Sponsor

आइएसले गर्‍यो भारतविरुद्ध युद्धको घोषणा

अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेटले भारतविरुद्ध युद्धको घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक द्वन्द्वलाई बढावा दिएको आरोप लगाउँदै आइएसले यस्तो घोषणा गरेको हो ।



भारतीय पत्रिका इन्डियन एक्सप्रेस का अनुसार आइएसले इराक र सिरियाबाहिर प्रभाव जमाउने योजना अन्तर्गत भारतलाई निशाना बनाएको हो ।
आइएसले मोदीको व्यवहारप्रति तिव्र असन्तुष्टी जनाएको छ । मोदी सरकारले भारतमा इस्लामविरोध भावना फैलाएको उसको आरोप छ । मुस्लिम समुदायको रक्षा र उनीहरुको हितका लागि भारतविरुद्ध आफूहरु लाग्नुपर्ने अवस्था आएको इन्डियन एक्सप्रेसले लेखेको छ ।
आइएसले मोदीलाई मुस्लिम समुदायविरुद्ध लड्नका लागि सशस्त्र सेना समेत तयार पारिसकेको दावी गरेको छ ।

~ताजाखबर
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment