Sponsor

पृथ्वीका सवैभन्दा रंगीन १० ठाउँ

रंगहरुको सुन्दर संयोजन आफैमा अलौकिक हुन्छ । यस्तो संयोजन कुनै कलाकारले कल्पनाका आधारमा गरेको नभई प्राकृतिक रुपमै भयो भने त्यो झनै रोमाञ्चक हुन्छ ।

आज हामी तपाईहरुलाई यस्ता १० सुन्दर संसारको सयर गराउँदै छौं जहाँ प्राकृतिक रंगहरुको अलौकिक संयोजन देख्न सकिन्छ ।

१. लाभेन्दर फिल्डस्, फ्रान्स

यदि तपाईं गर्मी महिनामा फ्रान्सको प्रोभिन्समा जानुभयो आँखाले देख्नेजति सबैतिर यस्तै पर्पल कलरको फूल देख्नुहुनेछ । पर्यटकहरु यही फूल हेर्न यहाँ आउँछन् ।

२. प्रोसिदा, इटली

इटलीको यो सानो टापुमा बनेका सवै घर चकलेट रंगबाट सजिएका छन् । पृष्ठभूमीमा देखिने निलो आकाश र पानीमा देखिने घरहरुको बिम्बले यो ठाउँ निकै सुन्दर देखिन्छ ।



३. कानो क्रिस्टलेस रिभर, कोलम्बिया
यो नदीलाई पाँच रंगको नदी पनि भनिन्छ । यहाँ पाइने दुर्लभ घाँसपात र जडिबुटीका कारण यहाँको पानीको रंग निकै रातो देखिन्छ ।



४. रेतवा ताल, सेनेगल
चुइंगमको रंगमा देखिने योताल सेनेगलमा पर्छ ।



५. टुलिप फिल्ड्स, नेदरल्याण्ड
कुनै कलाकारले बनाएको चित्रजस्तो रंगीन लाग्ने यो नेदरल्याण्डको गाउँ हो । बिभिन्न प्रजातिका फूल फुल्ने समयमा यो खेत निकै रमणीय हुन्छ ।



६. ग्रेट बेरियर रिफ, अष्ट्रेलिया
अष्ट्रेलियाको समुद्री पानीभित्र देखिने यो दृष्य निकै अलौकिक छ । जहाँ २ हजार पाँच सय बढि प्रजातिका माछा तथा बिभिन्न सामुदि्रक जीवजन्तु पाइन्छन् ।



७. लुपिङ, चीन
पूर्वी चीनको खेतमा जब क्यानोला फुल्छ, त्यसबेला पहेँलो खेतको बिचमा देखिने यी सानो आकाकार टापु निकै आर्कषक देखिन्छन् ।



८. भ्याली अफ फ्लावर नेशनल पार्क, भारत
उत्तराखण्डमा रहेको यो उपत्याका बिश्व सम्पदा सूचीमा परहेको स्थान हो । यहाँ बिभिन्न प्रजातिका फूलहरु देख्न सकिन्छ । भारत सरकारले यसलाई राष्ट्रिय निकुञ्जन नै बनाएको छ ।



९. शिवाजाकुरा हिमाल, जापान
माउन्ट फुजीको फेदीमा रहेको यो स्थानमा बसन्त ऋतुमा ढकमक्क फूल फुलेर पुरै मैदान रंगीचंगी देखिन्छ ।



१०. नेट्रोन ताल, तान्जानिया
पहाडको फेदीमा रहेको तान्जानियास्थित रहेको यो ताल सोडा र सुनले भरिपूर्ण छ । ताल रातो र सुन्तला रंगको देखिन्छ ।-एजेन्सीको सहयोगमा



Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment