Sponsor

नेपालको नाकाबन्दीको विषयलाई लिएर भारतीय मिडिया नै मोदी विरुद्ध लागे

काठमाडौं, कात्तिक १८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्ध बिगारेको भन्दै भारतीय मिडियाले आपत्ति जनाएका छन् । मोदी सरकारले एउटा छिमेकीसँग निर्वाह गर्ने भुमिका गलत भएको भन्दै बुधबार प्रकाशित भारतीय मिडियाले मोदी सरकारको आलोचना गरेका छन् । आज प्रकाशित नवभारत टाइम्सले नेपाल–भारत सम्बन्धलाई केन्द्र बनाएर सम्पादकीय नै लेखेको छ ।
‘नेपाल असन्तुष्ट किन रु’ शीर्षकमा सम्पादकीय लेख्दै सो पत्रिकाले आफ्नो सबैभन्दा प्यारो छिमेकी नेपालसँगको हाम्रो सम्बन्ध यति उपेक्षित हुन्छ भन्ने कल्पना दुबै मुलुकमा सायदै कसैले गरेको थियो होला भन्ने सिवश्लेषण समेत गरेको छ । त्यस्तै आजै प्रकाशित अर्को पत्रिका ‘हिन्दुस्तान दैनिक’ ले किंग्स कलेज, लन्डनका रक्षा विशेषज्ञ हर्ष पन्तको लेख प्रकाशित गरेको छ जसमा नेपाल–भारत सम्बन्धलाई केलाइएको छ ।



पन्तका अनुसार भारतले नेपालको नयाँ संविधानका बारेमा आफ्नो चासो अप्रत्यक्ष रुपमा पछिल्तिरको ढोकाबाट पेश गरिएको छ । संकटले दियो चीनलाई मौका’ शीर्षक लेखमा पन्त लेख्छन्, ‘भारतले नेपालको संविधानका बारेमा पछिल्तिरको ढोकाबाट आफ्नो चिन्ता राख्यो ताकि नेपालको आन्तरिक मामलामा हस्तक्षेपको आरोप नलागोस् ।’ यसअघि प्रकाशित समाचारहरुमा पनि भारतीय मिडियाले नेपालको पक्षमा नै समाचार प्रकाशन र प्रशारण गर्दै आएका छन् ।



Source:- tajakhabar.com
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment