Sponsor

भारतका कारण ३२ देशलाई खतरा !



काठमाडौं । भारतको परमाणु क्षमता भएको पनडुब्बी तथा सुपर–सोनिक ब्यालेष्टिक मिसाइल परीक्षणका कारण ३२ राष्ट्र खतरामा रहेको छ । पाकिस्तानको उर्दू मिडियाले भारतले गर्न लागेको ब्यालेष्टिक मिसाइल परीक्षणका कारण ३२ देशलाई खतरा रहेको जनाएको छ ।

भारतीय पनडुब्बीमा परमाणु मिसाइल तैनाथ गरिए दक्षिण एसियाकै शक्ति सन्तुलन बिग्रने उक्त मिडियाले उल्लेख गरेको छ । उक्त मिसाइल परीक्षणका कारण हिन्द महासागरकोको तटमा रहेका ३२ देशलाई खतरा रहने औंल्याइएको छ ।

पाकिस्तानी प्रधानमन्त्रीका विदेशमामिला सल्लाहकार सरताज अजीजले पाकिस्तानको सिनेटमा उक्त खतरा औंल्याएका हुन् । खतरामा रहेका ३२ देशमा माल्दिभ्स, श्रीलंका, बहराइन, इरान, इराक, कुवेत, ओमान, कतार, साउदी अरब, यूएई, इजिम्ट, दक्षिण अफ्रिका, अष्ट्रेलिया, इण्डोनेशिया, मलेसिया, म्यानमार, सिंगापुर तथा थाइल्याण्ड रहेका छन् ।

भारतले संयुक्त राष्ट्र महासभाको आगामी सत्रमा हिन्द महासागरबाट परमाणु हतियार टाढा राख्नेबारेमा एक प्रस्ताव लैजान चाहेको र ती सबै ३२ देशको समर्थन लिने कोशिस पनि गरिरहेको अजिजले बताएका छन् । (एजेन्सी)
Share on Google Plus

About Rahul

0 comments:

Post a Comment