Sponsor

सौराहा एक रमणीय गन्तव्य



निकुञ्जको बीचमा देखिएको गैंडा
चाडबाडको लामो विदामा घुमघाम गर्न जाने सोच बनाउने भएको छ ? छ भने सौराहा एउटा उपयुक्त गन्तव्य हुन सक्छ ।घना बस्तीको छेवैमा छ राप्ती नदी र नदी पारी छ चितवन राष्ट्रिय निकुञ्ज । हरेक क्षण थरीथरीका जंगली जनावर र पशुपंक्षीहरु विचरण गरिरहेको दृष्यबाट नलोभिने को होला ? एकाविहानै घोरल, मृग र चित्तलका हुल सौराहा पारी चर्दै गरेका भेटिन्छन् । बेलाबखत राप्ती नदी किनारमा पानी खान आइपुग्छन् बाघका लस्कर ।

चितवनको सौराहाबाट सूर्योदय र सूर्यास्तको दृश्य पनि साह्रै सुन्दर देखिन्छ । बिहानको झिसमिसेमा निलो आकाश र राप्ती नदी रातै बनाएर सूर्य उदाइरहेको दृश्य हेर्न पर्यटकहरुको घुँइचो लाग्छ ।

राप्ती नदी तर्दै हात्ती

चितवन थारु संस्कृतिमा चाख राख्नेहरुका लागि उपयुक्त गन्तव्य हो । चितवनको बछ्यौलीमा रहेको थारु संग्रहालयमा थारु सस्कृतीका परम्परागत सामग्रीहरु राखिएका छन् । थारु संस्कृतिको प्रबर्द्धन र संरक्षणका लागि स्थानीय युवायुवतीहरुले हरेक साँझ नाचगान गरेर पर्यटकहरुलाई मनोरञ्जन गर्छन् । चितवनमै रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष परिसरमा विभिन्न जीव तथा जनावरहरुको महत्वपूर्ण अस्थिरपञ्जर र छालालगायत अंगहरुको प्रर्दशनी पनि हेर्न सकिन्छ ।

राप्ती नदी किनारमा पर्यटकहरु सुस्ताउन बनाइएका कटेजहरु

चितवन राष्ट्रिय निकुञ्जमा फूलेको काँस

राप्ती नदी किनारामा घाम ताप्दै गोही



हात्ती चढेर वागमारा सामुदायिक वनमा जंगल सफारी गर्दै पर्यटकहरु

स्रोत:- onlinekhabar
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment