सुस्ता लग्याे जाेगाउ भन्न छाेडिन
कालापानी गुम्याे फर्काउ भन्न छाेडिन
ठाेरिमा दाजुभाई कुटिए मलम पट्टि लगाउ भन्न छाेडिन
भद्रपुरमा पिल्लर गाड्याे हटाउ भन्न छाेडिन
महाकाली र टनकपुरमा दादागिरी चल्याे त्यसलाई राेक भन्न छाेडिन
गण्डकिकाे अस्मिता लुट्याे छाेप भन्न छाेडिन
सडकमा कराए,दुतावास घेरे
कालाे पट्टि बाधे,धर्ना कसे
अान्दाेलन गरे बिराेध गरे
राेईकराई हारगुहार गरे
तर हाे मा हाे र हाेईनमा हाेईन भन्ने मान्छे सम्म भेटिन
सहिलाई सहि र गलत लाई गलत भन्न सक्ने शिक्षित मान्छे एउटै भेटिन
गुमेकाे भाग फर्काउनुपर्छ
लुटिएकाे सम्पत्ति एक एक फिर्ता गर्नुपर्छ
इतिहासदेखि वर्तमानसम्मका नाय निसाफ गर्न सक्नुपर्छ
वास्तविक पिडित
कलिला ती बलात्कृत चेली
प्वाल पारियका युवाका छाति
अस्मिता लुटिएका अामाका चाेलि
जाे जाे जस्ताे छन न्याय दिलाउ
जाे जहाँ भाेका नाङ्गा छान अाङ छाेपिने टालाे देउ
जाे जहाँ असहाय छन सहारा देउ
न सरकारकाे अाश छ अब
न देशभक्त नेपाली देशमा छ
न देशकाे चिन्ता गर्ने नेता एउटा छ
तर जन्मन्छ एउटा मान्छे
थाेरै केही अाश छ
अहरेक अाैशिकाे रातपछि भाेलि बिहानै घाम लाग्छ भन्ने थाहा छ
अरबमा दाैडने
खाडिमा भेडा चराउने
दुबैमा साबेल चदरलाउने
साउदि र मलेसियाका हरेका नेपाली भाेलीकाे नायक हाेलान
सायद यिनैले भाेली अदालत खडा गर्लान
यिनैले भाेली न्याय दिलाउलान
अधिकार पहिचान र जात यिनलाई थाहा छ
त्यसैले त्याे एकदिन अाउछ
अवश्य अाउछ
मेघ गर्जेपछि ,कालाे बादल हटेर पानी परेपछि
चट्टान परेकाे दिन हाेस
थाेरै अाश छ सायद त्यहि दिन जन्मन्छ!!!
0 comments:
Post a Comment