Sponsor

राजेन्द्र महतोले चोरेर नागरिकता लिएको खुलासा, राज्यविरुद्धको मुद्दामा जेल हाल्न माग

 मधेस आन्दोलनका प्रमुख नेतृत्वकर्ता एवं सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले चोरेर नेपाली नागरिकता लिएको खुलासा भएको छ ।


संसद भवनमा आज बसेको राज्य व्यवस्था समितिको बैठकमा सांसद गौरी ओलीले यस्तो खुलासा गरेकी हुन् । ओली मधेसकै सांसद हुन् । सत्तारुढ दल नेकपा एमालेकी सांसद ओलीले महतोले नेपाली नागरिकता चोरेर बनाएको दाबी गर्दै राज्यविरुद्धको मुद्दा लगाएर कारवाही गर्न गृहमन्त्रीसँग माग गरेकी छिन् । उनले भनिन्- गृहमन्त्री ज्यू यहाँ महतोजस्ता चोरेर नागरिकता लिएका नेता आन्दोलन गरिरहेका छन् । तिनीहरुलाई कहिले कारवाही हुन्छ ? राज्यविरुद्धको मुद्दा लगाएर चाँडो भन्दा चाँडो जेल हाल्नुस् ।


बैठकमा गृहमन्त्री शक्ति बस्नेतको पनि सहभागिता थियो । मधेसी नेता महतो बेला बेला नागरिकताका कारण विवादमा आउने गर्छन् । उनीमाथि यसअघि पनि किर्तेगरी नागरिकता बनाएको आरोप लाग्दै आएको थियो ।
बैठकमा सांसद ओलीले मधेसी मोर्चाले सीमांकन परिवर्तन गर्न राखेको माग कहिल्यै पुरा नहुने ठोकुवा गरिन् । उनले भनिन्– ‘सीमाकंनको विषयमा मधेसी मोर्चाले जसरी माग उठाएको छ । त्यसमा सीमाकंनको ‘स’ पनि परिवर्तन हुन्न् ।’
भारतमा मासुभात खाने, दशगजामा बसेर अवरोध गर्ने, नपाली जनतालाई दुःख दिने, मधेसीका नाममा राजनीति गर्ने यो आन्दोलन होइन् । यो नेपाली जनतालाई दुःख दिने काम मात्रै भएको उनको भनाई छ ।

~dainiknepal
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment