Sponsor

मन छुने तस्विर पछाडिको कथा

सिरियाकी एक बालिकाले हात उचालेको एउटा तस्विर गत साता विश्वभर निकै चर्चित भयो । एउटी बालिकाले आत्मसमर्पणको शैलीमा हात उचालेकी थिइन् र उनको आँखामा भय देखिन्थ्यो । एक फोटो पत्रकारले खिचेको उक्त तस्विरको कथा भने भिन्न छ । ति बालिकाले क्यामेरा देखेर हात उचालेकी थिइनन् । फोटो पत्रकारले बोकेको क्यामरालाई उनले बन्दुक भन्ठानेकी थिइन् र खिच्ने व्यक्तिलाई सैनिक । उनको बालमनले पनि बन्दुक उचाल्नेका
तस्विरमा देखिएकी चार बर्षीया बालिका हुडिया हुन् 
अगाडि हात उचाल्नुपर्छ भन्ने निर्णय गर्न भ्याएको थियो त्यही अवस्थामा उनी फोटा पत्रकार ओस्मान सागिर्लीको क्यामरामा कैद भइन ।





गाजाका फोटो पत्रकार नाडिया अबु सबाले टवीटरमा मंगलबार यो फोटो सेयर गर्ने वित्तिकै यो सोसल मिडियामा भाइरल बनेको यिो । फोटो हेरेपछि धेरैले लेखेका छन्-मेरो आँशू झर्‍यो, साह्रै दुःखद, मानवीयता सकिएको छ ।

यो फोटोसहित गरिएको अबु सवाको ट्वीटर पोष्ट ११ हजार पटक भन्दा बढी सेयर भएको छ । सवाले पनि आफूलाई फोटोको क्रेटिड थाहा नभएकाले फोटो पत्रकारको नाम बिना सेयर गरेकी बताएकी छन् । उनले पनि यो फोटो कुनै फोटो सेयरिङ साइटबाट लिएकी थिइन । अहिले यो फोटो खिच्ने पत्रकारको नाम पत्ता लागेको छ । यो फोटो टर्किस फोटो पत्रकार ओस्मान सागिर्लीले लिएका हुन् । हाल उनी तान्जिनियामा कार्यरत छन् ।

तस्विरमा देखिएकी चार बर्षीया बालिका हुडिया हुन् । सिरियाको आट्मेह शरणार्थी शिविरमा अघिल्लो बर्षको डिसेम्बरमा उक्त तस्विर लिइएको थियो ।

उनी टर्किस बोर्डरको हामास्थित घरबाट बिस्थापित भएर आमा र दुई भाइबहिनीका साथ यो शिविरमा आएकी हुन् ।

'मैले टेलिफोटो लेन्स प्रयोग गरेको थिएँ, तर उनले हतियार भन्ठानिछिन्', फोटो पत्रकारले फोटो खिच्दाको अवस्थाबारे भने,'फोटो लिएपछि थाहा पाएँ, उनी साह्रौ डराएकी थिइन् । क्यामेरा देखेपछि बच्चाहरु हास्छन वा मुख छोप्छन् तर उनले आफ्नो ओठ टोक्दै हात उचालेकी थिइन् ।'

'शरणार्थी शिविरमा बस्नेको निर्दोषपना देखाउन यो तस्विर काफी छ । यहाँका बालबालिकाहरु कलिलो अवस्थामै समस्याबाट ग्रस्त छन्', उनले भने ।

यो तस्विर सुरुमा एउटा टर्किस पत्रिकामा जनबरीमा छापिएको थियो । जुन पत्रिकामा सागिर्ली २५ बर्ष काम गरेका थिए । उनी देशबाहिर भएका युद्ध र प्राकृतिक प्रकोपको फोटो खिच्थे । यो फोटो छापिएपछि टर्किस भाषाको सोसल मिडियामा पनि व्यापक सेयर भयो । तर, अहिले आएर विश्वभर यो फोटो चर्चित बनेको छ ।

 - सिरिया

Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment