सन् १९६४ मा जवाहरलाल नेहरुको निधनपछि भारतको प्रधानमन्त्रीमा उनको छोरी इन्दिरा गान्धी चुनिएसंगै सिक्किम विलयको योजना बनेको थियो, जसको गोटी बनेका थिए लेन्डुप दोर्जे ।इन्दिराले आफ्नो मन्त्रिपरिषद्को पहिलो बैठकमै “पिता नेहरुले नेपाल,भुटान,र सिक्किमलाई भारतमा बिलय नगरेर गल्ती गरेको” उल्लख गर्दै त्यसलाई चाल्न ठोस कदम चाल्नुपर्ने बताएको थिइन् ।
|
|
तत्कालिन राजा पाल्देन थोन्दुप नामग्यालकी अमेरिकी श्रीमती होप कुकले एउटा जर्नलमा लेखा प्रकाशित गर्दै भारतले पुरानी सिक्किमको थुप्रै सम्पति भोगचलन गरिरहेकाले त्यो तत्काल फिर्ता गर्नु पर्ने बताएपछि इन्दिरा निकै क्रुद्ध भइन् । पूर्ण स्वतन्त्र सिक्किमकी शक्तिशाली महारानी हुने आकांक्षासाथ पाल्देनसंग बिहे गरेकी ति अमेरिकी महिलाको चाहना बिरुद्ध अर्की बिदेशी महिला लाई नै प्रयोग गरियो । ति थिइन्,बेल्जियमकी एलिजा मारिया स्ट्याण्डफोर्ड,जसले सन् १९५७ मा प्रजातन्त्र स्थापनार्थ लागेका लेन्डुप दोर्जेसंग बिबाह गरेकी थिइन्। गणतान्त्रिक सिक्किमको प्रथम महिला बन्ने उनको चाहना थियो । यी दुइ महिलाको चाहनाबीच टकराव गराएर बाजी जितिन् इन्दिराले । र, सिक्किमलाई भारतको २२औं राज्य बनाउन सफल भइन् ।
सन् १९७०को सुरुवातमा लेन्डुपको नेतृत्वमा सिक्कि म नेसनल कंग्रेस पार्टीले राजा बिरोधि अभियान चर्कायो। भारतीय गुप्तचर संस्थाहरु आईबी तथा ‘र’ ले लेन्डुपलाई आर्थिक लगाएतका सहयोग गराउथे। सन् १९७३मा राजा बिरोधि आन्दोलन चरमोत्कर्षमा पुग्यो । ‘र’ ले पाल्देनलाई पनि कुनै न कुनै रुपमा राजतन्त्र जोगाइदिने आश्वासन दिएको थियो । त्यही भरमा ठुलो संख्याको विद्रोहीले दरवार घेरा हाले पछि राजा पाल्देनले सहयोगका लागि भारतको लागि गुहारे । मौका प्रखेर बसेको भारतले कत्ति ढिलो नगरी प्रमुख प्रशासक बीएस दासको नेतृत्वमा एउटा टोलि पठायो । स्थितिलाई नियन्त्रणमा लिएपछि ‘र’
को योजना अनुरुप लेन्डुपको पार्टी र भारत सरकार संग त्रिपक्षीय सम्झौता गर्न राजालाई बाध्य पारियो । सम्झौताले राजाको अधिकारमा व्यापक कटौती त गर्यो नै,सिक्किम भारतको सह-राज्य जस्तै पनि बन्यो । सन् १९७४ मा सम्पन्न निर्वाचनमा लेन्डुपको पार्टीले भारी बहुमत ल्यायो र सकार बनायो । त्यसै बेला देखि लेन्डुपलाई अघि सारेर भारतले सिक्किममा बिजयी अपरेसन शुरु गर्यो ! सन् १९७१मा संयुक्त राष्ट्रसंघको सदस्यता लिएर भुटान उम्किए जस्तै सिक्किम पनि उम्कने डर भारतलाई थियो । लेन्डुप नेतृत्वको सरकारले २०३२ बैशाख १ मा गरेको जनमत संग्रहले सिक्किमलाई भारतमा गाभ्ने निर्णय गर्यो ।
|
|
खासमा जनमत संग्रह बाँकी विश्वलाई देखाउने नाटक थियो, त्यही भयो जे भारत चाहन्थ्यो। मतदानका क्रममा भारतीय सैनिकले बन्दुक तेर्स्याएर धाधली गरेका थिए। जनमतसंग्रहको पुर्व-अनुमानित घोषणालगत्तै पहिले देखि छेउछाउ आइबसेका पाँच हजार भारतीय सैनिकले गान्तोकमा धावा बोले र करिव ३ सयको हाराहारीमा रहेका सिक्किम गार्ड्स लाई नियन्त्रणमा लिई राजालाई बन्दी बनाए। यसरी सिक्किम भारतमा गाभियो । २०३२ जेठ २ गते मा यसको विधिवत् घोषणा संगै लेन्डुप सिक्किमको मुख्य मन्त्री बने, जसलाई बैध्यता दिन संयुत्त राष्ट्रसंघले पनि ढिला गरेन । संन १९७९मा सम्पन्न चुनावबाट नरबहादुर भण्डारी सिक्किमको मुख्यमन्त्री बनेपछि लेन् डुपको सार्वजनिक जीवन समाप्त्त भयो । लेन्डुपको पार्टीले एउटा पनि सिट जितेन । जीवनको उत्तरा खण्डमा लेन्डुप भन्ने गर्थे , “मैले सिक्किमलाई भारतमा मिलाउन यत्रो योगदान गरें, तर काम लिए पछि मलाई इन्डियन हरुले वास्ता गरेनन् । पहिला दिल्लीमा मलाई रेड कार्पेट ओछ्याएर स्वागत गरिन्थ्यो, अहिले त सामान्य नेता भेट्न पनि हप्तौ पर्खाऊंछन्। ” सन् १९९० मा श्रीमती एलिजको निधनपछी एक्लिएको लेन्डुपको पनि सन् २००७ जुलाई २८ कालिङपोंग स्थित ‘चाकुङ हाउस’ मा निधन भयो ।
साभार: जासुसीको जालो
कसरी फसेका थिए लेन्डुप दोर्जे?
ReplyDelete