Sponsor

ऐतिहासिक चौदण्डी गढी

उदयपुर जिल्लाको पूर्वी क्षेत्रको पहाडी गाविसमा रहेको ऐतिहासिक चौदण्डी गढी उचित संरक्षणको अभावमा जीर्ण बन्दै जानुका साथै अस्तित्वमाथि नै सङ्कट बढेको छ ।
विसं १८३० भन्दा अघिसम्म
चौदण्डी गढी
सेनवंशी राजाहरुले तीन पुस्तासम्म शासन गरेको यस गढीको ऐतिहासिक महत्व पनि उत्तिकै रहेको छ । तीन जना सेन राजा जगत सेन, कर्ण सेन र मुकुन्द सेनले चौदण्डी गढीबाट सम्पूर्ण राजकाज चलाएको इतिहासबाट थाहा हुन्छ ।
विसं १८३० मा राजा मुकुन्द सेनको पालामा गोरखाका राजा पृथ्वीनारायण शाहका सेनापति अभिमानसिंह बस्नेतको नेतृत्वमा गएको गोरखाली सेनाले आक्रमण गरेपछि पूर्र्वको चौदण्ढी राज्य गोरखामा विलय भएको थियो ।

उदयपुरको सदरमुकाम गाईघाटबाट २७ किलोमिटर पूर्र्वी पहाडी क्षेत्रमा रहेको चौदण्डी गढी अझै पनि सेनवंशको राजधानी भनेर चिनिँदै आएको छ । सेन राजाहरुको पालामा निर्माण गरिएका चौदण्डीका दरबार, देवीदेवताका मन्दिर, बगँैचाहरुको उचित संरक्षण र मर्मतसम्भार नहुँदा अहिले जीर्ण र भग्नावशेषका रुपमा परिणत भएका छन् ।
पूर्र्वकै ऐतिहासिक तथा पुरातात्विक हिसाबले समेत महत्वपूर्ण रहेको चौदण्डी गढीको तत्काल उचित संरक्षणमा ध्यान नदिने हो भने यहाँका ऐतिहासिक तथा पुरातात्विक वस्तुहरु लोप हुने खतरा बढेको स्थानीयवासी बताउँछन् ।



गोरखालीहरुको विजय अभियान, विक्रम सम्वत १८३१ सम्म पनि पुर्बको महत्वपुर्ण राज्यको राजधानीको रुपमा रहेको यो स्थानको हाल भग्नावशेष मात्र रहेको छ । पुरातात्विक महत्वका यहाका देबी देवताका मुर्ती लगायत अन्य ढुङ्गाका सामाग्रीहरु हराएका छन् भने भएका संरचना पनि जिर्ण अवस्थामा छन् ।
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment