Sponsor

इतिहास रच्न सफल बहुचर्चित तस्बिरहरु

यहाँ यस्ता तस्बिरहरु दिइएका छन् जुन लाखौं मानिसहरुको मन मस्तिष्कमा बस्न सफल भएको छ । फोटोग्राफीको विकासले मानिसहरुलाई इतिहासका केही पलहरुलाई सुरक्षित राख्ने सुविधा दिएको छ । यहाँ संसारका त्यस्तै चर्चित फोटोहरु दिएका छन् जसले इतिहास रच्न सफल भएको छ ।

१.साउथ अफ्रिकी फोटोजर्नालिष्ट केभिन कार्टर (सन् १९६०–१९९४) ले खिचेको यो तस्बिरले ‘पुलिट्जर प्राइज’ प्राप्त गर्न सफल भएको थियो । उनले ३३ वर्षको उमेरमा आत्महत्या गरे ।



२.सन् १९६९ को चन्द्रमामा टेकिएको पाइला । सन् १९६९ जुलाई २० तारिकमा चन्द्रममा पहिलो पटक मानिसले आफ्नो पाइला टेके । निल आर्म स्ट्रंगले चन्द्रमामा पहिलो पटक पाइला टेकेर इतिहास रच्न सफल भएका थिए ।

३.‘लियाओ’ नामको कुकुर आफ्नो मालिकको चिहान नजिकै दुई दिनसम्म बसिरहेको अवस्थामा । उनको मालिक सन् २०११ जनवरी १५ मा रियो दे जनेइरोमा आएको पहिरोका कारण ज्यान गुमाएका थिए ।

४.माइक वेलद्वारा खिचिएको यो तस्बिर युगान्डाका एक किशोरको हो । यो तस्बिरले संसारमा विद्यमान विभेदबारे बताउँछ ।

५.सन् २००१ को सेप्टेम्बरमा वल्र्ड ट्रेड सेन्टरबाट खसेका एक व्यक्ति ।


६.सन् १९७२ को हिंसा । यो तस्बिर एसोसियटेड प्रेसको हो जसले पुलिट्जर प्राइज जित्न सफल भएको थियो । यो फोटो जुन ८ तारिखमा खिचिएको हो जसलाई निकले आफ्नो क्यामरामा कैद गर्न सफल भएका थिए ।

७.अष्ट्रेलियाका स्कट जोन्सले पुलिसले लडाइदिएका आफ्नी क्यानाडियन प्रेमिकालाई चुम्बन गर्दै ।

८.अस्विट्विट्जको ग्याँस चेम्बर भित्रः यो चेम्बर हिटलरको समयमा यहुदी, विशेषगरी महिला र बालबालिकालाई मार्नको लागि प्रयोग गरिन्थ्यो । यो तस्बिरमा पीडितहरुले भित्तामा नङले कोतरेको देख्न सकिन्छ । उनीहरुलाई विषालु ग्याँसमार्फत बिस्तारै मर्नको लागि त्यहाँ थुनिन्छ ।
९.अनाथालयमा बसेका ६ वर्षीय बालकले अमेरिकन रेड क्रसद्वारा प्रदान गरिएको नयाँ जुत्तालाई अंगालो मार्दै हाँसिरहेको -
१०.सन् १९६५ को ‘जीवन कसरी सुरु हुन्छ’ को यो तस्बिर इन्डोस्कोपमार्फत लिइएको पहिलो तस्बिर हो ।

Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment