Sponsor

भारतीय सांसदले भनेः ‘नेपालका १५ जिल्ला भारतलाई दिनुपर्छ, नदिए खोसिन्छ’

नयाँ संविधानपछि मधेश आन्दोलनले चर्को रुप लिएकै बेला भारतीय एकजना सांसदले नेपालका १५ जिल्ला भारतले खोस्नुपर्ने सनसनीपूर्ण र विवादास्पाद अभिव्यक्ति दिएका छन् । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले अँग्रेजहरुले नेपाललाई भारतीय भूमी दिएको भन्दै उक्त भूमी भारतले लिनुपर्ने बताएका हुन् ।

भारतीय पत्रिका दैनिक जागरणले उनको भनाईलाई आधार मान्दै समाचार लेखेको छ । ‘नेपालले आफ्ना १५ वटा जिल्ला भारतलाई फिर्ता दिनुपर्छ । अंग्रेजले हिन्दुस्तानका हिस्सा रहेका ती जिल्ला नेपाललाई दिएको थियो ।’ आजादले नेपालमा रहेका १५ वटा जिल्ला भारतमा गाभ्नका लागि आफूहरुले लडार्इं गर्ने र नेपालले दिन तयार नभए खोसेर भएपनि लिनुपर्ने बताएका छन् ।

मधेशलाई छुट्टै स्वायत्त प्रदेश दिने कि नदिने बहस भैरहेका बेला भारतीय सांसदबाटै यस्तो विवादास्पद अभिव्यक्ति आएपछि यसले सनसनीपूर्ण तरंग फैलिएको छ ।

हेर्नुहोस्, भारतीय पत्रिका दैनिक जागरणमा प्रकाशित समाचारः


~ताजाखबर
Share on Google Plus

About Beingrahul

1 comments:

  1. Asal mai tu kuttaa hi hai . usse aage tu jaa na skaa . khed hai.

    ReplyDelete