Sponsor

धरान र इटहरी विच सीमा विवाद उत्कर्षमा

काठमाडौं, ७ कार्तिक । सीमाना कायमको विषयलाई लिएर धरान र इटहरी विच विवाद बढेको छ । धरानका राजनीतिक दलले केहि दिन अघि सेउती पुल नजिकभएको इटहरीको सिमाना बोर्ड हटाइदिएपछि विवाद बढेको हो । सहमति र छलफल विना नै बोर्ड हटाए पछि इटहरीका दश राजनितिक दलले प्रेस विज्ञप्ति निकाल्दै त्यसको विरोध गरेका हुन ।


इटहरी र धरानविचमा पर्ने सेउतीखोलालाई वर्षौ देखि सिमाना कायम गरिएको थियो । पछिल्लो समय धरानले आप्mनो नक्सामा करिव ५ किलोमिटर सम्मको समथर पानीको स्रोत रहेको भुभाग आफुतिर पार्ने गरि सिमाना सार्ने प्रयास गरेपछि विवाद बढेको हो ।
इटहरीका स्थानीय नेताले जिआइएसको नक्सालाई आधार मानेर सिमाना सार्ने कामभएको भन्दै वर्षौँ देखि कायमभएको सिमानाका विषयमा झगडा गर्न खोजेको बताए । धरानले पानीका कारण सीमा विवाद निकालेको इटहरीका बासिन्दाको गुनासो छ ।


Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment