Sponsor

अचम्मको भ्रम पैदा गराउने १० पेन्टिङ

मानिसको दिमाग पनि अचम्मैको हुन्छ! भनिन्छ, मानवजाति प्रकृतिकै सबैभन्दा सर्वश्रेष्ठ प्राणी हो, तर सोहि मानवजातिको दिमागलाई झुक्याउन पनि त कति सजिलो छ! हो, यसरी जुन कुरा हेर्दा तपाईँको दिमाग झुक्किन्छ नि, त्यहि नै दृष्टिभ्रम हो। तर, ‘दृष्टिभ्रम’ले न त तपाईँको आँखालाई झुक्याउँछ, न दिमागलाई मूर्ख गराउँछ, यो त केवल हेर्ने दृष्टिकोणमा फरक पर्ने कुरा हो। यो चिज महशुस गर्न खोज्दा एकदम रोचक कुरा हुन जान्छ। यसले हामीलाई कुनै कुरालाई हेर्ने तरिका, धारणा र हाम्रो दृश्यशक्तिको सीमिततालाई प्रष्ट पार्दछ।

हाम्रो दैनिकी जीवनमा यस्ता दृष्टिभ्रमहरू धेरै जसो भैरहेका हुन्छन्, कुनै एउटा कुरालाई हेर्दा अर्कै देखिन्छ तर दिमागले त्यसलाई राम्ररी छुट्ट्याउन सकिरहेको हुँदैन। यसलाई धेरै जसोले नकारात्मक रूपमा हेरिरहेका हुन्छन्। तर, यसलाई एक साधारण दिमागी प्रक्रियाको रूपमा पनि हेर्न सकिन्छ, यसले त हाम्रो दृश्य प्रक्रियालाई राम्रोसँग बुझ्नको लागि जोड दिइरहेको पनि हुन्छ।



यो संसारको वास्तविकतामा एक जादुमय स्पर्शले हामीलाई स्वर्गीय आनन्द महशुस गराउँदछ। यसरी नै क्यानेडाका चित्रकार ‘रोबर्ट गोन्जाल्वेज’ले पनि आफ्ना चित्रहरूमा यस्तै किसिमका जादुमय रङ्गहरू भर्दै आइरहेका छन्। उनका यी सुन्दर कलाहरूले मानिसको दिमागमा एक रोचक दृष्टिभ्रम सिर्जना गराउँदछ कि एउटै चित्रलाई दोहोर्याएर पटक-पटक हेर्न बाध्य बनाइरहेका हुन्छन्।

कस्ता रहेछन् त ती चित्रहरू, एकचोटि हेरौँ न त!

१. सुन्दर शशीकला

२. जल या परी?

३. पहेली या कोठा?

४. मानवीय पुल

५. समुन्द्र? किनारा? या हावा?

६. शहरी वृक्ष

७. आकाश या खाट?

८. मानिसको झरना?

९. वृक्ष या बाटो?

१०. नैया या पुल?















माथिका सबै पेन्टिङ्गहरू हेर्नुभयो? अब एक चोटि सोच्नुहोस् त, के तपाईँको आँखालाई झुक्यायो? के तपाईँको दिमागलाई घुमायो? होइन, यो त तपाईँको हेर्ने दृष्टिकोणमा फरक पर्ने कुरा हो या भनौँ, यसले तपाईँको हेर्ने दृष्टिकोणलाई फरक पारेको हो।
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment