Sponsor

संसारका १० रोचक तस्वीरहरु

प्रविधिको यस समयमा तपाईहामीलाई लाग्न सक्छ कि अहिले संसारमा धेरै चमत्कार भएका छन्, पहिले यस्तो थिएन । यो साँचो हो तर, पहिले पनि केही यस्ता स्थानहरु थिए, जो वास्तममै अनौठा लाग्छन् । हामीले संसारकै ७ आश्चर्यहरु त सुनेका छौं तर त्यसबाहेक अन्य पनि केही यस्ता आश्चर्य लाग्ने वस्तुहरु छन् ।

१.भिक्टोरिया फल्स :
दक्षिण अफ्रिकामा रहेको भिक्टोरिया फल्स संसारकै ठूलो झरना हो । यो झरनालाई हेर्नका लागि संसारभरीबाट पर्यटकहरु आउने गर्छन । यो जाम्बिया र जिम्बाबेको बिचमा पर्छ ।



२. ह्यागिंग सोफिया : 
टर्कीमा रहेको सोफिया मस्जिद संसारकै नमुना मस्जिद हो । भनिन्छ यो मस्जिद पहिले एक गिरजाघर थियो । जसलाई मेहमत द्वितीयापछि मस्जिदमा बदलियो । अहिले यो टर्कीको ठूलो संग्रहालयको रुपमा रहेको छ ।



३.आर्टेमिसको मन्दिरः 
ठूलो आर्टेमिसको मन्दिर टर्कीमा रहेको । यो डायनादेवीको नामले चर्चित छ । ४०१ मा यसको अन्तिम बिनास हुनुभन्दा पहिले यसलाई तीन पटक निर्माण गराइएको थियो ।



४. पेट्रा : 
संसारकै अनौठा स्थानको कुरा गर्दा पेट्रालाई सामेल गरिएन भने त्यो अर्को अनौठो हुन्छ । जोर्डनको पर्यटकीय क्षेत्रमा पेट्रा आज पनि एक महत्वपूर्ण क्षेत्रमा यहाँ एउटा करिब १३८ फिट अग्लो मन्दिर रहेको छ । यससँगै यहाँ नहर, पानीको पोखरी तथा खुल्ला रंगशाला र केही चर्चित भवनहरु रहेका छन् ।



५.मसिह उद्धारक मुर्ती
संसारका ठूला मुर्तिमा जिससको मुर्ती पाँचौ नम्बरमा पर्छ । ब्राजीलमा संसारकै सबैभन्दा ठूलो मानिएको वाली डेको आर्टको प्रतिमा रहेको छ । जो हेर्नमा आनन्ददायक छ ।



६.ताज महल
ताज महल विश्व सम्पदा सूचीमा सूचीकृत छ । यो मुगल सम्राट शारजहांले पत्नी मुमताजको सम्झनामा बनाएका हुन् । त्यसैले यसको नाम पनि ताज महल राखिएको हो ।



७. ह्यागिंग गार्डेन :
 ह्यागिंग गार्डेन संसारकै चमत्कारमा गनिन्छ । यसमा पौराणिक बगानको विशाल संग्रह देख्न सकिन्छ । यसले प्राचीन परम्परासँग मानिसहरुलाई जोड्ने काम गरेको छ ।



८. द ग्रेट वाल अफ चाइनाः
 चीनको बिशाल पर्खाल संसारकै चमत्कारमा बिशेष रुपले गनिन्छ । चिनियाँ शासकहरुले उत्तरी क्षेत्रबाट बच्नका लागि यसको निर्माण गराएका थिए । यो पर्खाल माटो र ढुंगाबाट बनेको छ । यो अन्तरिक्षबाट पृथ्वीमा हेर्दा देखिने एकमात्र वस्तु पनि हो ।



९.बेली अफ लभ : 
बेली अफ लभ अर्थात प्रेमको घाँटी संसारकै चमत्कारमा गनिन्छ । एक माइल चौडाईको यो प्रेमको घाँटी आयरल्याण्डको सबैभन्दा अभिन्न अंग बनिसकेको छ । यहाँ घुम्नका लागि संसारका मानिसहरु पुग्ने गर्छन । यो घाँटी मिश्रको मिरामिड भन्दा पनि करिब ३००० बर्ष पुरानो भएको अनुमान छ ।



१०. अलेक्जेन्ड्रियाको प्रकाश : 
अलेक्जेन्ड्रियाको प्रकाश संसारमै चर्चित छ । अलेक्जेन्ड्रियाको यो चर्चित प्रकाशस्तम्भको निर्माण एक द्विपमा करिब इशापूर्व २८० मा निर्माण गरिएको हो । चुन ढुंगा र सिंगमरमरका कारण चम्किरहेको यसको उचाई करिब ४०० देखि ४५० फुट रहेको अनुमान छ ।

Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment