भीमसेन थापाको निवास जनरल वाग र वि.सं. १८९० को भूकम्पमा परेको मिनार। |
भीमसेन थापाका पालामा काठमाडौंमा दुइटा धरहरा बनेका थिए भन्ने अहिले थोरैलाई मात्र थाहा छ । एउटा धरहरा राजा रणबहादुर शाहकी महारानी ललितत्रिपुरासुन्दरीको नाममा बनाइएको थियो । अर्को जनरल भीमसेन थापाका नाममा बनाइएको थियो । महारानीको नाममा बनाएको धरहरालाई महारानी धरहरा भनिन्थ्यो । भीमसेनका नाममा बनाइएकोलाई जनरल धरहरा भनिन्थ्यो ।
पछि वागदरबार भन्ने गरिएको जनरल वागको प्रवेशद्वार। |
जनरल धरहराभन्दा महारानी धरहरा अग्लो र फराकिलो थियो । विसं १८८० को दशकमा भीमसेनको सक्रियतामा धरहरा बनाइएको थियो । विसं १८९० को भुइँचालोमा जनरल धरहरा ढल्यो । महारानी धरहरामा पनि क्षति पुग्यो । भूकम्पपछि महारानी धरहराको जीर्णोद्धार गरियो । त्यतिवेलाका नेपालस्थित बेलायती रेसिडेन्ट ब्राइन हड्सनले यी दुवै धरहराको मेजरमेन्ट रेकर्ड गरेका थिए । हड्सनले तयार पारेका नोट्सहरूमा यी कुरा उल्लेख छन्, जुन लन्डनस्थित ब्रिटिस लाइब्रेरीमा उपलब्ध छ ।
जनरल धरहरा बाघदरबारमा रहेको भीमसेन थापाको निवासको बगैँचामा थियो । त्यही बगैँचामा जनरल धरहरा थियो । भूकम्पले भीमसेनको धरहरा भत्काएपछिका दिनमा राजकाजमा भीमसेनको प्रभाव पनि खस्कँदै गयो । त्यही भएर उनको नामको धरहरा पुनर्निर्माण अथवा जीर्णोद्धार गर्ने काम त्यतिवेला हुन सकेन । धरहरालाई भीमसेन स्तम्भ भनेर पञ्चायतकालमा मात्र भन्न थालिएको हो । वास्तवमा यो महारानी धरहरा हो भन्ने ऐतिहासिक आधार प्रशस्तै छन् ।
विसं १९९० को भूकम्पमा महारानी धरहरा पुन: भत्कियो । यसलाई जुद्धशमशेरले पुनर्निर्माण गरे । अहिलेको भूकम्पले महारानी धरहरा फेरि ढलेको छ । अब धरहरा निर्माण गर्दा महारानी र जनरल दुवै धरहरालाई उठाउन सकियो भने राम्रो हुने थियो ।
धरहरा पर्सियन वास्तुशिल्पीअनुरूप बनाइएको हो । त्यतिवेला भारतमा पनि त्यस्ता खालका वास्तुशिल्पीको अभ्यास सुरु भइसकेको थियो । मध्यपूर्वका सहरहरूको चित्रमा यस्ता अग्ला इमारत कुँदिएको भीमसेन थापाले देखे होलान् र उनलाई पनि त्यस्तै इमारत बनाउने रहर जाग्यो होला ।

१९९० सालको भूकम्पले भत्काएको अहिलेको धरहरा। |
विसं १९९० को भूकम्पमा महारानी धरहरा पुन: भत्कियो । यसलाई जुद्धशमशेरले पुनर्निर्माण गरे । अहिलेको भूकम्पले महारानी धरहरा फेरि ढलेको छ । अब धरहरा निर्माण गर्दा महारानी र जनरल दुवै धरहरालाई उठाउन सकियो भने राम्रो हुने थियो ।
बनाउनासाथ चर्किएर भत्काएको अनुमान गरिएको मिनारको पेन्टिङ। |
धरहरा पर्सियन वास्तुशिल्पीअनुरूप बनाइएको हो । त्यतिवेला भारतमा पनि त्यस्ता खालका वास्तुशिल्पीको अभ्यास सुरु भइसकेको थियो । मध्यपूर्वका सहरहरूको चित्रमा यस्ता अग्ला इमारत कुँदिएको भीमसेन थापाले देखे होलान् र उनलाई पनि त्यस्तै इमारत बनाउने रहर जाग्यो होला ।
भीमसेन थापाले दक्षिण एसियामा ब्रिटिसविरुद्ध गठबन्धन निर्माण गर्न काबुलसम्म गुप्तचरहरू पठाएको जानकारी इतिहासमा पाइन्छ । मुसलमान देश पुगेका ती गुप्तचरले पनि भीमसेनलाई अग्लो इमारतबारे बताए होलान् र यसले पनि उनमा त्यस्तै इमारत बनाउने चाहना जगायो होला । सहरको सौन्दर्य निखार्न त्यतिवेला यस्ता अग्ला इमारत बनाउने गरिन्थ्यो ।
डिजाइन बाहिरबाट आए पनि धरहरा निर्माण गर्ने कालिगड बाहिरबाट ल्याउनुपर्ने अवस्था त्यतिवेला नेपालमा थिएन । किनकि, योग्य कालिगड र धरहरा बनाउन आवश्यक पर्ने सामग्री त्यतिवेला नेपालमै उपलब्ध थियो । धरहरा बनाउन कति समय र खर्च लाग्यो भन्ने कतै पनि प्रस्टसँग उल्लेख भएको पाइँदैन ।
इतिहासकार पुरुषोत्तमशमशेर राणाको संकलनमा रहेको ठाडो चर्केको चित्र संभवतः भूकम्पपछिको त्यही 'मिनार'को थियो वा बनाउनासाथ चर्केकोले भत्काएर फेरि बनाउनुअघिको पनि हुनसक्छ। तर त्यो 'मिनार' भूकम्पपछि पुनर्निर्माण नभएर इतिहासको अँध्यारोमा हरायो। रानी ललितत्रिपुरासुन्दरीले पनि त्यस्तै 'मिनार'को इच्छा गरेपछि भीमसेनले १८८२ मा बनाइदिएको दोस्रो 'मिनार' चाहिं अहिलेको धरहरा हो। १८९० को भूकम्पमा सबुत रहेको यो 'मिनार'लाई त्यसको १०० वर्षपछि १९९० सालमा आएको महाभूकम्पले भत्काइदिएकोले राणा प्रधानमन्त्री जुद्धशमशेरले नौ तलामा सीमित गरी बरण्डा निकालेर पुनर्निर्माण गराएका हुन्।

0 comments:
Post a Comment