Sponsor

नाकाबन्दीको विरोधमा भारतीयले सुरु गरे #ModiHimalayanBlunder

फोटो :ट्वीटर
काठमाडौं: नेपाललाई नाकाबन्दी गरेर ठूलो भूल गरेको भन्दै भारतीय ट्वीटर प्रयोगकर्ताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनी नेतृत्वको सरकारको विरोध गरेका छन् ।

#ModiHimalayanBlunder ह्यासट्यागमा ट्वीट गर्दै उनीहरुले विरोध गरेका हुन् । असल छिमेकी राष्ट्र नेपाललाई नाकाबन्दी गर्दै पेट्रोलियम लगायतका सामग्री नेपाल लैजान नदिएको विरोधमा उनीहरुले मोदीको आलोचना गरेका छन्।



#ModiHimalayanBlunder ह्यासट्याग भारतमा ट्रेन्डिङ भइरहेको छ । भारतको नाकाबन्दीले नेपालले चीनको सहयोग लिन वाध्य भएको भन्दै मोदी विदेश नितिमा नराम्रोसँग चुकेको उनीहरुले बताएका छन् । 













source :- annapurnapost.com
Share on Google Plus

About Beingrahul

1 comments: