Sponsor

अर्गली दरवार


अर्गली दरवार नेपालको लुम्बिनी अञ्चल, पाल्पा जिल्ला, अर्गलीगाउँ बिकास समितिको वाड नं.१मा अवस्थित ऐतिहासिक महत्वको दरवार हो।
ऐतिहासिक अर्गली दरवार
पुरानो हुलाकी मार्ग र हाल तानसेन-रिडी-तमघास सडकको बीचमा अवस्थित अर्गली दरबार पाल्पा सदरमुकाम तानसेनबाट २१ किलोमिटर पश्चिम-उत्तरमा छ। जुद्द् शमशेरले स्वेच्छाले प्रधानमन्त्री पद त्यागि सन्यासी जीवन बिताउने अभिप्रायले रिडी बजारबाट पाँच किलोमिटर पूर्व पाल्पा जिल्लास्थित अर्गली उपत्यकामा उनको निजी बासस्थानको लागि विक्रम सम्बत १९९९ सालमा सुरू गरी २००१ सालमा दरबार निर्माण गराए।
 पश्चिम प्युठान-अर्घाखाँचीसम्मको जनश्रमदानद्वारा निर्मित उक्त दरबारमा प्रयोग भएको इँटा, फलाम, काठ, प्रस्तर एवं अन्य भौतिक सामाग्री उच्च गुणस्तरको थियो।

ऐतिहासिक पाल्पा अर्गली दरबार
विक्रम सम्बत २००२ साल मङ्सिर १४ गते जुद्द् शमशेर गेरुवस्त्र धारण गरी कान्छी श्रीमती गम्भीर कुमारीका साथ त्यही अर्गली दरवारमा आए। रिडी घाटको नित्य स्नान एवं ऋषिकेश मन्दिरको फूलप्रसादसहित २००७ सालसम्म जुद्धशमशेर अर्गली दरबारमै बस्दथे। हाल अर्गली दरवार भग्नावसेसमा परिणत भएको छ।
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment