनकै मित्र स्टुअर्ट गिब्सनले यसरी क्यामरामा कैद गर्न भ्याए ।

३. अमेरिकाकै इस्ट लोस्टिन रिभरमा पानीमा तैरिदै दुई महिला । बेन हर्नडोनको यो तस्बिरमा इगल क्याप नामको सुन्दर हिमाल पृष्ठभूमिमा देखिएको छ ।

४. मेक्सिकोको सान लुइस पोटोसीमा १० दिन भ्रमण गर्न जाँदाअमेरिकी नागरिक जस्टिन लेविसले आफ्ना साथी मिचेल होल्याण्ड डोरीमा झुण्डिएर ३०० फिट गहिरो सुरुङमा पसेको दृष्य खिचे ।

५. गत अक्टोबरमा अमेरिकाको क्यालिफोर्नियाबाट एन्ड्रयू पिकक र उनकी श्रीमती सविना १० हजार ९ सय १९ फिट अग्लो माथेस क्रेस्ट पहाडमा चढ्न गए । कडा हावाको कारण टुप्पोमा पुग्न नसके पनि पहाडबाट बाहिर निस्केको एक टुक्रो चट्टानमा उभिएर खुला आकाशको आनन्द लिइन् सविनाले र फोटो खिचे श्रीमानले ।

६. क्यालिफोर्नियाका क्रिस बुर्कार्ड गत अक्टोबरमा ग्लासियर प्वाइन्ट रोडमा पुग्दा हिमपातका कारण सडक बन्द थियो । यहि मौकामा चौका हान्दै स्केटिङको मज्जा लिइरहेका थिए एन्डर जोन्सन ।

७. ब्रिटिश कोलम्बियामा बस्ने जोन वेलबर्न व्यवसायिक पर्वतीय बाइकर क्रिस भान डिनका साथ दक्षिण पेरुको नयाँ रुटको खोजी गर्दै १० दिनसम्म यात्रा गरे । यानामा नदि माथी वेलवर्नले आफ्नो क्यामरा निकालेर भानको अविष्मरणीय तस्बिर कैद खिचे ।

८. गत फेब्रुअरीमा आरोही विल गाडल ब्रिटिश कोलम्यिामा अवस्थित ४६२ फिटको मेल्म्याकेन झरनामा नयाँ रुट खोजी गर्दा क्रिस्टियन पोन्डेल्लाले यस्तो तस्बिर कैद गर्न भ्याए ।
९. गत सेप्टेम्बरमा क्यालिफोर्नियाको तुलुम्नेमा अवस्थित ९ हजार ९ सय फिट अग्लो मेडिलिकोट चट्टान आरोहि लोन्नी काउकको तस्बिर फोटोग्राफर कोडी टटलले यसरी क्यामरामा कैद गरे ।

१०. वासिङ्टनको बिलिङ्घममा बस्ने ग्रान्ट गन्डरसनले गत फेब्रुअरीमा व्यवसायिक स्किअर एडम यूलाई १० इन्ट मोटो हिउँको पत्रले ढाकेको सुक्सान पहाडमा यसरी कैद गरे ।
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment