प्लिज डु नट डु दिस थिङ्कस्। नगर्नुस्। हामीलाई फ्रस्ट्रेट नगर्नुस् भनेँ। उहाँले तपाईं केपी ओलीकोमा जानुहोस् भनेर भन्नुभयो। मैले भनेँ – तपाईं पनि जानुस्। ल तपाईं म हामी सबै जना केपी ओलीकोमा जाउँ न त। ल हिड्नुस् भनेर हात समाएँ। म एग्रेसिभ भएँ। किनभने उहाँले इरेस्पोन्सिबल एन्सर दिनुभयो नि त। अनि मैले एग्रेसिभली भनेँ – तपाईं हामीलाई ग्यास दिनुहोस्, पेट्रोल दिनुहोस्, बन्द तुरुन्त खोल्दिनुस्, हामी जस्तो योङलाई खाडी मुलुकमा कामका लागि धकेल्ने काम नगर्नुस्। रेमिट्यान्सले मात्र त सँधै देश चल्दैन नि! भनेर एग्रेसिभली प्रस्तुत भएँ। अनि भिड अलिक पछाडि फर्कियो। अनि उपेन्द्रजी कार्यक्रमबाट फुत्त निस्कनुभयो। किनकि त्यहाँ सिचुएसन नै त्यस्तै बन्यो। अनि मलाई पुलिसले अर्कोतिर लिएर गयो। मैले पुलिससँग पनि भने म साधारण योङ केटा हो। म देशका लागि केही बोल्नुपर्छ भन्ने मान्छे हो। मेरा गीतहरु पनि त्यस्तै हुन्छन्।
म वास्तवमा फिल्म कलेजबाट ग्र्याजुएट हुँ। मेरो आफ्नै प्रोडक्सन कम्पनी छ – क्याडेला। मैले भर्खरै भिडियो लन्च गरेको छु - साझा मान्छे भन्ने। मेरो पुर्ख्यौली घर कैलाली हो तर आठ/नौ वर्षदेखि काठमाडौँमा संघर्ष गरिराखेको छु। म राम्रै फ्यामिलीको मान्छे हो। ड्रिङ्स गरेको लतमा लागेको भन्ने कुरा पनि एकदम गलत हो। मलाई पनि केही दिनदेखि ग्यासको एकदम समस्या थियो। बुटवलबाट भाइसँग ग्यास मगाएँ। बल्ल बल्ल उसले हिजो ग्यास लिएर आयो। त्यस्तो पीडा म सँग छ। धेरै नेपालीको पीडा छ। त्यो आवाज मैले उठाएको हो
Well done boro.
ReplyDeletewell bro....well ....
ReplyDeletewhy not kill him
well bro....well ....
ReplyDeletewhy not kill him
Awesome good job bro you are real nepali
ReplyDeleteAwesome good job bro you are real nepali
ReplyDeletewell done
ReplyDelete