Sponsor

मधेशको माग हो कि भारतको



विगत ३ महिनादेखि नेपाल र नेपाली जनताको दैनिकी नै खलबलाइदिएका संयुक्त मधेसी मोर्चाका नेताहरु नेपालमा नै निकास खोज्न छाडेर थप छलफलका लागी भन्दै भारत जाने भएका छन् । भारतीय दुतावासले निमन्त्रणा पत्र दिएसँगै उनीहरु त्यसतर्फ प्रस्थान गर्ने उच्च स्रोतले जनाएको छ ।


मोर्चाका शीर्ष नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरु त्यतर्फ जान लागेकाले आज हुने भनिएको छलफल पनि अन्योलमा परेको छ । नेताहरूले भोली नै भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग छलफल गर्ने बताइएको छ । उनीहरुले मोदीलाई भेट्ने नभेट्ने बारे निश्चित नभए पनि मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभल तथा विभिन्न राजनीतिक दलका नेताहरूसँग पनि भेट गर्ने छन् ।



मधेसी मोर्चाका नेताहरको यो कदमले नेपालमा आन्दोलनको आगो बालेर समाधान खोज्न भारतको मुख ताक्ने मधेसी नेताहरुको आचरणबारे ठुलो प्रश्न खडा भएको छ । पहाड र हिमालमा मात्रै उनीहरुले विजश्वास नगुमाई मधेसले पनि विश्वास गर्न छोडेको जानकारहरु बताउँछन् । यसअघि हिजो मधेसी नेताहरु वालुवाटारमा हुने भनिउको निर्णायक बैठक लत्याएर भारतीय दुतावास छिरेका थिए ।
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment