Sponsor

हजार ऐनाको भूमि, चिनिया धानखेतका मनोरम तस्वीरहरु


सूर्य अस्ताउन लागेको गोधूलीमा धानखेतहरुमा टल्किएको पानी कम्ता मनोरम हुँदैन । जताततै ऐनै ऐना । सम्म फाँटमा भन्दा पहाडका खेतहरुमा यो दृश्य धेरै मनमोहक हुन्छ । अनि यस्ता ठाउँहरुलाई हजार ऐनाको भूमि भनिन्छ ।














एक मलेसियन फोटोग्राफरले चीनको युनानस्थित युआनयांगमा यस्तै धानखेतका मनमोहक तस्वीर क्यामरामा कैद गरेका छन् । 

फोटोग्राफर एलेक्स गोह सियोंगले खिचेका बहुरंगी तस्वीरहरु निकै अद्भुत लाग्छन् ।


घाम अस्ताउनुभन्दा आधा घण्टा पहिले खिचेका तस्वीरहरुमा धानखेतको पानीले प्रकाश परावर्तन गरेर बनाएका रंगीन दृश्यहरु छन् ।
सुन्तला, बैजनी, पहेँलो तथा निलो रंगका धानखेतहरु देख्दा लाग्छ कतै खेतमा रंग त छरिएको छैन ? धानखेतमा टनाटन पानी भरिएर बनेको रंगीन ऐना माझ आलीमा किसानहरु देखिन्छन्, जसले दृश्यलाई झनै जिवन्त बनाएको छ ।

थप तस्वीर हेर्नुहोस्






Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment