Sponsor

मकवानपुर गढी


मकवानपुर गढी मकवानपुर जिल्लामा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्वको स्थान हो । मकवानपुर गढी नेपालका लागि सधै रणनितीक महत्वको स्थान हो ।मकवानपुर नै त्यो ठाउँ हो जहाँ नेपाली सेनाले मिर कासिमका फौजबाट ५०० भन्दा धेरै राइफल, दुई तोप हात पारेर ४ वटा गुल्मश्रीनाथ, कालीबक्स , बर्दबहादुर र सबुज गुल्म बनायो केही समय पछि पुरानो गोरख गुल्म समेत स्थापना गर्न सफल भयो ।

नेपाली सेनामा सेना ब्यवस्थीत यो नै पहिलो गरिएको अवसर थियो नेपाली सेनाको इतिहासमा पहिलो चोटी बनाइएका यिनै संगठन रहेका थिए। साथै नेपाली सेनाले कुनै पनि विदेशी सेनासँग लडेको पनि पहिलो अवसर थियो।


यो युद्ध मकवानपुर गढी का सेना नायक सरदार नन्दु शाह थिए उनी सँग ४०० जती सेना थोरै बन्दुक अरू परम्परागत हतियार, खुकुरी, तरवार, घुएत्रोलगायत रहेका थिए। त्यसैले उनीहरू हान र भागको रणनीतिका साथ उत्रेका थिए जस्ले शत्रुलाइ अचम्मित पारी रहेको थियो। नेपाली सेनाले

रातिआक्रमण गर्नका लागि आक्रमण बेस तप्लाखर भन्जयाङमा राखेको थियो। मिर कासिमका सेनाका सेनानायक गुरगिन खाँ थिए उनीसँग २५०० सेना र तोपहरू , बन्दुक , राम्रो रणनीतिक सहायता तथा ब्याकअप फोर्स समेत थियो। उनिहरूको आक्रमण बेस मकवानपुर फेदीमा थियो तिनी हरू रात्री आक्रमण गर्ने योजनामा थिए।जब शत्रुको ठूलो सेना हिडेर हर्नामाडी पुग्यो स्थानीय घर हरू पहिले नै खाली गरि सकीएको थियो उनीहरूलाइ खानाको अभाव हुन थाल्यो।



मकवानपुर गढी त्याहा बाट ९ कि मी माथी पाहडको टुप्पामा रहेको थियो साथै नेपाली सेनाले सबै बाटाहरू सबै समेत थुनीदीएका थिए तर पनि शत्रु उनी हरूलाइ पछाडी मकवानपुर गढी धकल्न सक्षम भइरहेको थियो झन्डै ३०० शत्रुले नेपाली हरूलाइ अझ रक्षात्मक बनाउदै २० जनवरी १७६३मा आक्रमण शुरू गरे। तर तिनी हरू त्यतीखेर दंग परे जती खेर तिनी हरू ताप्लाखारमा बिसाइ मारी रहेका थिए काजी बंस राज पांडे तल बाट उनीहर माथी जाइ लागे, काजी नरसिंह बस्नेतले माथी बाट गुरगिन खाँका सेनालाइ हाने।र नन्दु शाहको नेतृत्वको नेपाली सेनाले अगाडी बट हाने। तिन जना कुसल कमान्डरको रातको अप्ठेरोमा पनि नेपाली सेना बाहदुरी पूर्वक लडेर शत्रु नास्न सफल रह्यो।मिर कासीमका १७०० सेना मारिए ३० नेपाली सेनाले पनि शाहदत प्राप्त गरे नेपाली सेनाले शत्रुका ५०० राइफल दुई तोप अन्य सैन्य सामाग्री प्राप्त गर्‍यो अझ महत्वपूर्ण यो लडाईं बाट प्राप्त श्रोत पछि नै नेपाली सेनालाई संगठनीक संरचनामा ढाल्ने काम शुरू भयो।

Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment