बेलाबेखतमा नेपाललाई भुटानीकरण गर्दै सिक्किम बनाउन लागेको चर्चा र नेपालमा ‘नयाँ लेन्डुप’को जन्म भन्ने दुईवटा शब्दहरु नेपाली राजनीतिक वृतमा ब्याप्त छन् । विश्वको इतिहासमा छिमेकी देशहरुलाई सैनिक आक्रमण गरेर रक्तपातकाबीचबाट उनीहरुको राष्ट्रियतालाई सदाको लागि इतिहासको पानामा मात्रै सिमित गर्ने खालका युद्धहरु हुने गरेका छन् । तर त्योभन्दा पृथक रुपमा सन् १९७५ सम्म छुट्टै सार्वभौम, स्वतन्त्र र स्वाधीन भएको देश सिक्किमलाई सदाको लागि भारतमा विलय गराइयो । वैधानिक रुपमा विना रक्तपात सिक्किमलाई भारतले आफ्नो २२ आंै राज्यको रुपमा भारतीय अखण्डतामा गाभ्यो । राजतन्त्र रहेको सानो देश सिक्किममा लोकतन्त्रको नाममा जनतासँग भोट लिएर उनीहरुको मतमा रजार्इं गर्दै भारतीय दलालको रुपमा रहेको पार्टीले वैधानिक रुपमा जनतालाई झुक्याएर सिक्किम आमालाई सदाको लागि भारतलाई बेचिदियो ।
विभिन्न उतारचढावकोबीचमा संयुक्त राष्ट्र संघको सदस्यता पाएर अस्तित्वमा रहेको सिक्किम देशले सन् १९४० देखि राजनीतिक उथलपुथलको सामना गर्नुप¥यो । सन् १९४५ देखि ७५ सम्ममा सिक्किमको प्रजातान्त्रिक इतिहासमा काजी लेन्डुप दोर्जेको दबदबा रहेकाले केहीले यस युगलाई ‘काजी युग’ पनि भन्ने गरेका छन् । सन् १९०४ मा पूर्वी सिक्किमको बौद्धमार्गी खाङ्सार्पा परिवारमा जन्मेका काजी दोर्ज ६ वर्षको उमेरमा रुम्टेक विहारमा वौद्ध अनुयायी बने । रुम्टेक विहारमा भ्रमणमा गएका पूर्वमहाराज सिडेयोङ नाम्ग्यालले बालक लेन्डुपलाई राजधानी गन्टोकमा लगेर बौद्ध विद्यालयमा भर्ना गरिदिए । १६ वर्षको उमेरमा पुनः सोही विहारमा आएर लामा शिक्षा ग्रहण गरेको दुई वर्षपछि ८ वर्षसम्मको लागि उक्त विहारको प्रमुख बने ।
विहार छोडेपछि आफ्ना दाजुसँग विभिन्न सामाजिक संस्थाहरुमा काम गर्दै सामाजिक परिवतर्नका साथै विभिन्न सुधारका काममा ब्यस्त हुँदै उनले ‘राज्य प्रजा मण्डल’ नामको राजनीतिक संस्थाको स्थापना पनि गरे । केही साना समूहहरुसँग मिलेर कानूनविहिन सामन्तवादको प्रतीकको रुपमा रहेको राजतन्त्रविरुद्ध लड्नको लागि सन् १९४७ मा पहिलो पटक सिक्किममा एक राजनीतिक पार्टीको जन्म भयो । सर्वहारा मजदुर र किसानको पार्टीको रुपमा ‘सिक्किम स्टेट काँग्रेस’ गठन भयो र उक्त पार्टीमा टासी छिरिङ अध्यक्षमा चुनिए । सन् १९५३ देखि ५८ सम्म उक्त पार्टीका अध्यक्ष रहनुभएका काजी लेन्डुपले ५४ सालमा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुसँग भेट गरे । राजतन्त्रविरुद्ध भारतले सहयोग गर्न मनाएर आउन सफल भए । सन् १९४८ मा राजाको निर्देशनमा ‘सिक्किम राष्ट्रिय पार्टी’ गठन गरियो । यसैबीच, लेन्डुपले सन् १९६० मा पुनः नयाँ पार्टीको रुपमा सिक्किम राष्ट्रिय काँग्रेस जन्माए । सन् १९६३ मा भएको तेश्रो मध्यावधि निर्वाचनमा लेन्डुपको पार्टीले १८ सिटमध्ये ८ सिटमा जीत निकाल्न सफल भयो ।
सन् १९५३ देखि ७३ सम्म संवैधानिक प्रजातान्त्रिक रुपमा सञ्चालन भइरहेको स्वतन्त्र देश सिक्किममा भारतको सुरक्षा छातामा पर्दथ्यो । सन् १९६३ मा राजा टासी नाम्ग्यालको क्यान्सरले निधन भएपछि सन् ६५ मा वंशको आधारमा चोग्याल पाल्देन थोन्डुप नाम्ग्याल सत्तासिन भए । तर उनको गद्दी आरोहणपूर्व नै उनको विषयमा केही विवाद उठिसकेको थियो । सन् १९६४ मा प्रधानमन्त्री नेहरुको निधन भएपछि दुई देशबीच रहेको द्वौत्य सम्बन्धमा नेहरुको छोरी इन्दिरा गान्धीले विवाद गरिसकेका थिए । गान्धी सन् १९६६ मा प्रधानमन्त्री बनिन् । इन्दिरा गान्धीले राजतन्त्र र स्वतन्त्र देशको रुपमा रहेको सिक्किमबाट खतरा महसुस गरिन् । विशेषत् चोग्यालको रानी अमेरिकी नागरिक हुप कुकबाट भारतले खतरा महसुस ग¥यो । कुकले सिक्किमले गुमाएको अधिकारलाई फिर्ता गर्दै सिक्किमलाई पूर्ण रुपमा स्वाधीन बनाउने वकालत गर्दै थुप्रै लेखहरु रचना गरेका थिए ।
सन् १९७० मा राजतन्त्रविरोधी ‘सिक्किम राष्ट्रिय काँग्रेस पार्टी’ले नेपालीको बहुसंख्या प्रतिनिधित्वका माग सहित नयाँ निर्वाचनको आवाज उठायो । निर्वाचनपछि निर्माण भएको सरकारमा काजी लेन्डुपलाई कृषि तथा यातायात मन्त्री बनाइयो तर उनलाई दुई वर्षपछि उक्त पदबाट च्यूत गरियो । सन् ७३ मा राजदरबार अगाढि भएको राजतन्त्र विरोधी सत्ताविप्लब भयो । भारतको डिजाइनमा भएको उक्त सत्ताविप्लवपछि भारतको सुरक्षाको प्रश्न उठाइयो । भारतीय सेना र रिजर्भ पुलिस फोर्सहरुले राजधानी गन्टोकलाई आफ्नो सुरक्षा घेरामा पार्दै राजदरबार कब्जामा लिएको थियो । उक्त कब्जामा केही बफादार सिक्किमका सेनाहरु पनि मारिएका थिए । यी सत्ताविप्लवहरुलाई बाहिरी दुनियाँलाई थाहा दिएको थिएन, जब एक अमेरिकी आरोहीले भारतीय सेनाले दरबार कब्जा गरेको फोटोसहित केही गोप्य पत्रहरु प्रकाशन ल्यायो र चीनले पनि यी तथ्यहरु सत्य भएको प्रमाणित गरे पछि मात्र भारत सबै विषयवस्तुहरुलाई उजागर गर्न वाध्य भयो । यी सबै विषयवस्तुहरु बाहिर आउनुभन्दा अगाडि नै काजी लेन्डुपले सिक्किमलाई भारतमा विलय गर्ने भारतीय संसदमा प्रस्ताव अगाडि सारेका थिए ।
यसैबीच, लेन्डुपको पार्टी र जनता काँग्रेसबीच पार्टी एकीकरण भएर सिक्किम काँग्रेसको जन्म भयो । र, सन् १९७३ मा भारतको निर्देशनमा आफ्ना दलालहरुलाई प्रयोग गर्दै भएको निर्वाचनमा लेन्डुपको पार्टीले सिक्किम विधानसभामा ३२ सिटमध्ये ३१ वटा कब्जा जमायो । विधानसभामा एक सिट मात्र दरबार निकट रहेको राष्ट्रवादी पार्टीले जित्यो । काजी लेन्डुप दोर्जे सिक्किमको पहिलो निर्वाचित प्रधानमन्त्री बने । उत्तरको हिमालदेखिको भूभाग सबै भारतको भएको दाबी गर्ने ‘नेहरु डक्ट्रिन’अनुसार क्रियाशिल रहेको भारतको बाह्य जासुसी संस्था ‘रअ’को ग्याण्ड डिजाइन अनुसार अत्याधिक बहुमत रहेको कठपुतली सरकारले सिक्किम देशको सबै सार्वभौमसत्ता, अखण्डता र स्वाधीनतालाई बचाउनु साटो भारतयमा बिलय गराएर भारतका एक राज्यको हैसियतमा रहने प्रस्तावलाई विधानसभाबाट अनुमोदन गरियो । सन् १९७५ को अप्रिल १४ मा भारतीय अर्धसैनिक बललाई जनमत संग्रहको निर्वाचनमा प्रयोग गर्दै जबरजस्ती रुपमा जनतालाई भारतमा विलय गराउने प्रस्तावमा भोट हाल्न वाध्य पारियो । तर विधानसभामा रहेको एक जना सासंदले भारतमा विलय नगर्ने सर्तमा राजा चोग्यालले आफ्ना सबै राजकीय कार्यकारी अधिकार निर्वाचित सरकारलाई प्रदान गरेर गणतन्त्र घोषणा गर्ने मत राख्नुभएको थियो । तर प्रधानमन्त्री लेन्डुपसहित ३२ जना सांसदहरुलाई भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले मोटो रकम दिएर दलाल बनाइसकेकी थिइन् ।
सन् १९७५ मे १६ मा भारतको अखण्डताभित्र सिक्किम भनिने देश सँधैको लागि विलय गर्दै २२ आंै राज्यको रुपमा घोषणा गरियो । यो घोषणालाई चीनबाहेक संयुक्त राष्ट्र संघले मान्यता दिएको थियो । पछि आएर सन् २००३ मात्र चीनले सिक्किम भारतको अभिन्न अंगको रुपमा ग्रहण ग¥यो । भारतले विलय भएको सिक्किमलाई पहिलो मुख्य मन्त्रीको रुपमा मान्यता दिए पनि त्यहाँ जनताले देश बेचुवा नेताको रुपमा पहिलो निर्वाचनमा हराइदियो । फलस्वरुप नरबहादुर भण्डारीले दुई कार्यकाल र अहिले पवन चाम्लिङले सिक्किम राज्यलाई सञ्चालन गरिरहेका छन् ।
काजी लेन्डुप दोर्जेको पार्टीले स्वतन्त्र सिक्किम देश हुँदा पनि भारतीय राष्ट्रिय काँग्रेसको वार्षिक सम्मेलनमा भाग लिने गर्दथे । सिक्किम देशको भारतमा विलय गरे जस्तै सिक्किम काँग्रेस पनि भारतीय राष्ट्रिय काँग्रेसमा विलय भयो । यसरी भारतीय जासुसी संस्था ‘रअ’मो डिजाइनमा स्वतन्त्र देश सिक्किमलाई भारतमा विलय गराउनु, पूर्वी पाकिस्तानको रुपमा रहेको पाकिस्तानलाई मुख्य भागबाट अलग पारेर बंगलादेश निर्माण गर्नुमा यस संस्थाको मुख्य भूमिका रहेको छ । श्रीलंकामा, तिब्बत, पाकिस्तान क्रियाशिल रहेको भनिएको यो एजेन्टले नेपालको प्रत्येक आन्दोलनमा मुख्य भूमिका खेल्ने र आफ्ना दलालहरु र कठपुतली सरकार निर्माण गर्दे सन्धिसम्झौता गराएर नेपाललाई सुरक्षा छातामा पार्ने योजनामा रहेको छ । सुरक्षा छातामा पार्दै संविधानसभाको निर्वाचनलाई प्रयोग गर्दै आफ्नो अनुुकुलको संविधान बनाएर पुनः नेपाललाई नयाँ सिक्किम बनाउन लागेको विपक्षी नेकपा–माओवादीसहित सत्तापक्षीय चारदलका केही राष्ट्रवादी नेताहरुले भन्ने गरेका छन् ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment