Sponsor

पाकिस्तानमा कम्युनिस्ट आन्दोलनको उदय र पतन

सन् १९४७ अगस्त १४ मा पाकिस्तान अस्तित्वमा आएको थियो । पाकिस्तानमा अस्तित्वमा आएको समयमा भारतीय राष्ट्रिय कांग्रेस (एउटा धर्म निरपेक्ष राष्ट्रवादी पार्टी जसको नेतृत्व आधुनिक शिक्षा प्राप्त हिन्दू 

नेताहरुको हातमा थियो) र मुस्लिम लिग (जसको नेतृत्व आधुनिक शिक्षा प्राप्त मुस्लिमहरुको हातमा थियो) संयुक्त भारतमा सत्तासाझेदारीको उपाय खोज्न नसक्दा भारत विभाजित भएको थियो । भारतको विभाजनसँगै मानव इतिहासकै ठूलो विस्थापितको समस्या पैदा भयो । १० लाखभन्दा बढी हिन्दूहरु, मुसलमानहरु र शिखहरुले ज्यान गुमाए र करिब डेढदेखि पौने दुई करोड नागरिक शरणार्थी बन्न बाध्य भएका थिए ।

उत्तर–पूर्व र उत्तर–पश्चिमका मुस्लिम बहुल क्षेत्रहरु भारतबाट छुट्याएर पाकिस्तान बनाइयो । तर ती क्षेत्रमा उद्योग मात्रका थिए । समग्र उद्योगको झण्डै ९.६ उद्योगमात्र पाकिस्तानको भागमा प¥यो । ठूला उद्योग १४,६७७ मध्येबाट १,४१४ वटा, जम्मा विद्युत् क्षमता १३,७५,००० किलोवाट मध्ये जम्मा ७२,७०० किलोवाट (५.३ प्रतिशत), औद्योगिक मजदुर ३१,४१,८०० मध्ये २,०६,१०० (६.५ प्रतिशत) र कुल खनिज सम्पदाको १० प्रतिशत मात्र पकिस्तानी क्षेत्रमा पर्दथ्यो । धेरैजसो उद्योगहरु साना उद्योगअन्तर्गतका थिए । अर्थव्यवस्था कृषिमा आधारित थियो र वर्गसंरचना किसान र सामन्तका विभिन्न श्रेणीमा विभाजित थियो ।

वीशौं शताब्दीको शुरुआतदेखि नै भारतमा किसान आन्दोलन प्रारम्भ भएको थियो । तीमध्ये कतिपय उपनिवेषवाद विरोधी देशभक्त धाराबाट र केही आन्दोलन साम्यवादी धाराबाट प्रभावित थिए । अनेकौं आर्थिक, सांस्कृतिक र ऐतिहासिक कारणले पन्जाबका शिखहरुमा हिन्दू, मुसलमानका विरुद्ध कम्युनिस्टप्रति झुकाव धेरै थियो । कम्युनिस्ट नेता र कार्यकर्ताको ठूलो पञ्जाबका शिखहरुबाट हुन्थ्यो । भारतीय कम्युनिस्ट पार्टीले पाकिस्तानको मागलाई मुस्लिम जनताको आत्मनिर्णयको अधिकार भन्दै समर्थन गरेको थियो । जसका कारण कतिपय मुस्लिम कार्यकर्ताहरु कम्युनिस्ट पार्टीमा जोडिएर र चुनावका समयमा स्वतन्त्र पाकिस्तानको मुद्दाालई हिन्दू सामन्तवाद विरोधी आन्दोलनका रुपमा प्रचारित गरे । भारत पाकिस्तान विभाजनको समयमा एउटा देशमा एउटा पार्टी हुने मान्यताअनुसार पार्टी विभाजित गरिसकिएको थिएन । सन् १९४८ मा कलकत्तामा आयोजित वार्षिक अधिवेशनमा कम्युनिस्ट पार्टीसमेत विभाजित गर्ने निर्णय लिइयो । जुन अधिवेशनमा दुवै देशका प्रतिनिधिहरु सहभागी थिए । मुस्लिम पृष्ठभूमिका केही वरिष्ठ सदस्यहरुलाई पािकस्तानमा गएर पाकिस्तानी कम्युनिस्ट पार्टी विस्तार गर्न निर्देशन गरियो ।

यद्यपि स्वतन्त्र पाकिस्तानमा राज्यको विचारधारा भने कम्युनिस्टप्रति शत्रुतापूर्ण व्यवहार मुख्य विशिष्टता देखिन्थ्यो । भविष्यमा मुलसमानहरु आपसमा लड्ने होइन कि सबै मिलेर काम गर्नुपर्छ भनिन्थ्यो । मुल्सिम राज्य र इस्लाम व्यवस्थालाई केन्द्रमा राखेर सञ्चारमा वहसहरु हुनथाले । पाकिस्तानमा चलिरहेको वहसले यस्तो आधार तयार गर्दै थियो जहाँ नास्तिकताको विस्तारका लागि कुनै गुन्जायस थिएन ।
मार्च १९५१ को प्रारम्भमा प्रधानमन्त्री लियाकत अली खानले सेनाका केही अधिकारी र कम्युनिस्ट मिलेर सत्ता पल्टाउने षड्यन्त्र गरेको पत्ता लागेको घोषणा गरे । उनले के आरोप लगाए भने ‘हिंसात्मक तरिकाले भागदौडको परिस्थिति तयार गर्ने र राज्यप्रति पाकिस्तानी सेनाको निष्ठा समाप्त गर्ने’ त्यसका लागि रावलपिण्डीमा कैयौं पटक बैठक भएको प्रचार गरियो । त्यस आरोपमा गिरफ्तार गरिएकामध्ये सज्जाद जहिर, पार्टीका महासचिव, कवि शायर तथा पत्रकार फैज अहमज फैज र चर्चित मजदुर नेता मोहम्मद हुसेनलगायत थिए । उनीहरुलाई गुपचुप थुनेर मुद्दा चलाइयो तर सावित गर्न सरकार असफल भयो । सरकारको दबावमा विनाकारण ४ वर्ष जेल र जनही ५०० जरिबानाको फैसला भने सुनाइयो । आरोपित सेनाका अधिकारीहरुलाई ३ देखि ७ वर्षसम्मको कैद सजाय दिइयो । त्यसका नेता आरोपित जनरल अकबर खानलाई १२ वर्षका देश निकाला गरियो ।

यथार्थ जेहोस्, पाकिस्तानमा कम्युनिस्ट विरोधी हर्कत बढाउँदै लगियो । यद्यपि कम्युनिस्ट र उसका समर्थक बुद्धिजीवीहरुले बलुचिस्तान, पूर्वीबंगला, उत्तर–पश्चिम सीमाक्षेत्र र सिन्धुजस्ता प्रान्तहरुमा चलिरहेका स्वतन्त्रतासम्बन्धी आन्दोलनलाई समर्थन गरिरहे । उनीहरुले पाकिस्तानको राजनीतिमा एक स्तरको प्रभाव पारिरहे । मार्च १९५४ मा पूर्वीबंगालमा भएको प्रान्तीय चुनावमा पश्चिम पाकिस्तान विरोधी कम्युनिस्टसहितको गठबन्धनले २३७ सिटमध्ये २२३ सिटमा कब्जा जमाउन सफल भयो । यी २३७ सिट मुसलमानहरुका लागि आरक्षित थियो । सत्तारुढ मुस्लिम लिगलाई त्यो घटनाले जरोदेखि नै डगमगाइदियो । गठबन्धनले पृथकतावादलाई सहयोग गरेर पाकिस्तानको एकतालाई कमजोर बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाइयो । जसको कारण जुलाई १९५४ मा पाकिस्तानी कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइयो । उसको कार्यालयमा ताला लगाइयो । दस्तावेजहरु, प्रकाशनहरु नियन्त्रणमा लिइयो र पार्टीको सम्पत्ति हरण गरियो । देशव्यापी रुपमा कम्युनिस्ट कार्यकर्ताहरुको गिरफ्तारी शुरु गरियो । राजनीतिक, बौद्धिक सांस्कृतिक सारा मोर्चाका वामपन्थीहरुका विरुद्ध भयानक दमनचक्र चलाइयो ।
त्यो शीतयुद्धको समय थियो । अन्तर्राष्ट्रिय राजनीति सोभियत संघ र अमेरिकाको वरपर ध्रुविकृत भइरहेको थियो । पाकिस्तानले जब वामपन्थीहरुमाथि दमन शुरु गर्नासाथ अमेरिकाको समर्थन प्राप्त गर्न थाल्यो । सन् १९५४ मा पाकिस्तान ‘दक्षिण–पूर्वी एसिया सन्धि संगठन (सिटो) र सन् १९५५ मा ‘बग्दाद सन्धि’ को सदस्य बन्यो । त्यसैगरी सेन्ट्रल ट्रिटी संगठन’ (सेन्टो) को पनि सदस्यता प्राप्त ग¥यो । सन् १९५८ मा सेनापति जनरल मोहम्मद अयुब खाँको नेतृत्वमा पाकिस्तानी सेनाले प्रधानमन्त्री फिरोज खान नुनुको नागरिक तर अनिर्वाचित सरकारलाई सैन्य ‘कू’ द्वारा वर्खास्त गरी सङ्कटकाल घोषणा ग¥यो ।
सन् १९६० को दशकको साहित्यमा जनतान्त्रिक संस्थाहरु र राष्ट्रिय पुँजीपतिवर्गको अभाव भएका देशहरुको आधुनिकीकरणका लागि सेनाको भूमिका महत्वपूर्ण हुनसक्छ भन्ने वहस चलिरहेको थियो । त्यसप्रकारको विकासवादी नमूनाको उदाहरण अयुब खाँ हुन गए । कम्युनिस्ट विरोधी भूमिकासहित उनले औद्योगिकरण र कृषिको आधुनिकीकरणमा जोड दिए । जग्गामा जवरजस्त हदबन्दी लागू गरे । पश्चिमी पाकिस्तानमा सिंचाइ भएको २०० हेक्टर र सिंचाइको सुविधा नभएको जग्गाको हकमा ४०० हेक्टर हदबन्दी तोकिएको थियो । पूर्वी पाकिस्तानमा त्यसप्रकारको हदबन्दी ३३ हेक्टरबाट बढाएर १२० हेक्टर गरियो । त्यसको उद्देश्य स्पष्ट थियो कि सम्पन्न किसानहरुको एउटा वर्ग तयार गर्नु । न कि जमिन जोताहालाई बाँडेर जमिनदारी प्रथा समाप्त गर्ने त्यसको उद्देश्य थिएन ।

पाकिस्तानको प्रतिरक्षा योजना भारत केन्द्रित रहँदै आएको छ । सन् १९६२ मा भारत र चीन युद्धमा अमेरिकाले भारतलाई हतियार सहयोग दिन खोज्दा पाकिस्तान निकै चिढिएको थियो । भारतलाई अमेरिकाले केही हतियारसमेत उपलब्ध गराइएको अवस्थामा उसको के दाबी थियो भने भारत सैन्य दृष्टिले अझ सबल भयो भने पाकिस्तानका लागि खतरा पैदा हुनेछ । अर्कोतिर सन् १९६५ को भारत–पाक युद्धमा चीनले पाकिस्तानलाई राजनीतिक समर्थन दियो । चीनले भारतलाई ध्रम्की दिएको थियो र उसले कास्मिरी जनताको आत्मनिर्णयको अधिकारलाई समर्थन गरेको थियो । त्यस्तो अवस्थामा अयुब खाँका विदेशमन्त्री जुल्फिकर अलि भुट्टोले अमेरिकाप्रति निर्भर रहनुका साथै अर्को रणनीति पनि बताए । पाकिस्तानले चीनसँग सम्बन्ध विस्तार शुरु ग¥यो । चीनले पाकिस्तानप्रति हार्दिकतासाथ सम्बन्ध बढायो किनकि, आफ्नो सीमा क्षेत्रमा सोभियत संघको प्रभाव बढोस् भन्ने ऊ चाहन्नथ्यो । चीनसँग पाकिस्तानको सम्बन्ध बढेको देखेपछि सोभियत संघले भारतमा सैनिक र आर्थिक सहयोग बढायो । चीन र पाकिस्तानको बढ्दो निकटताबाट अमेरिका पनि एकहदसम्म आशंकित थियो । तर दक्षिण एसियामा सोभियत प्रभाव विस्तार गर्नबाट रोक्नु उसको मुख्य रणनीति भएका कारण अमेरिकाले आफूलाई फाइदा नै हुने अनुमान ग¥यो ।

सन् १९६० को दशक एउटा महत्वपूर्ण दशक थियो कि चीन र सोभियत संघका बीचमा लामो समयदेखि चलिरहेको वैचारिक राजनीतिक शत्रुता सतहमा प्रकट हुँदै थियो । त्यसैको परिणामस्वरुप सन् १९६० को दशकको प्रारम्भमा नै विश्व कम्युनिस्ट आन्दोलनमा त्यस्तो फुट पैदा भयो । जसको कहिल्यै समाधान हुन सकेन । सोभियत संघको धुर्वबाहेकका सबै पार्टीहरु चिनी र सोभियत धुर्वमा विभाजित भए । सोभियत समर्थक पार्टीहरुले समाजवादी लक्ष्य प्राप्तिका लागि शान्तिपूर्ण बाटो अपनाउने बताए, तर चिनसमर्थक पार्टीहरुले जुझारु सशस्त्र संघर्षको कार्यदिशा पेश गरे । आधुनिक राजनीतिमा देशभक्ति र राष्ट्रवादका कमजोरीहरु हेर्दा भन्न सकिन्छ कि देशको सरकारले जुन देशसँग सम्बन्ध सुमधूर बनाएको छ त्यही देशको कार्यदिशा अपनाएर अगाडि बढ्दा तुलनात्मक रुपमा सहज हुन्छ । त्यस दृष्टिले हेर्दा भारतमा चीन समर्थक र पाकिस्तानमा सोभियत संघ समर्थक कम्युनिस्ट पार्टीलाई राष्ट्रघाती मानिन्थ्यो ।

सन् १९६५ को युद्धपछि भुट्टो र अगुब खाँको बीचमा दुरी घट्दै गयो । पाकिस्तानको राजनीतिमा भुट्टोले सत्ता कब्जा गर्ने महत्वाकांक्षा सहित काम गर्न शुरु गरेका थिए । सन् १९६७ पछि उनले पाकिस्तान जनता पार्टी (पीपीपी) नामक एक राजनीतिक दल गठन गरे। सो नयाँ पार्टीले हेर्दाहेर्दै बुद्धिजीवीहरु, कानुन व्यवसायीहरु, सञ्चारकर्मीहरु, मजदुरहरु, किसानहरु र विद्यार्थीहरुका बीचमा बलियो पकड बनाउन सफल भयो । धेरै माओवादी र क्रान्तिकारी मजदुर नेताहरु समेत सो पार्टीप्रति डोलायमान हुँदै गए । कतिपय भूमिपति र साना उद्यमीहरु पनि आकर्षित हुनथाले । पीपीपीको विचारधारा विचित्रको समिश्रणवाला देखिन्थ्यो । जसमा माओवादी नाराबाट लिइएका क्रान्तिकारी रुझान र भारतविरोधी राष्ट्रवादी रुझान पनि हो । त्यसको साथमा जनतन्त्र र इस्लामिक समाजवादी नारासमेत थियो । माओवादी विचारधाराबाट पीपीपीलाई पृथक गर्ने आधार भनेको केवल इस्लामिक समाजवाद थियो । त्यो शब्दावलीले पार्टीभित्र र बाहिर निकै भ्रम र विवाद सिर्जना गरेको थियो । जब पार्टीको प्रतिक्रान्तिकारी शक्तिले सशस्त्र संघर्षमा जाने निर्णय ग¥यो, त्यसभित्रको मध्यमार्गी तप्काले सशस्त्र संघर्षको नीतिलाई अस्वीकार ग¥यो । उसले सामाजिक न्यायको आन्दोलन इस्लामिक मान्यताअनुसार चल्नुपर्ने बतायो । पाटीबाहिरको कुलीन वर्गले इस्लामिक समाजवादका विरुद्ध त्यही समयमा अभियान चलायो ।

सन् १९७० को आमचुनावमा अवामी लिगले बहुमत प्राप्त ग¥यो र उसले ३०० मध्ये १६७ स्थान प्राप्त ग¥यो । सरकार गठनका लागि आवश्यक संख्या भएर पनि पश्चिम पाकिस्तानको कुलीन वर्गीय सत्ताधारी वर्गले सरकार बनाउन अवरोध ग¥यो । त्यो समस्यालाई लिएर पाकिस्तानको सैनिक सरकार, अवामी लिग र पीपीपीका बीचमा वार्ता भयो । तर कुनै सहमति हुन सकेन । २५ मार्च १९७१ पाकिस्तान सेनाले पूर्वी पाकिस्तानमा विद्रोहीहरुका विरुद्ध दमन शुरु ग¥यो । सरकारका विरुद्ध विद्रोह गरेको आरोपमा सेनाले दमन शुरु गरेको थियो । लामो गृहयुद्धको स्थिति पैदा भएको थियो । जसको फलस्वरुप पूर्वी पाकिस्तानको बंगाली जनताको प्रतिरोधलाई भारतीय सेनाले हस्तक्षेप ग¥यो । सो युद्धमा पाकिस्तानी सेना पराजित भयो र सन् १९७१ डिसेम्बरमा बंगलादेश नामको स्वतन्त्र देशको उदयसँगै पाकिस्तान विभाजित भयो ।

त्यसपछि पाकिस्तान पश्चिम पाकिस्तानमा मात्रै सीमित भयो र जुल्फीकर अलि भुट्टो सत्तामा विराजमान भए । पीपीपी सत्तामा पुगेका कारण क्रान्तिकारी मजदुर आन्दोलनका नेताहरु प्रोत्साहित भए । सन् १९७२ मा उनीहरुले जुझारु मजदुर आन्दोलन तीव्र पारे । पन्जाब र सिन्धका कैयौैं उद्योगहरुमा घेराउ, हडताल र कब्जाका प्रयासहरु भए । मजदुरहरुले नै व्यवथापन समिति बनाए । कैयौं स्थानमा मजदुरले कानुन व्यवस्था आफ्नो हातमा लिन थाले । उनीहरुले समाजमा कानुन व्यवस्थाको निगरानी गर्न थाले र न्यायिक कार्यहरु गर्न थाले । त्यस्तो स्थितिमा सरकारले किसानहरुबीच बलियो आधार रहेको कम्युनिस्ट पार्टीमाथि कडा कारबाहीको आदेश दियो ।

सन् १९६० को दशकको उत्तराद्र्धसम्म भुट्टो र उनको राजनीति लोकप्रिय वामपन्थी रुझान मानिन्थ्यो । उसका थुप्रै कार्यकर्ता र मैराज मुहम्मद खानजस्ता नेताहरुले खुलेर माओवादीको वकालत गर्थे । मजदुर संगठन र विश्वविद्यालयहरुमा माओवादीहरुले राम्रो प्रभाव विस्तार गरेका थिए । पाकिस्तान अन्तर्राष्ट्रिय विमानस्थलको मजदुर संगठन माओवादीको नियन्त्रणमा थियो । कराँची विश्वविद्यालयमा माओवादी भातृ संगठन ‘राष्ट्रिय विद्यार्थी फेडेरसन’ को दबदबा थियो । पन्जबमा उसकै भातृसंगठन राष्ट्रवादी विद्यार्थी संगठनको पडक थियो। माओवादी विचारबाट प्रभावित पाकिस्तान सोसलिस्ट पार्टीको प्रभाव कतिपय औद्योगिक क्षेत्र र गाउँमा कायम थियो । माओवादप्रति समर्पित र किसानप्रति विश्वास राख्नेहरुले ‘मजदुर किसान पार्टी ९ःप्ए० गठन गरे ।

मजदुर किसान पार्टी ९ःप्ए० को गठन सन् १९६८ मा भएको थियो । जसको गठन राष्ट्रिय अवामी पार्टी ९ःएए० को विभाजनका कारण भएको थियो । पश्चिम पाकिस्तानस्थित सोभियत समर्थक खेमाको नेतृत्व सिमान्त गान्धी अब्दुल गफ्फार खानका पुत्र वली खान र पुर्वी पाकिस्तान शाखाका नेतृत्व मौलाना भसानीले गरे । पश्चिमी पाकिस्तानमा वली खानको नेतृत्वको राष्ट्रिय अवामी लिगबाट फुटेर त्यसभित्र रहेका माओवादीहरुले पख्तुन नेता अफजल बंगशको नेतृत्वमा मजदुर–किसान पार्टी गठन गरे । सन् १९७० मा सेनाका अवकास प्राप्त मेजर र पञ्जाबकै वाशिंदा इसाक मोहम्मद आफ्ना समर्थकसहित त्यस पार्टीमा समावेश भए ।
एमकेपीलाई अनेकौं किसान आन्दोलनको नेतृत्व गर्ने अवसर मिल्यो । जसमध्ये सबैभन्दा ठूलो सफलता उत्तर–पश्चिमी सिमान्त क्षेत्रको पख्तुन आदिवासी इलाकामा प्राप्त भयो । पाकिस्तानमा पख्तुन आदिवासी इलाका एकमात्र त्यस्तो इलाका हो जहाँ हरेकसँग बन्दुक रहेको हुन्छ । त्यसका कारण उत्तर–पश्चिम सिमान्त क्षेत्रमा सन् १९६० को दशकको उत्तराद्र्ध र सन् १९७० को दशकको पूर्वाद्र्धमा जमिनदार र किसानबीचमा जबरजस्त हिंसात्मक भीडन्त भए । जनरल याह्या खानको सैनिक शासनकालमा पनि त्यो भीडन्त जारी रह्यो । सन् १९७२ मा त्यस इलाकामा वली खानको नेतृत्व भएको एनएपी र इस्लाम समर्थक जमायते–उलेमा–ए इस्लामको संयुक्त सरकार गठन भयो । जबकि केन्द्रमा र पन्जाब तथा सिन्धमा भुट्टोको पाकिस्तान पिपुल्स पार्टीको सरकार कायम थियो ।
एनएपी–जेयु गठबन्धन सरकार जमिनदारको पक्षमा उभियो । जुलाई १९७१ मा मंडानी गाउँमा किसानहरु र सरकारी सेनाका बीचमा हिंसात्मक झडप हुन गयो । मजदुर–किसान पार्टीको नेतृत्वमा गरिव र भूमिहीन किसानहरुको विद्रोह सरकारी सेनाका विरुद्ध भयो । उत्तरपश्चिम सीमा प्रान्तको हस्तनगर क्षेत्रमा किसानहरुले झण्डै २०० वर्ग मीलको इलाकालाई मुक्त क्षेत्र घोषणा गरे । जसले त्यस क्षेत्रमा प्रेरणास्रोतको भूमिका निर्वाह ग¥यो ।

पन्जाबमा एमकेपी पश्चिमी र दक्षिणी क्षेत्रमा क्रियाशील थियो । जहाँ जमिनदारहरुको अत्याचार तीव्र भयो । तर एम केपीभनदा सरकारी दमनको प्रभाव बढ्दै गयो र आन्दोलन दमनको शिकार भयो । ठूलो संख्यामा पार्टी कार्यकर्ता गिरफ्तार गरिए । उनीहरुलाई अमानवीय यातनासहित बन्दी बनाइयो । सन् १९७७ मा जुल्फिकर अलि भुट्टोको सरकार पतन भयो । त्यसपछि जनरल मुहम्मद जिया–उल हकको नेतृत्वमा घोरदक्षिणपन्थी सरकार सत्तारुढ भयो । सन् १९७९ मा पाकिस्तानद्वारा अफगान जेहादमा शामिल भएपछि जुझारु पख्तुनहरुलाई आफ्नो पक्षमा ल्याए । त्यसपछि अफगानिस्तानबाट रुसी सैनिक लखेट्ने अभियानले गति लिन थाल्यो । त्यसपछि पाकिस्तानका अन्य इलाकामा समेत वामपन्थी विरोधी दमन अभियान तीव्र पारियो । राज्यद्वारा नै इस्लामिकरणको हावा सुनियोजित रुपमा फैलाइयो ।

मजदुर–किसान पार्टी ९ःप्ए० एउटा साम्राज्यवाद विरोधी पार्टी थियो । जसको द्वार सबै प्रगतिशील शक्तिका लागि खुला थियो । जसको केन्द्रमा जल्दाबल्दा नेताहरु थिए । जसमा सिद्धान्तकार, मजदुर आन्दोलनबाट स्थापित व्यक्तिहरु, किसान नेताहरु र किसान संगठनहरु समावेश थिए । एमकेपीलाई चीनको निकट दल मानिन्थ्यो र अन्तर्राष्ट्रिय मामिला तथा पाकिस्तानको क्रान्तिको विषयमा चिनी नीतिको समर्थक ठानिन्थ्यो। यस पार्टीलाई किसान आधारित क्रान्ति गर्ने पार्टी ठानिन्थ्यो । माक्र्सवाद–लेनिनवाद–माओवादद्वारा निर्देशित पार्टी थियो । मेजर इशाकले अनेकौं लेख र नाटक लेखे जसमा समग्रमा जनतामाथि भएको अमानवीय उत्पीड, अमानवीय दमन, असाध्य पीडाको चित्रण हुन्थे । एमकेपीको मेजर इशाकको नेतृत्वको पञ्जाबी धारलाई घोषित रुपमा भारत विरोधी मानिन्थ्यो । जसले सोभियत संघलाई सामाजिक साम्राज्यवाद भन्दथ्यो । तर अफलज वंशजको नेतृत्वको धारा बढी व्यवहारिक थियो र सोभियत संघको विरुद्ध घोषित रुपमा बोल्दैनथ्यो । यद्यपि जब अफगानिस्तानमा कम्युनिस्ट सत्ता कायम भयो तब सबै एमकेपी धाराले त्यसलाई प्रगतिशील कदम भन्दै समर्थन गरेका थिए । त्यसप्रकारको धारणा सार्वजनिक भएपछि जिया–उल–हकको सरकारले कम्युनिस्ट पार्टीहरुमाथि दमनलाई दोब्बर बनाए ।

सन् १९७० को दशकमा एमकेपी कयौं स–साना गुटहरुमा विभाजित थियो । मेजर इशाक र अफजल बंगश दुई एकापसमा प्रतिद्वन्द्वी बन्न गएका थिए । एकले अर्कोमाथि विश्वासघात गरेको आरोप लगाउँथे । उता चीनमा माओ त्से तुङको मत्युपछि चीनले क्रान्तिकारी धारा परित्याग ग¥यो । त्यसले पाकिस्तानको माओवादी धारामा निकै ठूलो नकारात्मक प्रभाव पा¥यो । उनीहरुको मनोबल निकै खस्कियो । एउटा स्वतन्त्र राज्यको दृष्टिमा पाकिस्तानमा बुर्जुवा लोकतन्त्र सफल भइरहेको थिएन । जुल्फीकर अलि भुट्टोको शासनमा माओवादप्रति नरमीका कारण कम्युनिस्ट प्रभाव विस्तारमा सहयोग पुगेको थियो । जुल्फीकर अलि भुट्टो चीनि नीतिका समर्थक थिए । सन् १९८० को दशकसम्म पुग्दा यी सारा विषयहरु अप्रासंगिक हुन गएका थिए ।
पाकिस्तानका माओवादीहरुको आज स–साना गुटका रुपमा अस्तित्व कायम देखिन्छ । एमकेपीको पनि थुप्रै गुटहरु भएका छन् । उनीहरु आज पनि माओत्से तुङ विचारधारामा आधारित किसान क्रान्तिमाथि प्रतिबद्धता जाहेर गर्दछन् । उनीहरु किसान मजदुरका अधिकारका लागि बढ्ने शक्तिहरुसँग सहकार्य गर्छन् । हालैका वर्षहरुमा उनीहरुले सशस्त्र किसान प्रतिरोध संघर्षमा भाग लिएका छन् । तर पनि उल्लेखनीय रुपमा पाकिस्तानको राजनीतिमा उनीहरुको कुनै महत्वपूर्ण शक्तिका रुपमा लिइन्न ।

लेखक अहमद इन्स्टिच्युट अफ साउथ एसियन स्टडिज, सिंगापुरका सदस्य हुन् । साभारः समकालीन तिसरी दुनियाँ, जनवरी २०१५ अनुवाद अनिल शर्मा
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment