Sponsor

सीमा अतिक्रमणको थालनी

सन् १८१५ मा इष्ट इण्डिया कम्पनी र नेपालबीच भएको सुगौली सन्धिको धारा ५ अनुसार "नेपालका राजा तथा तिनका उत्तराधिकारी वा वारेसले काली नदीको पश्चिममा पर्ने देशहरूसितका सम्बन्ध र सबै दाबीहरू परित्याग गर्ने र ती देशहरू वा तिनका बासिन्दासित कुनै चासो नराख्ने" भन्ने सहमतिअनुसार नेपालको पश्चिमी सिमाना महाकाली नदी पर्ूव कायम हुनपुग्यो । उक्त सन्धिका कारण महाकाली नदीको सिरानीमा रहेको १२ ब्यास र १४ चौदासका अर्थात ब्यास प्रगन्नाका नामले चिनिने ब्यास क्षेत्रका १२ वटा गाउँहरू दर्ुइतिर बाँडिन पुगे । जसमध्ये गुन्जी, नाभी, कुटी, टिङ्कर र छाङ्ग्रुलगायतका ६ वटा गाउँहरू नेपालतिर पर्न गए भने बाँकी ६ वटा गाउँ भारततिर । यस विषयमा बेलायती एक्टिङ चिफ सेक्रेटरी जे आडम्सले काठमाडौँस्थित बेलायती आवाशीय प्रतिनिधि एडवार्ड गार्डनरलाई ४ फेबुअरी १८१७ मा पठाएको पत्रको बुँदा ३ मा यसरी लेखेका छन् "With respect to the Bum Shah's claim to the track on the eastern side of Kali, the Governor General in council is of opinion, that according to the Letter of the Treaty, the Government of Nipaul is entitled to the restoration of it, notwithstanding its hither to having been regarded as annexed to the British province of Kumaoon. I am accordingly directed to intimate to you that the acting commissioner for Kumaoon will be instructed to surrender it to the officers of the Nipaulese government."


तर पछि सन् १८५० मा आएर इष्ट इण्डिया कम्पनीले प्रकाशित गरेको र्सर्भेयर अफ् इण्डियाको नक्सामा लिम्पियाधुराबाट आउने काली र लिपु भञ्ज्याङबाट आउने लिपुखोलाको नाम उल्लेख गरेन । सन् १८५६ मा जनरल अफ् इण्डिया प्रकाशित गरेको नक्सामा नेपालको सहमति, स्वीकृति विनै एकतर्फीरूपमा गैरकानुनी ढंगले सुगौली सन्धिविपरीत दर्ुइदेशबीचको सीमा रेखा लिम्पियाधुराबाट लिपुखोला उल्लेख गर्‍यो -हर्ेर्नुहोस् नक्सा सङ्ख्या १) । यद्यपि उक्त नक्सामा लिम्पियाधुराबाट निस्किने नदीलाई भने काली नै भनिएको छ । पछि सन् १८७९ मा र्सर्भे अफ् इण्डियाले अर्को नक्सा प्रकाशित गरी लिम्पियाधुराबाट निस्कने काली नदीलाई कुटीयाङ्ती तथा लिपुलेकबाट निस्कने नदीलाई कथित काली नाम दियो । खासगरी महाकाली नदीको पानी उपयोग तथा लिम्पियाधुरा क्षेत्रमा तिब्बततर्फो व्यापार व्यवसायलगायतका गतिविधि अघि बढाउन इष्ट इण्डिया कम्पनी सरकारले सुगौली सन्धिको बर्खिलाप यी सब कार्य गर्दैआयो ।
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment