दुर्गम गाउको सामान्य मगर परिवारमा जन्मेर काठमाण्डौ अध्ययन गर्न छिरेका यी व्यक्ति उनै हुन् जो ३७ सालको बिद्यार्थी चुनावमा नेपाल ल क्याम्पसको स्ववियु सभापति निर्वाचित भएका थिए I बिचारमा स्पष्टता, भाशण कलामा निपुर्ण, अति सरल जीवन पध्धतिका कानूनमा स्नातक यी मुर्धन्य बलराम समाल आज राज्ययन्त्रमा पकड जमाएका नेता भन्दा कुनै अर्थमा कम त्याग र योगदान गरेका मान्छे होइनन, कम क्षमतावान मान्छे पनि हैनन् I नेपाल ल क्याम्पस पंचायत कालमा बिद्यार्थी राजनीतिको केन्द्र थियो जहा बिद्यार्थी नेता हुनु र स्ववियु सभापतिको चुनाव जित्नु चानचुने खुविका बिद्यार्थी नेताको वसको कुरा थिएन I यिनले भाषण गर्न थाले लिलामणि पोखरेल टंक कार्किहरु पाखा लाग्थे I यी मदन भण्डारीका समकालीन राजनीतिज्ञ थिए I
तर दुर्भाग्य! जुन शासन ब्यबस्था बदलेर प्रगतिशिल समाजको कल्पना यी गर्थे, ४६ सालमा त्यहि ब्यबस्था ढलेको दिनसम्म आइपुग्दा बलराम समालको मानशिक स्वास्थ्य पंचायतले ढालिसकेको थियो I पंचायत बिरुध्ध आवाज बुलन्द गरेकै कारण यिनलाई करेण्ट लगाएर, आइसमा राखेर तात्कालिन राज्यले निर्मम यातना दिएपछि यिनको मानशिक स्थिति ठिक रहन सकेन, मानशिक स्वाथ्य न बिग्रिउञ्जेल राज्यले यिनलाई छोडेन भनेर बलरामले म स्वयम् लाइ भन्दा उनको अनुहारमा त्यसो गरेर गल्ति पो गरिएछ कि भन्ने कतै बोध हुदैनथ्यो I
४६ सालको परिवर्तन पछि यिनलाई मैले स्थानिय ठाउमा भेटेको हुँ, त्यस बेला मानशिक स्वाथ्यका कारण केहि अस्वभाविक झैँ लाग्ने ब्यबहार देखिएपनि यो उनको मानशिक स्वाथ्यको समस्याले हो भन्ने अनुमान मैले गर्न सकेको थिइन किन भने बैचारिक, राजनितिक, बौद्धिक, बिस्व राजनीतिका बहस र छलफलमा यी उत्तिकै स्पस्ट, उत्तिकै सचेत र दृढ बिचार राख्थे, बोल्ने कला निक्कै प्रसंसनिय र आकर्षक थियो, म ठान्थे अस्वभाविक ब्यबहार शायद नितान्त व्यक्तिगत बानि होला I
म अचम्मित भए; मानशिक स्वास्थ्य ठिक छैन, अस्वभाविक लाग्ने केहि बानिहरु पनि छन्, लवाइ खवाई हेर्दा कुनै कुनाबाट पढेलेखेको मान्छे लाग्दैन, तर यति धेरै बिस्व राजनीतिको ज्ञान, अंग्रेजी लगायेत स्थानिय थुप्रै भाषामा बोल्न सक्ने, कानूनको ज्ञान, देशको आर्थिक राजनितिक सवालमा स्पस्ट प्रवाह बिचार, कसरि एस्तो सम्भव हुन्छ? तर जव यिनको बारेमा मैले सिनियरहरुबाट थाहा पाए, मेरो बलराम समाल प्रति झन् बढि जान्ने, सिक्ने, सुन्ने चाहना बढ्यो I यस क्रममा मैले थुप्रै ठाउहरुमा राजनितिक बैचारिक छलफलमा संगै बिताए, कति दिन हामि दुइ जना मात्र दुर्गम गाउहरुमा पसेर छलफल चलाएको, बहस गरेको, चेतना आदान प्रदान गरेको, खुला आकास मुनि सुतेको याद आज कतै यिनको तस्विर देख्दा झलझली सम्झिए I
छलफलकै क्रममा एक रात हामि दुर्गम गाउको एउटा घरको आँगनमा खालि खाटमा सुतेका थियौ I बलराम समालले आफुले बोकेको झोला सिरानी लगाउनु भो, म संग झोला थिएन (म त त्यस उमेरमा वालिग समेत भएको थिइन), हातको सिरानी लगाएर सुते I निन्द्रा नलागुन्जेल मैले समालाजीलाइ उनको पृष्ठभुमिका बारेमा सोधे I उनले तात्कालिन समयमा विपी, मनमोहनसंगको भेटघाटमा गर्ने राजनितिक कुरा देखि ल क्याम्पसको सभापति कसरि बने भन्ने कुरा सुनाए I कुरा धेरै सुन्न थियो , तर उनि निदाए I शायद मानशिक स्वास्थ्य बिग्रियेपछी होला, उनको बिडी पिउने बानि बसेछ I त्यस रात बिडी सकिएछ, अध्यारोमा खाटबाट ओर्लेर पिएर फ्याकेका बिडिका ठुटा छाम्दै गर्थे, मलाइ भने उनि बिडी छाम्न खाटबाट झरे भन्ने कल्पना सम्म हुदैनथ्यो I असाध्य गर्मि थियो, लामखुट्टेले निरन्तर उग्रवाद देखाउदै थियो, अचानक पानि पर्न थाल्यो I अब मध्ये रातमा अर्काको घरमा कसलाई उठाउनु?? छेउमा भैसीको साघुरो गोठ थियो, बलरामजी र मैले सुत्ने खाट भैसिको छेउमै गोठतिर सार्यौ र सुत्न खोज्यौ तर भैसीको गोठमा गर्मीको समयमा लामखुट्टेले के गर्दो हो, भन्नै परेन I बाहिर पानि रोकियो, वरु बाहिर आगनमै खाट सारे सुत्न सकियेलाकी भनेर फेरी बाहिर खाट के ल्याएका थियौ पानीले फेरी चुट्न थाल्यो I तिन चार पटक पानि पर्ने र खाट भैसी गोठमा सार्ने क्रम जारि रह्यो I गोठमै निदाउन खोज्दै थियौ , भैशीले समालजिको टाउको माथिबाट गोब्र्याई दियो, समालजिको अनुहार गोबरले पुरियो I केहि सिप नलागेर सुतेको घरका तराइबाशी घरमुली उठायौ र समालजिको टाउको पखाल्यौ I त्यसपछि त्यस रात सुतियेन I
समालजी भन्दा २० वर्ष पछि क्याम्पसमा बिद्यार्थी राजानितिको नेतृत्व गर्नेहरु अहिले एमाले नेकाका उच्च नेतृत्वमा छन् र कुनै न कुनै रुपको लाभ राज्यबाट लिएर राजनितिक हाक्दैछन I उनका समकालीन नेताहरु आज बिरामी परे राज्यकोषको सम्पत्तिमा विदेशको सुबिधा सम्पन्न अस्पताल धाउछन र स्वथ्य बनेका छन्, आफ्नो जीवन राज्यको निम्ति अमुल्य रहेको भन्दै आधारभुत स्वास्थ्य सेवाबाट समेत बन्चित बनाइयेर ज्यान गुमाउन बाध्य जनताले तिरेको करबाट आफ्नो दिर्घायु प्राप्त गर्दैछन I ३७-३८ सालमै कानूनमा स्नातक गरेका समाल आफ्नो पेशामा लागेका भए शायद आज मुलुकको न्यायाधिश बनेर सर्बोच्चको कुर्सीमा हुन्थे होलान; नभएपनि ख्याति प्राप्त कानूनविद बन्थे होलान I तर देश र जनताको मुक्तिको निम्ति भन्दै लड्दा पंचायतको बर्बर यातनाबाट मानशिक स्वास्थ्य लुटिएका यी बिध्वान जुन दुर्गम ठाउबाट काठमाण्डौ पुगेर तात्कालिन तानाशाही राज्ययन्त्र बिरुध्ध संखघोस गरेका थिए आज फर्केर त्यहि गाउमा बिरूप र दर्दनाक जिन्दगीमा बाच्न बाध्य छन् I हिजो संगै लडेकाहरु आज सामन्त जस्ता सम्भ्रान्त देखिएका छन्, समाल आज तिनको निम्ति केहि काम नलाग्ने बनेर राम नगर गाउमा थन्किएका छन् I एस्तो तस्विर देख्दा राजनीति बिना पनि मुलुक चल्ने भए यसको जरो किलो उखलेर फाल्दिनु हुन्थ्यो, एस्तो निर्दयी राजनीति के र कसका लागि जसले आफ्नो सहकर्मी पनि चिन्दैन I बलरामजीको स्वाथ्य लाभको कामना गर्दछु, प्रगतिशिल नेता ठान्ने आजका शासकहरुसंग अलिकति नैतिकता बाँकी छ भने यी विद्वान राजनीतिज्ञको स्वाथ्य उपचार गरुन, देशको निम्ति यी जस्ता मान्छे आज झनै खड्किएको छ |
सौजन्यःguru bhattarai
0 comments:
Post a Comment