Sponsor

लिगलिगकोट


लिगलिगकोटको भग्नावशेष
लिगलिगकोटको नाम स्थानीय मगर भाषामा  सुन्दर र मनमोहक दृश्यावलोकनलाई प्रयोग गरिने शब्द लिङलिङ र युद्धसामाग्री राखिने स्थान तथा अग्लो स्थानमा रहेको किल्लाको लागी प्रयोग हुने शब्द कोट मिलेर बनेको लिङलिङकोटबाट अपभ्रंश भएर बनेको विस्वास गरिन्छ। यो स्थान डाँडाको टुप्पोमा रहेको र त्यहाबाट हेर्दा वरपरको मनमोहक दृश्य देखिने हुदा,यो स्थानलाई लिङलिङकोट भनिएको र त्यही शब्द अपभ्रंश भएर लिगलिगकोट भन्नथालिएको हुनसक्ने इतिहासकार तथा स्थानीय वासिन्दा बताउछन।

द्रव्य शाहको दरवार रहेको स्थान
लिगलिग कालिका मन्दिर
खस राज्य स्थापना हुनु अघि लिगलिग लगायत सम्पूर्ण गोरखा क्षेत्र मगरहरूको अधिनमा थियो त्यसैले यहाँका नदी, पहाड, खोला आदिको नाम मगर भाषाबाट नै भएको पाइन्छ। मर्स्याङ्दी, दरौंदी, भुसुन्दी, घिरुङ्ग, खोप्लाङ्ग लगायतका नामहरू जस्तै उक्त स्थानको नाम लिङलिङ रहेको र पछि खसहरूको आगमनसँगै उक्त शब्दलाई गलत उच्चारण गरिएर लिगलिग भएको अनुमान गर्न सकिने इतिहासकारहरूको राय छ।
प्राचीन समयमा गोरखा विभिन्न राजवंशद्वारा शासित भएको थियो। राजा यक्ष मल्ल पछि, तत्कालिन गोरखा राज्य राजा मुकुन्द सेनको कब्जामा पुग्यो। शक्तिशाली राजा मुकुन्द सेनले उपत्यकामा तीन प्रमुख हमलाको प्रयास गरेका थिए तर सफल हुन सकेनन्। बिसं १६०३मा मुकुन्द सेनको मृत्यु पश्चात उनको छोरा पिताले विजय प्राप्त गरेको विशाल भूमि शासन गर्नमा असमर्थ भए। त्यसपछि विभिन्न राज्यका मुखियाहरूले आफूलाई राजा घोषणा गरी राजकाज चलाउन थाले। यसरी मुकुन्द सेनको राज्य टुक्रिएर गोरखा क्षेत्रमा नै लिगलिग, माझकोट, सिरानचोक, अजिरकोट, बार्पाक आदि राज्यमा विभाजित भयो। यसरी विभाजित राज्यहरू मध्ये लिगलिगकोटमा एउटा नयाँ परम्पराको थालनी भयो। दौडबाट राजा छान्ने परम्परा। प्रत्येक बर्ष बिजया दशमीका दिन लिगलिगकोटको मुल दरवारबाट करीब १० किलोमिटर टाढा रहेको चेपेघाटदेखि दौडेर जो पहिला लिगलिगकोटसम्म पुग्थ्यो त्यो व्यक्ति एक बर्षको लागि लिगलिगकोटको राजा हुने गर्दथ्यो।

लिगलिगकोटबाट देखिएको मनमोहक दृश्य

Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment