दीर्घराज प्रसाईं |
२०१७ साल अगाडि अहिलेको जस्तो यतिको खतरनाक अवस्था थिएन । त्यसबेला नेपाललाई कूँजो बनाएर आफ्नो प्रभावमा राख्ने मात्र भारतीय चासो थियो । तर अहिले त नेपालकै पार्टीहरु र पार्टीका नेताहरुलाई आफ्रनो प्रभावमा लिएर नेपाललाई कब्जा गर्ने नैं खेल प्रारम्भ भएको छ । भारतका दलाल मधेसीहरुलाई नेपालस्थित भारतीय राजदूतावास र बीरगंज बाणिज्यदूताबासबाट पूर्ण सहयोग भइरहेको छ भनिन्छ । नेपाली नागरिक भएका भारतीय राजेन्द्र महतो, अमरेस कुमार सिंह, महन्त ठाकुर जस्ता हिजोका भारतीय नागरिकहरुमार्फत तराईका सोझासाझा स्थानीय मूलबासीहरु समेतलाई उचालेर तराई क्षेत्रमा तनाब सिर्जना गराइएको छ ।
भारतीय राजदूतावासमा यी मधेसीहरुको बाक्लो उपस्थिति हुने कारण पनि यही हो । देशद्रोही सीके राउतलाई पनि भारतीय राजदूतले पटक पटक भेटेका थिए । यी देशद्रोही मधेसीहरुलाई यसरी भारतीयहरुबाट प्रोत्साहन नगर्ने हो भने यिनीहरुको हैसियत केही पनि छैन । धनगढीको टीकापुरदेखि, बीरगंज, बारा, रौतहट, जनकपुर लगायत पूर्वी तराईमा आतंक मच्चाएर कैयौं ज्याज मरिसकेको र कैयौं भौतिक सम्पतिमा आगजनी गर्दा पनि नेपाल सरकार चुइकक बोल्न सकेको छैन । कांग्रेस र एमालेको यो नपुंसक सरकार नेपालको एउटा कलंक बनेको छ । ‘जसले आन्दोलनमा ज्यान जान्छ उसलाई ५० लाख दिने’ भनेर राजेन्द्र महतोले उद्घोस गर्दा पनि सरकार चुप्प छ । राजेन्द्र महतो, अमरेस कुमार सिंह, उपेन्द्र यादवहरुले टीकापुरमा थारुहरुलाई आन्दोलनलाई रक्तपात गराउन उचालेको र त्यसपछि तराईका हरेक भागमा रकम र हातहतियार समेतको व्यवस्था गर्दै हिडेको परिणाम तराई आतंकित छ । यो विषयमा नेपाल सरकारले भारत सरकारसँग कुटनीतिक सोधपुछ गरेर नेपालभित्र आतंक मच्चाउनेहरुलाई नियन्त्रण गरियोस् भन्नु सक्नुप¥यो । यस्ता अपराधीहरुलाई जेलमा कोचेर नेपाल सरकारले कारवाही गर्नुपर्छ ।
पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकृत विशाल नेपाललाई टुक्रयाउन खोज्नेहरु यो देशका दुस्मन हुन् । यी सबै आतंक मच्चाउनलाई भारतीय राजदूतावास र बीरगंज बाणिज्यदूताबाट प्रशस्त लगानी गर्ने गरेकाले सरकारले भारत सरकारसँग सिधै सम्पर्क गरेर यस्ता कुकर्म रोक्न यथाशिघ्र कुटनीतिक पहल गर्न सक्नुपर्छ । तराईलाई विखण्डन गराउनमा प्रशासनिक संयन्त्र र गुप्तचर संस्था ‘रअ’ बाट प्रारम्भ भएको खतरनाक खेल हो । संविधानसभा भनेको नैं संविधान बनाउनको लागि थिएन । संविधानसभाको नाममा नेपाललाई अस्तव्यस्त बनाएर कब्जा गर्ने षडयन्त्र हो भारतको । के नेपालमा २०४७ सालको संविधानले काम गरेको थिएन र ? त्यसैले अव संविधानसभाको चक्रब्यूहबाट उम्केर आफ्नो देश बचाउने महान कार्यमा लागौं । एकीकृत नेपाल रहे मात्र हामी नेपाली भएर बाँच्न पाउँछौं । यो खतराबाटबाट बाँच्न एउटै मात्र उपाय छ– अव चटक्क संविधानसभालाई भङ्ग गरेर २०४७ सालको संविधानलाई कार्यान्वयन गर्नु । यदि यसो गरिएन भने देशमा यस्तो परिस्थिति आउँदैछ कि २०६३ सालपछि भारतको इशारामा १२ बुँदे सहमति गर्ने राष्ट्रघातीहरु जो थिए ती समातिन्छन् र सर्वस्वहरण सहीत जन्मकेदमा बस्नु पर्ने हुन्छ ।
२०१७ साल पौष १ गते त्यत्रो परिवर्तन हुन्छ भन्ने कसले सोचेको थियो र ? अब नेपालमा त्यस्तै बेला आउनुपर्छ । त्यसैले राष्ट्रवादीहरु पौष १ गतेलाई गौरवमय ऐतिहासिक दिनको रुपमा लिन्छन् । राजा महेन्द्रले समृद्ध, सार्वभौम नेपाल र नेपाली जनताको सुख समृद्धिको लागि आफूलाई समर्पित गरेर नेपाल बचाएका थिए । २०१७ सालको परिवर्तन नेपाली कांग्रेसको सत्ताप्रति लक्षित थियो जस्तो लागेता पनि भारतीय हस्तक्षेपबाट नेपाल जोगाउनु थियो । प्रधानमंत्री बीपी कोइरालासँगको मित्रताको फाइदा उठाएर नेपालमाथि प्रभाव जमाउने भारतको मूख्य खेल थियो । संसद विघटन गरेर नेताहरुलाई समातिएता पनि बीपी कोइराललाई सिंहदरबार पुतली बगैचामा ४५ दिनसम्म राखेर राजा महेन्द्रले सहयोग गर्न बीपीलाई धेरै पटक संझाएका थिए ।
बीपी कोइरालाले विघटीत संसद ब्यूँताउने हो भने मात्र राजालाई सहयोग गर्ने भन्ने अडान नछोडेपछि मात्र बीपी, गणेशमानहरुलाई सुन्दरीजल जेलमा राखिएको हो र २०२५ सालमा बीपी जेलमुक्त भएपछि केही दिन नेपालका विभिन्न जिल्लामा भाषणमा सहभागी भएता पनि केही दिनपछि भारतमा निर्वासित रहे । राजा महेन्द्रले २०१७ सालदेखि २०२८ सालसम्म मात्र ११ बर्ष शासन गरे । त्यस अवधिमा उनले देशको चौतर्फी विकास गरेर विश्वमा नेपालको महानता र प्रतिष्ठाको आधारमा चिनाए । २०१७ सालभन्दा अगाडि र पछाडि नेपालको आन्तरिक र वाह्य परिस्थितिमा कति ठूलो अन्तर थियो त्यसको मूल्यांकन गरेर सफल राजनेता कस्तो हुन्छ भन्ने कुरा राजा महेन्द्रका योगदानलाई लिएर बताउन सकिन्छ ।
२०१७ साल अगाडि विदेशीहरु नेपालको जग्गा जमीन खरिद गर्न स्वतन्त्र थिए । २०१८ सालमा राजा महेन्द्रबाट कुनै पनि विदेशीलाई नेपालको भूमी खरिद गर्न रोक लगाइयो । नेपालको एक जिल्लाबाट अर्को जिल्ला जान भारतकै बाटोबाट लुटिदै, कुटिदै हिड्नुपर्ने वाध्यता थियो । राजा महेन्द्रबाट २०१८ सालमा पूर्व–पश्चिम राजमार्गको गैलाकोटमा शिलान्यास गरेर भारतीय पीडाबाट नेपाललाई मुक्त गराउने काम भयो । हिन्दी भाषाले नेपाल खान लागेको थियो । राजा महेन्द्रबाट नेपाली भाषालाई अधिराज्यभर राष्ट्रभाषामा निरन्तरता दिलाइयो । २०१७ साल अगाडि ९० प्रतिशत भारतीय मुद्रा मात्रको चलनचल्तीमा थियो र त्यसलाई हटाई नेपाली मुद्रालाई अनिवार्य प्रचलनमा निरन्तरता गराएर स्वाभिमान कायम गरियो । नेपालको सुरक्षार्थ बसेको भारतीय फौजलाई बीनासर्त राजा महेन्द्रबाट धपाउने काम भयो । हिन्दू अधिराज्यलाई संविधानमा उल्लेख गरेर भारत र विश्वभरका हिन्दुहरुमा सकारात्मक संदेश दिइयो ।
२०२० साल भाद्र १ गते नयाँ मुलुकी ऐन घोषणा गरी छुवाछुत, जातिभेद र लिङ्गभेदको नीति तोड्ने अथक प्रयत्न गरेको, २०२१ सालमा भूमिसुधार ऐन घोषणा गर्दै बीना रक्तपात जमिन्दारी प्रथा, बिर्ता उन्मुलन गर्दै जग्गा जोत्ने मोहीहरुको अधिकार सुरक्षित राखेर असंख्यौं जग्गाविहीनहरुको उद्धार गरे । राजा महेन्द्रले २०१७ सालमा कदम नचालेका भए नेपालको अस्तित्व उहीबेला समाप्त भइसक्थ्यो । राजा महेन्द्रले भनेका थिए– पार्टीभित्रका राष्ट्रघाती नेताहरुका कारणले जनता मात्र बिभाजित हुने होइनन् राष्ट्र नैं विभाजित हुनसक्छ । नेपालमा अहिले त्यही भइरहेको छ । राजभोलि सबैले राजा महेन्द्रको संझना गर्न लागेका छन् । महान देशभक्त राजा महेन्द्र नेपाल र नेपाली जनताका कर्णधार हुन् । नेपालको सार्वभौम अस्तित्व कायम राखेर राष्ट्रका प्रतिष्ठा, पहिचान कायम राख्न ज्यू ज्यान् अपर्ण गर्ने एक योद्धा हुन् ।
२०१७ सालभन्दा अगाडि पनि भारत रिसाउछ भन्ने डरले कांग्रेसी नेताहरु राष्ट्रिय एकताका कुरा पनि उठाउन चहाँदैन थिए । सन् १९५० को सन्धि र दिल्ली संझौता हावी थियो । कुनै पनि स्वतन्त्र एवं सावैभौमसत्ता सम्पन्न राष्ट्रको संरक्षण अर्काका देशका फौजबाट हँुदैन, आफ्नै देशका फौज चाहिन्छ । एउटा स्वतन्त्र राष्ट्रका आफ्नै मुद्रा हुन्छ, आफ्नै भाषा हुन्छ । आफ्नो देशको भूभाग खरिद बिक्री गर्ने सम्पूर्ण अधिकार आफ्नै देशका जनताको मात्र अधिकारमा रहन्छ, विदेशीहरुको कुनै अधिकार हुँदैन । भारतमा त्यहाँका जनताले भारतीय नागरिक भएरै पनि सिक्किम र काश्मिरमा जग्गा किनबेच गर्न पाउँदैनन् भने नेपाल जस्तो सावैभौंम राष्ट्र्मा भारतीयहरुको यस्तो हेपाहा प्रवृत्ति किन र कहिलेसम्म ? राजा महेन्द्रले भारतीय हस्तक्षेपको बिरद्धमा २०१७ सालको परिवर्तनपछि सारा नेपालीको सार्वभौम इज्जत बचाइदिएको कुरा जसले बिर्सन्छ त्यो देशभक्त हुन सक्दैन । २०१७ सालको परिवर्तन कांग्रेसी सत्ता विरुद्धको नभएर भारतीय हस्तक्षपको विरुद्ध थियो । हो, कांग्रेसी सत्ता घानमा परेको हो । उसबेला कांग्रेसीहरुमार्फत नैं नेपाललाई कब्जा गर्न भारत तम्तयार थियो ।
पृथ्वीनारायण शाहबाट गोर्खा लगायत, लम्जुङ्ग, तनहुँ, कास्की, पाल्पा, मकवानपुर, कान्तिपुर, ललितपुर, भक्तपुर, मकवानपुर लगायत ५४ भन्दा बढी स–साना हिन्दुराज्यहरुलाई एकीकरण गरेर बनेको नेपाल जन्मदैको हिन्दुअधिराज्य हो । दोस्रो विश्व युद्धपछि विश्वका राष्ट्रहरुले आ–आफ्नो पहिचान बोकेर राष्ट्रवादी धार लिन थालेपछि इजरायल विश्वमा एकमात्र यहुदी राष्ट्रको रुपमा खडा भएपछि राजा महेन्द्रले पनि संसारको एकमात्र हिन्दुअधिराज्यलाई किन संविधानमा उल्लेख नगर्ने भन्दै २०१९ सालको संविधानमा नेपाललाई हिन्दुअधिराज्य घोषित गरेका मात्र हुन् । यसबाट भारतीय हिन्दुहरु अत्यन्त खुसी भएका थिए । तर कतिपय नेपालीहरु इतिहास थाहा नभएर राजा महेन्द्रले नैं संविधानमा हिन्दुअधिराज्य लेखाएका हुन् भन्छन् । त्यसैले कतिपय कांग्रेस, एमालेभित्रका हिन्दुहरुले नबुझेर हिन्दुअधिराज्यको पक्षका नबोल्ने कारण पनि हिन्दुअधिराज्य हो भनेर हिन्दुअधिराज्यको पक्षका नबोल्ने कारण पनि यही हो । राजा महेन्द्रको देशभक्ति कस्तो थियो भन्ने कुरा हामी सबैले सिक्नुपर्छ । २०१७ सालपछि राजा महेन्द्रले विश्वका ठूला राष्ट्रहरुको दवाबबाट मुक्त हुन असंलग्न परराष्ट्र नीतिको सिद्धान्त अवलम्वन गरेर संयुक्त राष्ट्र संघ जस्तो ठाँउमा नेपालको अगुवाई गराउन सके । आधुनिक चीनका शक्तिशाली नेता माउत्सेतुङ र भारतका शक्तिशाली प्रधानमन्त्री जवाहरलाल नेहरु यी दुबैसँग राजा महेन्द्रले सन्तुलित मित्रता कायम गरेर कुटनीतिक रुपमा नेपाल खाने नेहरु डक्ट्रिन समाप्त पारिदिए ।
आर्थिकरुपमा नेपाललाई समृद्ध बनाउन नेपालमा भूमिसुधार, राज्यरजौटा, विर्ता उल्मूलन्, भारत, चीन एवं मित्र देशहरु लगायत समाजवादी देशहरुको सहयोग लिएर नेपालको आर्थिक विकासको क्षेत्रमा ५० भन्दा बढी उद्योग र जनतालाई प्रत्यक्ष लाभ हुँने संस्थानहरु स्थापित गराए । शिक्षा, स्वस्थ्य, यातायात, बाटोघाटोको निर्माण, सिंचाई, विद्युत र नेपाली जनतालाई नभइन हुने आधारभूत आवश्यकता परिपूर्ति गराउदै राजा महेन्द्रले साहित्य कला क्षेत्रमा दु्रततर स्थान दिएर मुलुकी ऐन, राजकीय प्रज्ञा प्रतिष्ठान गठन गरी रक्तपात बीना सबैलाई चित्त बुझाएर राजनीतिक, आर्थिक, सामाजिक क्रान्तिबाट समृद्ध नेपालको लागि ज्यूज्यान अर्पित गर्न सके ।
राजा महेन्द्र जस्तो अर्को कुन त्यस्तो व्यक्तित्व २०४७ देखि अहिलेसम्म नेपालमा जन्मिएको छ ? राजा महेन्द्रलाई निरंकुश भन्ने कांग्रेस, एमाले, माओवादीका नेताबाट जवाफ चाहियो । राजा महेन्द्रबाट २०१७ सालको परिवर्तन पछि क्रमशः कुनै पनि विदेशीलाई नेपालको जमीन खरिद बिक्रीमा रोक, नेपाली भाषालाई राष्ट्र भाषाको रुपमा निरन्तरता, नेपाली मुद्रालाई नेपाल अधिराज्य भरी अनिवार्य चलनचल्ती, भारतीय फौज वीना सर्त नेपालबाट हटाइयो । नेपालको पेटमा पहाड मदेश दुबैलाई सुबिधा हुने गरी पूर्वपश्चिम राजमार्ग र शाखा बाटाहरुको निर्माण गरेर देखाइदिए । २०१८ सालमा भारत भ्रणमा भारतीय पत्रकारहरुले चीनको कम्यूनिष्ट व्यवस्थाबाट त्रसित भएर कोदारी राजमार्ग किन बनाइयो भन्ने प्रश्नमा राजा महेन्द्रको उत्तर थियो— “टयाक्सी चढेर कम्यूनिष्ट व्यवस्था आउदैन ।”
२०१७ सालदेखि २०२८ सालसम्म राजा महेन्द्रबाट जम्मा जम्मी ४ अर्ब रकम खर्चमा राजश्वबाट २ अर्ब १७ करोड, विदेशी सहायता एक अबर््ा ६३ करोड र विदेशी ऋण १२ करोड मात्र खर्च भएको थियो । अहिलेका खाओवादी– कांग्रेस, एमाले, माओवादीहरुले राजा महेन्द्रबाट सिक्ने काम नगरेकाले भारतीय जालमा फस्न पुगेका छन् । कांग्रेस, एमाले, माओवादीका १०–२० जना नेतृत्व तहमा बसेका राष्ट्रघाती बाहुनहरुको कारणले देश डुब्न लागेको अवस्था छ । राजा महेन्द्रको विचारबाट पराजित भएकाहरु किन भीरबाट फाल हान्ने काम गरिरहेका छन् ? नेपालका एउटा महान देशभक्त राजा महेन्द्रको असामयिक रुपमा २०२८ साल माघ १७ गते ५२ वर्षको उमेरमै देहान्त हुनगयो । मुलुक रोयो । विश्वभरबाट समवेदना आए । पत्रपत्रिकामा छापिए । राजा महेन्द«को स्वर्गारोहण भएको बेला भारतीय समाचार पत्र टाइम्सअफ इण्डियाले सन् १९७२ फरवरी १ मा जनताका राजा– ुपिपुल्स किङ्ग अफ नेपालु लेखेको थियो । भारतीय सामाचारपत्र नवभारत टाइम्सले लेखेको थियो– “सन् १९६० मा संविधान भङ्ग गरेको निर्णयलाई आलोचना त गरियो तर पछिका घटनाहरु र पञ्चायती व्यवस्था लागू गरिएपछि यो कुरा स्पष्ट भयो कि राजा महेन्द«को निर्णय र प्रयोग उचित थियो ।” इण्डियन एक्सप्रेसले भनेको थियो— “राजा महेन्द«लाई नेपाल र संसारका अन्य भागमा पनि त्यस्तो व्यक्तित्वको रुपमा स्मरण गरिनेछ कि जसले आफ्नो सामथ्र्य र शक्ति अनुसार आफ्नो देशको सेवा गर्ने संकल्प गरेको थियो ।”
तर अहिले नेपाल खतरनाक मोडमा छ । अहिले देश नैं डुब्न लागेको अवस्था छ । २०४६ सालपछि भारतले नेपालमाथि आफ्नो प्रभाव कायम गर्न धेरै कोसिस गरेता पनि राजा वीरेन्द्रको राष्ट्रवादी शक्तिको प्रभावले सफल हुन सकेको थिएन । तर २०६३ सालको जनआन्दोलनमा त प्रशस्त रकम दिएर भारतको बदनाम गुप्तचर संस्था ’रअ‘ ले कांग्रेस, एमाले र माओवादीका नेताहरुलाई बोकेर नेपालमा भीडन्त गराएको हो । यी राष्ट्रघाती नेताहरुले ‘रअ‘ र सीआइएको एजेण्डा– धर्मनिरपेक्षता, गणतन्त्र र संघीयतालाई बोकेर नेपालको पहिचान र अस्तित्व समाप्त गर्न लागिरहेका छन् । अन्यायपूर्वक अवैधानिक तरिकाले नेपालको राजसंस्था र हिन्दु अधिराज्य बिस्थापित गर्न खोजेको परिणाम अहिले हामी सबैले भोग्दैछौं । यो खतरा हो । २०६३ वैशाख ११ गते राजासँग संझौता भएर आन्दोलन रोकिएको थियो । राजाकै कारणले आन्दोलन सफल भएको मानेर विजय जुलुस मनाइयो । तर बिस्तारै एकपछि अर्को गर्दै संझौता र सहमति तोड्दै गणतन्त्र, धर्मनिरपेक्षता, जातीय आधारमा संघीय राज्यको अवधारण अगाडि सारेर देश र जनतालाई धोका दिएकाले अहिलेको बिकराल अवस्था सिर्जिएको हो । अहिले देश राष्ट्रघातीहरुको कब्जामा छ । पार्टीभित्र सबै राष्ट्रघाती छैनन् । अव सबै पार्टीका देशभक्त कार्यकर्ताहरुले आफ्नो धोकेबाज नेताको पक्षमा नलागी पार्टी भित्रका देशभक्तहरु, अदालत, नेपाली सेना, प्रशासकीय अङ्गहरु लगायत तमाम देशभक्तहरुले नेपालको अस्तित्व बचाउनु संवैधानिक राजसंस्था र हिन्दुअधिराज्यलाई यथावत कायम गरी अगाडि बढ्न समर्पित हौं ।
~http://ruprekha.com/
0 comments:
Post a Comment