Sponsor

‘बुद्ध बर्न इन नेपाल’को ट्रेलर

‘बुद्ध बर्न इन नेपाल’को ट्रेलरमा मोदी समेत देखिए, के चिर्ला यसले विश्वमा फैलिएको भ्रम ?


चलचित्र ‘बुद्ध बर्न इन नेपाल’को ट्रेलर सार्वजनिक गरिएको छ । पश्चिमा देशदेखि भारतमा समेत बुद्धको जन्मभूमीको बिषयमा भ्रम छर्ने काम भैरहेको समयमा यो चलचित्रले यो भ्रम चिर्ने विश्वास गरिएको छ । नायक रमित ढुंगानाको साथमा अशिष्मा नकर्मी, निर शाह चलचित्रका मुख्य कलाकार हुन् । ज्ञानेन्द्र देउजाले चलचित्र निर्देशन गरेका हुन् ।

सार्वजनिक ट्रेलरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत देखाइएको छ जसले बुद्ध भारतमा जन्मेको कुरा गरिरहेका छन् । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर रिलिज गरिएको हो । जेठ ७ गतेबाट देशभर रिलिज हुने यो चलचित्रको ट्रेलरमा विश्वभर नेपालमा जन्मिएका वुद्धको जन्मभूमिको बिषयमा भ्रम छरेको थाहा पाएपछि त्यसविरुद्ध लडेको एक यूवकको कथालाई देखाइएको छ ।


Share on Google Plus

About Rahul

0 comments:

Post a Comment