Sponsor

जसले सिक्किमलाई भारतमा विलय गराए।


सिक्किमको स्वतन्त्र अस्तित्व समाप्त पारी भारतको एक प्रान्तको रुपमा रुपान्तर गर्नमा सबैभन्दा महत्वपुर्ण भुमिका निभाएका कारण काजी लेन्डुप दोर्जेको नाम राजनीतिशास्त्रमा राष्ट्रघाती नेताको पर्यावाची शब्दको रुपमा प्रयोग हुने गरेको छ । सिक्किममा उनलाई ‘फादर अफ डेमोक्रेसी’ समेत भनिने गरेपनि विशेषत 

नेपालमा उनको नामलाई राष्ट्रघातीको उपनामको रुपमा प्रयोग गर्दै कसैलाई राष्ट्रघाती काम गर्न लाग्यो भने लेन्डुपपथमा हिड्यो भनेर भनिंदै आएको छ । नेपालका धेरै नेता र दलले यो पद पाइसकेका छन । नेपालको कुनै यस्तो दल छैन, अनी ति दलका नेता छैनन् जसले लेन्डुपमार्गीको उपमा नपाएको होस । राष्ट्रियताको सवालमा दोर्जे एक भद्दा गाली बनिसकेका छन । वास्तवमै दोर्जे को हुन र उनको रोल के थियो सिक्किमलाई भारतमा विलय गराउनुमा ? यही विषय हो आजको सामागी्रको ।

प्रजातन्त्रको पितादेखि राष्ट्रघाती
लेन्डुपको बारेमा जानकारी संकलन गर्न गुगलमार्फत करिव एक घन्टा खोजी गर्दा उनको बारेमा २ तथ्य फेला परे । कतै उनलाई सिक्किमको फादर अफ डेमोक्रेशीको उपमा दिइएको रहेछ त कतै राष्ट्रघाती । दोर्जेको प्रारम्भिक संघर्ष हेर्दा उनी प्रजातन्त्रप्रेमी दिएका छन । सिक्किमको तत्कालीन राजतन्त्र विरुद्ध सक्रिय भएर उनले प्रजातन्त्रको पक्षमा वकालत शुरु गरेका थिए । जनताद्वारा प्रत्यक्ष चुनिएका प्रतिनिधिले सरकार चलाउन पाउनुपर्छ भन्ने प्रजातान्त्रिक मान्यतामा अडिग देखिएका छन लेन्डुप । सन १९०४ मा पश्चिम सिक्किमको च्याखुगंमा जन्मिएका दोर्जेले सिक्किम प्रजा मण्डलको स्थापना गरी राजनीतिक गतिविधि शुरु गरेका थिए । उनले प्रारम्भदेखि नै प्रजातान्त्रिक प्रणालीको पक्षमा जनमत निर्माणमा सक्रिय भएका थिए ।
जव भारत स्वतन्त्र भयो तव दोर्जे पनि बलिया भए । उनले स्थापना गरेको सिक्किम नेशनल कांग्रेसले ताजा निर्वाचनको माग राख्दै गरेको आन्दोलननै सिक्किमको स्वतन्त्र अस्तित्व समाप्त बन्ने कारण बन्यो । प्रजातान्त्रिक शासन व्यवस्थाको पक्षमा वकालत गर्दै चर्चामा आएका सिक्कम राष्ट्रिय कांग्रेसका नेता दोर्जेले भारतस“ग बढि विश्वास गरी तत्कालीन सिक्किमका राजा विरुद्ध लाग्दा आफ्नो राष्ट्रको स्वतन्त्र अस्तित्व नै गुमाउन पुगेको देखिन्छ । राष्ट्रघातीको उपमाको रुपमा प्रयोग हुनुमा उनले स्वतन्त्र सिक्किमलाई भारतीय प्रान्तमा रुपान्तरण गर्नका लागि खेलेको भुमिकाका कारणले नै हो ।
एलडी काजीको रुपमा समेत परिचित उनी सिक्किम प्रजा मन्डलको संस्थापक हुन । प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत जनप्रतिनीधिको चयन हुनुपर्छ भन्ने प्रजातान्त्रिक प्रणालीको वकालत गर्ने प्रथम ब्यक्तिको रुपमा समेत उनलाई लिइने गरिएपनि इतिहासमा एकै पटक गरेको गल्तीका कारण उनको नामनै एक गाली समान बन्न पुगेको छ । १९७४ मा दोर्जेको सिक्किम राष्ट्रिय कांग्रेस पार्टीले ३२ सिटमध्ये ३१ सिटमा विजयी भयो र उनी मुख्यमन्त्री बने सिक्किमको । उनी सिक्किमको पहिलो जननिर्वाचित मुख्यमन्त्री हुन । उनी मुख्यमन्त्री बन्न पाएकोमा सन्तुष्ट हुन सकेनन र राजतन्त्रको अन्त्यका लागि अभियानको प्रारम्भ गरे । उनी सिक्किमको पहिलो राष्ट्रपति बन्न चाहन्थे ।
उनलाई भारतको पुरै सहयोग थियो नै । भारतको कांग्रेस आइ र प्रधानमन्त्री इन्दीरा गान्धीको विश्वास पात्र बनिसकेका थिए उनी । त्यसैले उनले राजतन्त्रको अन्त्यका लागि भारतको सहयोग लिएर पछि आफु राष्ट्रपति बन्ने रणनीति शुरु गरे, जसमा उनी फस्न पुगे । उनको आग्रह अनुसार भारतले सिक्किममा आफ्नो सेना पठाएर राजालाई बन्दी बनायो । तर, लेन्डुपलाइ राष्ट्रपति बनाउनुको साटो मोहरा बनाएर सिक्किमको स्वतन्त्र पहिचानको अन्त्य गर्दै बन्दुकको बलमा जनमत संग्रह गराएर सार्बभौमसत्ता सम्पन्न स्वतन्त्र सिक्किमको अस्तिव मेटेर भारतको प्रान्तमा रुपान्तरण गरे ।
यो हुनुमा मुख्यमन्त्रीको रुपमा भारतलाइ सिक्किमको संरक्षण गर्न लेन्डुपले लेखेको पत्रनै पहिलो कारण थियो । जुन पत्रको आधारमा भारतीय सेना सिक्किम छि¥यो र कहिल्यै बाहिर निस्केन । बन्न त लेन्डुप राष्ट्रपति बन्न चाहन्थे । तर, भारत यो स्विकार्न तयार थिएन । उ जसरी पनि सिक्किमलाई भारतमा गाभ्न चाहन्थ्यो । यदी लेन्डुप यसमा बाधक भने भारतले उसलाई पनि ठेगान लगाउन सक्थ्यो नै । त्यही बुझेर आखिरमा लेन्डुप स्वतन्त्र सिक्किमको मुख्यमन्त्रीको साटो भारतीय प्रान्त सिक्किमको मुख्यमन्त्री बन्न स्विकार गरे । र प्रजातन्त्रको पिताको पगरीको स्थानमा राष्ट्रघातीको पगरी पाए अनी २००७ मा एक सय तीन वर्षको उमेरमा जीवनलिला समाप्त पारे ।

यसरी गाभियो सिक्किम


सन १९७५ अगाडि सिक्किम राजतन्त्रात्मक स्वतन्त्र राज्य नै थियो । सन १९७५ मा सिक्किमलाई स्वतन्त्र राज्यकै रुपमा राख्ने कि भारतमा विलय गराउने भन्ने विषयमा जनमत संग्रह गराएर जनमत आफ्नो पक्षमा पारी भारतले सिक्किमलाई भारतमा गाभेको सिक्किमको इतिहासमा उल्लेख छ । सिक्किमको स्वतन्त्र अस्तित्व समाप्त हुनुको प्रमुख कारण चरम अस्थिर राजनीतिलाई लिने गरिएको छ । यसका केही तथ्य खोतलौं ।
– सन १८३५ इष्ट इन्डीया कम्पनिले सिक्किमलाई भारतमा गाभेतापनि पुन १९४७ मा जनमत संग्रह गराएर सिक्किम पुन स्वतन्त्र राष्ट्रमा रुपान्तरित हुने प्रयास गरेको थियो । तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले सिक्किमलाई स्वतन्त्र राष्ट्रको रुपमा मान्यता दिनुको साटो भारत संरक्षीत राष्ट्रको मान्यता दिएर परराष्ट्र मामिला हेर्ने अधिकार आफैंले लिए ।
– नेहरुको मृत्युपछि भारतको प्रधानमन्त्रीमा इन्दीरा गान्धी आएपछि उनले आफ्नो बुबाको नीतिको आलोचना गर्दै सिक्किमलाई भारतमा नगाभेर गम्भिर गल्ती भएको दृष्टिकोण सार्वजनिक गरेर सिक्किमलाई भारतमा गाभ्ने रणनीति लिएकी थिइन ।
– सन १९५५ मा राज्य सञ्चालनका लागि राज्य परिषद्को निर्माणको लागि भारतले पहल गरेको थियो । सिक्किममा प्रशस्त नेपालीहरु थिए । त्यसैले त्यहा“ रहेका नेपाली मुलका नेताहरुले परिषद्मा नेपाली भाषीको प्रतिनिधित्व बढाउनुपर्ने विषयको उठान गरेर आन्दोलनको शुरुवात गरे ।
– प्रजातन्त्रको पक्षधरको रुपमा अगाडि बढेका लेन्डुप दोर्जेले सिक्किम नेशनल कांग्रेस नामक पार्टी गठन गरी चुनावको माग गर्दै आन्दोलनको शुरुवात गरे । आन्दोलन बढ्दै गयो । उनीहरुको आन्दोलनमा भारतले अप्रत्यक्ष रुपमा सहयोग गरेको थियो । र गुप्चर संस्था र प्रत्यक्ष संलग्न थियो । आन्दोलन बढ्दै गएपछि भारतले सहयोगीको रुपमा हस्तक्षेप गरेर दोर्जे र तत्कालीन राजाका विचमा भारत मध्यस्थकर्ता बनेर सम्झौता गरायो र ताजा निर्वाचन भयो । निर्वाचनमा दोर्जेको पार्टीले बहुमत ल्यायो र सरकार बनायो ।
– राजा र दोर्जेबीच विवाद जारी थियो । सिक्किम दिनप्रतिदिन अस्थिर बन्दै गयो । त्यसैको फाइदा उठाएर तत्कालीन दोर्जेले १९७५ मा भारत सरकारलाई पत्र लेखेर सिक्किमलाई भारत सरकारको राज्यको रुपमा स्विकार गर्न आग्रह गरे ।
– उनको पत्र पाए लगत्तै भारतीय सेना सिक्किम प्रवेश ग¥यो र राजदरवार कब्जा गरेर सिक्किमका सेनालाई नियन्त्रणमा लियो । इतिहासकारहरुका अनुसार २ दिनभित्रमा भारतीय सेनाले पुरै सिक्किमलाई आफ्नो नियन्त्रणमा लिइसकेको थियो । सिक्किमका राजा थोन्डुप नाम्ग्याल भारतीय फौजको नियन्त्रणमा परिसकेका थिए ।
– अन्तमा विश्वका अन्य राष्ट्रवाट विरोध हुनसक्ने भयका कारण भारत सरकारले सिक्किमलाई स्वतन्त्र राष्ट्रकै रुपमा राख्ने कि भारतीय राज्यको रुपमा मान्यता दिने भन्ने विषयको निर्णय गर्ने अधिकार सिक्किमी जनताको रहेको नाटक रच्दै जनमत संग्रह गरियो ।
– भारतीय सेनाको नियन्त्रणमा भएको जनमत संग्रहमा ७५ प्रतिशत मत सिक्किमलाई भारतीय राज्य बनाउने पक्षमा परेको भन्दै भारतीय सरकारले सिक्किमको स्वतन्त्र राष्ट्रको अस्तित्व समाप्त पार्दै भारतको २२ औं राज्यको रुपमा घोषणा गरेर आफ्नो भुमिमा विलय गरायो ।
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment