~कर्ण चन्द
नेपालीभूमी बिदेशीको रजाई, पराए जस्तै लाग्ने सुदूरको कुनामा रहेका लिम्पियाधुरा देखी लिपुलेक सम्मको नेपाली भू–भाग भारतले अतिक्रमण गरेको छ । कहिले चिनसंग सिमायुद्ध हुँदा सिमा मिच्यो त कहिले महाकाली नदीको मुहान लिम्पिया धुरालाई काली नदी नमानी कालापानी सम्म लिपुलेक खोला हो भन्दै नेपालीभूमी अतिक्रमण गरेको छ ।
नेपालको कुनामा रहेको सुदूर सुदूरको पनि कुनामा रहेको दार्चुला जिल्लाको ब्यास गाबिस–१ मा पर्ने लिपुलेक भञ्जाङमा सन १९६२ देखी भारतिय सिमा सुरक्षा बल (एसएसबी) बस्दै आएको छ । सन १८१६ सुघौली सन्धि र १८६० को पत्र्यावर्तन सन्धिको दफा ३ मा नेपालको पश्चिमी सिमा काली नदी नै हो भन्ने प्रस्ट भए पनि भारतले नेपाली भूमीमाथी हस्तक्षप निरन्तर गरिहेको छ ।
नेपाली सुरक्षाकर्मीको उनुपस्थितीको फाईदा उठाउँदै लिपुलेक सम्मको जमिन भारतले उपभोग गर्दै आएको छ । दार्चुलाका नागरिकले त्यो भूमीलाई पराएको जस्तै सम्झन्छन । उनिहरु भन्छन “त्यो ठाउँ हाम्रो हुँदो हो त सरकार केही त बोल्दो हो ! कि त्यो जमिन हाम्रो होईन कि हामी यो देशका नागरिक होईन खै सोच्दै छ सरकार ।”
भारतले लिम्पियाधुरा देखी लिपुलेक सम्मको ३ सय ७२.३७ बर्ग किलो मिटर जमिन छ । नेपालीभूमीमा बर्षौ देखी भारतिय सेना परेड खेल्दै आएको भए पनि २०७२ साल जेठ १ गते भारतिय प्रधानान्त्री नरेन्द्र मोदीको चिन भ्रमणका क्रममा ४१ बुदें सहमती भएको थियो । सहमतीको बुंदा नम्बर २८ मा “लिपुलेक÷क्विङ्लालाई भारत र चिनको ब्यापारिक नाकाको रुपमा प्रयोग गर्ने” उल्लेख गरिएपछि नेपालमा यसको बिरोध हुँदै आएको छ ।
दिन प्रतिदिन भारतिय सिमा सुरक्षा बल (एसएसबि)को अन्याय सहेर बस्दै आएका सिमा क्षेत्रमा नागरिकका समस्या प्रति सरकार उदासिन बन्दा उनिहरु चिन्तीत भएका छन । नेपाल माथी ठाडो हस्तक्षप हुँदा पनि सरकार भने कुटनितिक पहल भैरहेको जानकारी मात्र दिईरहेको छ ।
खुला सिमानाका कारण नेपाल भारतका नागरिकलाई आवात जावतमा कुनै समस्या नभए पनि लिपुलेक भञ्जाङमा जान नेपालीलाई रोक लगाएको छ । बैद्य नेतृत्वको नेकपा–माओवादी निकट बिद्यार्थि अखिल क्रान्तिकारीका अध्यक्ष रत्न ढकालको नेतृत्वमा नेपाली भूमीको रक्षा गर्ने भन्दै लिपुलेकमा नेपाली झण्डा फहराउने भन्दै लिपुलेक तर्फ प्रस्थान गरेको थियो । दार्चुला पुगेका बैद्य माओवादी निकट १० जना विद्यार्थी नेता तथा कार्यकर्तालाई भारतिय एसएसबीले गिरिफ्तार गरि चारघण्टा पछि छोडेको थियो ।
दार्चुलाको लिपुलेक भारतियले हस्तक्षप गरेका बिषयमा राष्ट्रिय स्तरका सञ्चारमाध्यम तथा बौद्धिक तहमा एक बहस सृजना गरेको भए पनि दार्चुला जिल्लाका नागरिकमा भने लिपुलेक प्रति खासै उत्साह देखिएको छैन । नागरिकहरु नेपाल सरकारको आश भन्दा पनि भारतको त्रासले आक्रान्त भएकाछन् ।
यस कारण लिपुलेक नेपालको हो
लिपुलेक दार्चुला जिल्लाको उत्तरी हिमालमा रहेको व्यास गाविस वडा नं १ अन्र्तरगत पर्दछ । लिपुलेकको उत्तरमा झण्डै पाँच किलोमिटरको दुरीमा तिब्बतको पुराङ्ग काउन्टीको सीमा जोडिएको छ, तर लिपुलेकबाट तिब्बतको ताक्लाकोटको दुरी १६ किलोमिटर पर्दछ । लिपुलेक देखि झण्डै ५५÷५६ किलो मिटर पश्चिम तिर भारतको पिथौरागढ पर्दछ । यो नाका भारतीय सेनाको कब्जामा छ ।
उक्त नाका जुन महिना देखि सेप्टेम्बर सम्म भारतीहरुले तिर्थाटन तथा व्यापारिक उद्देश्यका लागि प्रयोग गर्दछन् । हिँऊका कारण यो नाका ९ महिना सम्म बन्द रहन्छ । तिर्थाटनका लागि जाने मान्छेलाई भारतको केन्द्रिय सरकारले पासपोर्ट उपल्व्ध गराउने गर्दछ ।
लिपुलेकबाट अन्दाजी ३ किलोमिटर तल टिङ्कर भन्ज्याङ्गमा मात्र झण्डै बर्षको दुई–तीन महिना मात्र मानव बसोबास हुन्छ । नेपाल सरकारको टिङ्कर भन्ज्यांगमा छोटी भन्सार रहेको छ । त्यसले नेपाल तिब्बत सीमा नाकालाई हेर्दछ । छोटी भन्सार पनि बर्षको दुई तीन महिना मात्र बस्छ र हिउ पर्न सुरु भएपछि सदरमुकाम फिर्ता हुन्छ ।
त्यो ठाउ सदरमुकाम देखि झण्डै ९६ कि.मी.को दुरीमा पर्दछ । त्यहां पुग्न नेपालको बाटोबाट पैदल हिंडेर करिब ४ दिन लाग्छ र भारतको बाटो प्रयोग गरेर पनि त्यहा जान सकिन्छ तर भारतले त्यहाँ जान आफ्नै नागरिकहरुलाई समेत खास अवस्थामा मात्र अनुमति दिने गरेको छ । नेपाली नागरिलाई भने प्रबेश समेत छैन ।
२००९ सालमा मातृका प्रसाद कोईराला सरकारको कार्यकालमा नेपाली सेनाको पुर्नःसंरचनाका लागी भारतबाट एउटा सैनिक मिसन नेपाल आएको थियो र पछि त्यहि मिसन अन्र्तरगत भारतीय सेनाहरु नेपालका १८ ओटा उत्तरी सीमा अर्थात चीन तिब्बत सिमानामा तैनाथ गरिएका थिए । त्यस अन्र्तरगत दार्चुला जिल्लाको टिङ्कर भन्ज्यागंमा पनि भारतीय सेनाहरु आएर बसेका थिए ।
१९६२ मा चीन र भारतका बीच भएको सीमा युद्धका दौरान चीनिया सेना द्धारा लखेटिएका भारतीय सेनाहरु पनि दार्चुला जिल्लाको टिङ्कर भन्ज्यागं नजिक आएर बसे । पञ्चायत कालमा कीर्तिनिधी विष्ट सरकारको कार्यकालमा उत्तरमा रहेका सम्पुर्ण चेक पोष्टहरु हटाउने कार्य भएको थियो तर कालापानीबाट भारतीय सेनालाई हटाउने कार्य भएन तत्कालिन व्यवस्थाले कालापानीमा भारतीय सेनाको उपस्थितीलाई मौन स्वीकृती दिएको पाईन्छ ।
झण्डै ५८ वर्ष देखि भारतीय सेनाले कालापानीको तुलसी, न्युराङ्ग, नाभि, गुञ्जी र छोटा कैलास लगाएतका ठाँउहरुमा सैनिक क्याम्प खडा गरेर कालापानी लिम्पियाधुरा क्षेत्र अतिक्रमण गरेर बसेका छन् । उक्त क्षेत्र भित्र कालापानी, लिपुलेक, तुलसि भञ्ज्यागं, नाभि, डाडु, गुञ्जी, नाबी, कुटी, निहाल, विलसा र लिम्पीयाधुरा सम्मको झण्डै ३७ हजार हेक्टर सम्मको भु–भाग पर्दछ । यति ठूलो भुभाग अतिकक्रमण गरेर विदेशी सेनाले लामो समयसम्म कब्जा जमाएर बस्दा पनि नेपाली शासकहरु मौन छन । कालापानीको अतिक्रमित क्षेत्रलाई वैधानिक बनाउन भारतले लगातार प्रयत्न गरि रहेको थियो ।
भारतले लगातार सन १८५६ देखि नै नेपालको पश्चिम सीमाना लिम्पियाधुरा होइन भने पुष्टि गर्ने प्रयत्न गर्दै आइ रहेकोछ । सन् १८१६ मा नेपाल र ब्रिटिस इण्डियाका वीच भएको सुगौली सन्धिले नेपालको पश्चिम सिमाना महाकाली नदी तोकेको छ । सुगौली सन्धि अनुसार काली नदी देखि पश्चिमको भुभागमा नेपालीको दावी नलाग्ने प्रष्ट छ । तर काली पूर्वको भुभाग नेपालको पर्दछ । कालापानी सम्बन्धी अहिलेको विवाद काली नदी देखि पश्चिमको नभएर पूर्वको हो । यो विवादमा आफना कुरालाई माथि पार्न भारतीय पक्षले काली नदीको वास्तविक उदगमलाई ढाँटने प्रयत्न गरि रहेको छ । काली नदीको उद्गम स्थल लिम्पीयाधुरा हो । हाल सम्म उपलब्ध झण्डै १० वटा नक्साहरुले काली नदीको उद्गम स्थल लिम्पियाधुरा भनि उल्लेख गरेका छन् ।
त्यस क्षेत्रका गाँउहरुको मालपोत वि.स. १९९० सम्म वैतडी मालपोत कार्यलयमा बुझाइने गरिन्थ्यो । त्यसै गरि वि.स.२०१८ सालमा त्यहां जनगणना समेत भएको पाईन्छ । वि.स. १९७७, १९८६.÷८७ , १९९८, २००९÷२०११मा समेत त्यहां जनगणना भएको छ । पंचायतकालमा गुंजी गाँउका वासिन्दाहरु मध्येबाट उम्मेद्वार भई चुनावमा अध्यक्ष निर्वाचीत भै काम गरेको पाइन्छ ।
२०५५ साल असार ४ गते मात्र तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोईरालाले कालापानीमा भारतीय सेना बसेको र लिपुधुराबाट बगेर आउने खोला नै बास्तविक काली नदी भएको सरकारी धारणा पहिलो पटक प्रस्तुत गरे । सन् १८५५ को अक्टोबरमा भारतको नापी विभागले पहिलो पटक बनाएको नक्सामा कालीको उद्गम लिम्पियाधुरा देखाए पनि सीमा नदी लिपुलेक बाट निस्कने खोला भनि देखाएको छ । भारतको नापी विभागले सन् १८७७ मा दोस्रो पटक र १९०५ मा तेस्रो पल्ट नक्सा प्रकाशित ग¥यो जसमा लिपुलेकबाट निस्कने खोलालाई सीमा नदी तोकेको छ । जुन गलत छ ।
कालीको मुहान लिम्पियाधुरा हो भन्ने थुपै प्रमाण हुदाहुदै पनि त्यसलाई भारतले लगातार उल्टाउदै तुलसि न्युराङ्गमा कालीको नक्कली मन्दिर बनाएर पहाडबाट निस्केको तिरतिरे खोलालाई लिपुखोलाबाट निस्कने नदीमा मिसाएर काली नदीको उदगम बनाउने कोशिस गरि रहेको छ । सन् १९६१ मा नेपाल चीन वीच सिमाङ्कन गर्दा नेपालको पश्चिम र पूर्वी छेउमा नेपाल, भारत र चीन तिन ओटै देशको भुभाग भेटिने ठाँउ भएकोले यस्तो ठाँउमा त्रिदेशीय विन्दु कायम गर्न ३ वटै देशका प्रतिनीधि आवश्यक पर्ने भएको र त्यसबेला भारत चीन वीच सन् १९६२ मा घमासन युद्ध भएको कारण सम्बन्ध विगे्रकोले भारत उपस्थित हुन सकेन र अहिले सम्म पनि त्रिदेशीय सीमा बिन्दु कायम हुन सकेको छैन् । लिपुलेकलाई त्रिदेशीय सीमाविन्दु मान्न सकिन्न ।
त्रिदेशिय सिमा बिन्दु लिम्पियाधुरा
दार्चुलाको सदरमुकाम खलंगा देखी नेपालबाट ६ दिनको पैदल यात्रामा पर्ने ब्यास गाबिस–१ मा पर्ने लिपुलेक त्रिदेशीय मिलन बिन्दु नभई लिम्पियाधुरा हो । नेपाल, भारत र चीनबीचको पश्चिम उत्तरी त्रिदेशीय बिन्दु महाकाली नदीको वास्तविक उद्गमस्थल लिम्पियाधुरा हो, लिपुलेक होइन । लिपुलेक भञ्जाङ लिम्पियाधुरा देखि ५३.१२ किमी पूर्वमा पर्छ ।
सन् १९६२ को भारत–चीन युद्धताका नेपाली सुरक्षाकर्मीको अनुपस्थितिको फाइदा उठाई नेपालको लिपुलेक क्षेत्रको नेपाली भुगोल भोगचलन गर्दै आएको हो । सीमा समस्या समाधानका लागि नेपाल भारतबीच कार्यदल समूह तथा संयुक्त आयोग गठन भए पनि त्यो टुंगिएको छैन ।
सन् १८१५ मा इस्ट इन्डिया कम्पनी र नेपालबीच भएको सुगौली सन्धिको धारा ५ अनुसार नेपालको पश्चिमी सिमाना महाकाली नदीपूर्व कायम हुन पुग्यो । लिम्पियाधुरा देखि ५३.१२ किमी पूर्व ब्यास गाबिसमा रहेकाले लिपुलेक नेपालीको सार्वभौम क्षेत्र हो । अहिले नेपालमा लिम्पियाधुरालाई छाडेर लिपुलेकको मात्र कुरा उठीरहेको छ ।
अखिल क्रान्तिकारीको अभियान
बैद्य नेतृत्वको नेकपा–माओवादी निकट बिद्यार्थि संगठन अखिल क्रान्तिकारीले काठमाण्डौ–दार्चुला जागरण अभियान सञ्चालन गरेको छ । श्रावण २२ गते देखी काठमाण्डौबाट सुरु भएको जागरण अभियान २६ गते दार्चुला जिल्ला सदरमुकाम खलंगामा मार्च पास तथा बिरोधसभा गर्दै सम्पन्न भएको छ ।
“लिपुलेक हाम्रो हो” अखिल क्रान्तिकारी लेखिएका सेता टिसट लगाएका क्रान्तिकारीका बिध्यार्थिले महाकाली नदी पारी (१५० मिटर) रहेका एसएसबीलाई नेपाली झण्डा देखाउँदै उत्तेजित हुँदै “भारत चिन होसियार, लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो ” जस्ता नारा लगाएका थिए ।
अखिल क्रान्तिकारीका अध्यक्ष रत्न ढकाल सहितको एक १६ जनाको टोली लिपुलेक भञ्जाङका लागी प्रस्थान गरेको छ । प्रस्थान गर्ने क्रममा अध्यक्ष ढकालले नयाँ पत्रिका संग कुरा गर्दै भने “हामी त्यहाँ पुग्छौँ नेपाली झण्डा फहराउँछौँ हामीलाई थाहा छ राष्ट्रिय अन्तराष्ट्रि परस्थिती पनि ठिक छैन मौसमी प्रतिकुलता पनि छ त्यसका बाबजुत पनि हामी त्यहाँ जान्छौँ ।”
सिमामा कडा चेक जाँच
भारति पक्षद्धारा सिमा क्षेत्रमा चेकजाँचमा कडाई गर्नुका साथै कामको शिलसिलामा भारतमा जाने मजदुरलाई पनि फिर्ता गरिएको छ । भारतको कालापानी, गुढी, गरवेङ, गन्जी र नाबीका लागी काम गर्न हिडेका दार्चुला जिल्लाका दुँहु र मार्मा गाबिसका करिब १ सय ५० जना मजदुरलाई फिर्ता गरिएको स्थानीय दमन सिंह मन्यालले जानकारी दिए ।
मन्यालले भने सिमामा पछिल्लो समय चेकजाँच बढाएका छन । “भारतिय सेनाको सामान बोक्ने नेपाली कामदारलाई पनि फिर्ता पठाएको छ हामी सिमाका जनताले कति दुःख पाएका छौँ त्यो भनेर के साध्य छ सर ?” मन्यालले थपे “ हाम्रो सरकार केहीगर्न सक्दैन अखिल क्रान्तिकारीका बिध्यार्थिले गरेको काम राम्रो भए पनि हामी सिमाका जनताले दुःख पाउँछौँ ।”
श्रावण २६ गते दार्चुला घुम्न हिडेका अखिल क्रान्तिकारीका बिध्यार्थिलाई भारतिय सिमा सुरक्षाबलले नियन्त्रणमा लिएको थियो । बिध्यार्थिको झोला लिपुलेक हाम्रो हो लेखिएको टोपी र नेपाली झण्डा भेटिएका कारण नियन्त्रणमा लिएको थियो । स्थानीयले दिएको जानकारी अनुसार दार्चुलामा बिरोध सभा भैरहँदा भारतिय सिमा सुरक्षाबलका दुई दर्जन भन्दा बढी मान्छेहरु सिभिल डे«समा कार्यक्रम स्थलमा रहेका थिए ।
भारतिय सेनाको हेलिकोप्टरले सिमामा सक्रीयता बढाएको थियो । २७ गते बिहान मात्रै एक दर्जन पटक नेपाली आकास माथी उडान भरेको थियो । स्थानीयका अनुसार एक÷दुई पटक निउमित रुपमा उडान भर्ने गरेको हेलिकोप्टर त्यस दिन निकै उडान गरेको थियो ।
0 comments:
Post a Comment