सन् १९८८ मा नेपालले चीनबाट ल्याएको Anti Aircraft Gun |
सन् १९८८ मा नेपालले चीनबाट Anti Aircraft Gun ल्याउँदा रिसाएर चुर भएको भारतले नेपालमाथि १८ महिना लामो नाकाबन्दी लगाएको थियो।
२०४४ सालमा भारतको मेघालयवाट त्यहाँ सदियौं देखि बसोबास गर्दै आएका नेपालीहरुलाई लखेट्ने अभियान चल्यो । त्यहाँबाट ज्यान जोगाएर भागेका ती नेपाली हजारौंको संख्यामा नेपाल आइपुगेपछि नेपालीहरुमा भारतीय सत्ता प्रति थप आक्रोस उत्पन्न भयो र राजधानी लगायत देशका विभिन्न ठाउँहरुमा भारतीय सत्ताका साथै नेपालको पञ्चायती व्यवस्थाका विरुद्ध प्रदर्शनहरु भए ।
२०४५ भदौमा नेपालले चीनवाट साना हतियारहरु तथा विमानभेदी बन्दुकहरु (एण्टी एअर क्राफ्ट गन) खरिद गरि तातोेपानी नाकाबाट नेपाल भित्र्यायो । मुख्यत यो घटनावाट भारत सरकार चिढियो । भारत सरकारले यसको विरोधमा कुटनैतिक रुपमा गम्भीर विरोध र आपत्ती प्रकट र्गयो । तर नेपालले ल्याइसकेको हतियार फिर्ता गर्ने कुरा थिएन । भारतले आगामी दिनमा त्यस्तो नगर्ने प्रतिवद्धता खोज्यो तर नेपालले अस्वीकार गर्यो ।
भारतले सन् १९५० को नेपाल भारत सन्धीको हवाला दिंदै भारतसँग नसोधी अर्को देशवाट यस्तो हतियार किन्न नसक्ने दावी गर्यो । तर नेपालले पनि त्यो सन्धीमा त्यस्तो किटानी नभएको जनायो । उक्त सन्धीको धारा ५ मा नेपालले भारतको बाटो भएर नेपालको सुरक्षाको लागि चाहिने हातहतियार ल्याउन सकिने कुरा उल्लेख छ तर अर्को वाटो प्रयोग गर्न पाइन्न भन्ने उल्लेख छैन ।
साथै सो सन्धीसँगै नेपाल भारतबीच आदानप्रदान गरिएका पत्रहरुमा उल्लेख भएको नेपालले भारतीय भूमिबाट हातहतियार ल्याउन परेमा भारत सरकारको सहमति र सल्लाहमा मात्र ल्याउन सक्ने भन्ने बुँदालाई पनि भारतले आधार बनाएको थियो । तर नेपालले सो बुँदामा चीनको वाटो भएर हतियार ल्याउन नपाइने कुरा नरहेको दावी गर्यो जुन सहि थियो ।
तर, २०२१ साल माघ १७ गते भएको नेपाल भारत गोप्य सन्धीमा नेपाललाई भारतले मात्र हतियार आपुर्ति गर्ने बुँदा छ भन्ने भारत सरकारको भनाइलाई भने तात्कालीन पञ्च नेताहरु र देशभक्त भनिने राजा वीरेन्द्रले पनि खण्डन गर्ने हिम्मत गरेनन् र सो सन्धी सार्वजनिक गर्ने हिम्मत पनि गरेनन् ।
सो गोप्य सन्धी देश भक्त भनिने राजा महेन्द्रले भारतसँग गरेका थिए । भनिन्छ कि सो सन्धी भारतले नेपालमा प्रतिबन्धित दलहरुलाई सहयोग नगर्ने सर्तमा महेन्द्रले भारतसँग गरेका थिए ।

Prime Minister Marich Man Singh with UN Secretary General Javier de Cuellar. |
त्यसपछि भारतले अर्को कदम चाल्यो । नेपाल भारतबीच अलग अलग व्यापार सन्धी र पारवहन सन्धी थियो । भारतले यसैबेला व्यापार तथा पारवहन सन्धी संयुक्त अर्थात एउटै गर्ने प्रस्ताव अघि सार्यो । तर नेपालले भने संयुक्त राष्ट्रसंघको महासन्धी अनुसार भूपरिवेष्ठित मुलुकले स्वतः पारवहन सुविधा पाउनु पर्ने अन्तर्राट्रिय मान्यता अनुसार अलग अलग व्यापार र पारवहन सन्धी नै कायम गर्न पर्ने तर्क अघि सार्यो । तर, भारतले यसलाई अस्वीकार गरेर चैत्र १० गते २०४५ सालमा सकिएको पारवहन सन्धीलाई नवीकरण गर्न मानेन । जबकी यो सन्धी प्रत्येक ५ वर्षमा नवीकरण हुँदै आएको थियो ।
यसपछि सुरु भयो भारतको नाकावन्दी । नेपालले भारतबाट डिजेल पेट्रोल खाद्यान्न औषधि आदि केही पनि ल्याउन दिइएन । नेपाल भारत खुल्ला सीमानाका कारण भारतले सीमानामा हुने व्यापार पुरै रोक्न सकेन र कालो बजारी निकै फस्टायो । तर, सामान अति कम मात्र आउने, तथा अति चर्को मूल्यमा विक्री हुने गर्दा नेपालीले नून तेल चिनी औषधी आदि कै ठूलो समस्या बेहोर्न र्पयो । सरकारले हवाइजहाजवाट समेत सामान केही ढुवानी गर्ने प्रयास पनि र्गयो तर यो निकै महंगो थियो । तातोपानी नाकावाट सबै सामान ल्याउन त्यो बेला सम्भव थिएन । तर पनि १३ महिना सम्म नेपालले त्यसवेला भारतीय नाकावन्दी झेल्न वाध्यभयो ।
यसको सकारात्म पक्ष पनि रह्यो । यस नाकावन्दीले गर्दा नेपालमा पंञ्चायती व्यवस्थाको वदलामा बहुदलीय लोकतन्त्रको स्थापनाको आन्दोलनमा सहयोग पुग्यो । फागुन ७ गते २०४५ सालवाट सुरु भएको संयुक्त जनआन्दोलनले पञ्चायती व्यवस्था समाप्त गर्दै बहुदलीय लोकतन्त्रको स्थापना र्गयो र कृष्ण प्रसाद भट्टराई अन्तरिम सरकारको प्रधानमन्त्री भएपछि मात्र २०४७ बैशाखमा भारतले नाकाबन्दी हटायो ।
अहिलेको राजनैतिक माहोल भने २०४५ सालको जस्तो छैन । भारतले तराई मधेशका जिल्लाको मात्र अलग प्रदेश बनाउने मधेशवादी दलको मागलाइ समर्थन गरिरहेको छ र त्यसको कार्यान्वयनको लागि नाकाबन्दीको धम्की दिइरहेको छ ।
यस मागलाई बहुसंख्यक नेपालीको समर्थन छैन र मधेशकै बहुसंख्यक जनताको पनि समर्थन छैन । त्यो वेलाको पञ्चायती व्यवस्थालाई भरपर्दो जनसमर्थन थिएन तर अहिलेको गणतान्त्रिक व्यवस्थालाई बहुसंख्यक जनताको समर्थन छ ।
त्यो, बेला दलहरुलाई नाकावन्दीले सहयोग नै गरेको थियो भने अहिले तीन ठूला दलहरु मात्र होइन कि वैद्य र विप्लव माओवादी समेतले पनि र अरु दलहरुले पनि भारतीय नाकावन्दीको विरोध गर्ने छन् । यस्तो भएतापनि नेपालको आन्तरिक मामलालाई नेपाली दलहरुले नै समाधान गर्न ठूला दलहरु पनि आवश्यक लचिलो भएर असन्तुष्ट दलहरुसँग वार्ता गर्नु पर्दछ र विदेशी हस्तक्षेपका विरुद्ध एक भएर लाग्ने वातावरण बनाउनु पर्दछ ।
साथै भारतले कथंकदाचित नाकावन्दी गरिहाले नेपालमा आत्मनिर्भर स्वाधिन आर्थिक विकासको माहोल बनाउन सरकारमा रहेका दलहरुले आर्थिक क्रान्तिको ठोस योजना तत्काल बनाउनु पर्दछ र बृहत जनपरिचालन गर्नु पर्दछ । बेलायतको उपनिवेश रहेको अमेरिकाले पनि बेलायती नाकावन्दी कै विरुद्ध लामो संघर्ष गरेर आर्थिक विकासको ढोका खोलेको थियो ।
विभिन्न अनलाइनमा प्राप्त सामाग्रीको आधारमा
0 comments:
Post a Comment