Sponsor

२७ वर्षपछि दोहोरिएको इतिहास, उस्तै हेडलाइन, उस्तै समाचार

 २७ वर्षपछि फेरि इतिहास दोहोरिएको छ। २०४५ सालको नाकाबन्दीपछि तत्कालीन मिडियाका समाचार हेर्दा अहिलेकै जस्तै घटना, हेडलाइन र समाचार देखिन्छन्। १० प्रसङ्ग-

१) भूकम्पपछि नाकाबन्दी२०४५ सालको भदौमा विशेष गरी पूर्वी नेपाल भूकम्पले तहसनहस पार्‍यो। त्यसको सात महिनापछि भारतले व्यापार तथा पारवहन सन्धिको म्याद सकिएको भन्दै घोषित रुपमा नाकाबन्दी सुरु गरेको थियो। अहिले पनि वैशाखको भूकम्पको पाँच महिनापछि भारतले अघोषित रुपमा नाकाबन्दी थाल्यो। चैत ६ गतेको देशान्तर साप्ताहिकको यो हेडलाइनले अहिलेकै परिस्थिति सम्झाउँछ।




२) अभाव र अन्यौल उस्तै२०४५ चैत २० को यो अर्को हेडलाइन पनि अहिलेकै समाचार हो झैँ लाग्नेछ। समाचार भने अलि फरक छ। त्यतिबेला मट्टितेलको लामो लाइन हुन्थ्यो। अहिले पनि मट्टितेलको लाइन त छ तर त्योभन्दा बढी पेट्रोल र डिजेलको लाइन छ। त्यतिबेला ७ हजार ट्रक, ५ हजार ट्याक्सी टेम्पो र ३ हजार ५ सय बस मिनिबसमात्रै थिए।

३) लडाइँको जस्तो व्यवहारप्रधानमन्त्री केपी ओलीले भारतले नेपालमा गरेको नाकाबन्दी युद्धको जस्तो व्यवहार भएको बताएका छन्। ठीक यस्तै भनेका थिए त्यतिबेला डा. देवेन्द्रराज पान्डेले-

४) काठमाडौँको दैनिकीनाकाबन्दीका बेला काठमाडौँको दैनिकीबारे यो समाचारले प्रष्ट पार्छ-

५) भारतको झुट उस्तै२०४५ को चैत २० गते छापिएको देशान्तरमा भनिएको छ- भारतले आफ्ना सञ्चार माध्यमहरुमार्फत् जतिसुकै ठूलो स्वरमा नेपाललाई आवश्यक सामानहरु पठाइरहेको दावी गरे पनि भारतबाट त्यस्ता सामानको आपूर्ति नभएको मात्र होइन, नेपालसँग गरिएको पूर्व सम्झौता अनुसार पठाउनु पर्ने सामाग्रीको समेत आपूर्ति गरेको छैन। ठूलो स्वरले कराउँदैमा झुटो कुरा सत्य सावित हुन सक्दैन।

६) औषधि पनि रोकियो२०४५ सालमा पनि औषधि रोकिएको यो समाचारले देखाउँछ-

७) पत्रिकाका पेज कमनाकाबन्दीका कारण अहिले पत्रपत्रिकाहरु नियमितभन्दा कम पेज छापिँदैछ। त्यतिबेला पनि पत्रिकाहरु कम पेज छाप्न बाध्य भएको देशान्तरको यो सूचनाले देखाउँछ-

८) आत्मनिर्भरताको कुरा र तस्करीको तथ्य उस्तै
९) अमेरिकामा विरोध२७ वर्षअघिको नाकाबन्दीको विरोधमा पनि अमेरिकामा संयुक्त राष्ट्र सं‌घको मुख्यालयबाहिर प्रदर्शन भएको थियो-

१०) चीनबाट तेल२०४६ वैशाख १८ गतेको देशान्तरमा छापिएको समाचार अनुसार त्यतिबेला पनि चीनको खासाबाट तीन ट्याङ्कर तेल ल्याइएको थियो-

त्यतिबेला २०२६/२७ सालको नाकाबन्दीको सङ्कट किन बिर्सेको भनी प्रश्न उठाइएको थियो, अहिले हामी फेरि २०४६/४७ को नाकाबन्दीको सङ्कट किन बिर्सेको भनी प्रश्न उठाउँदैछौँ।

यो अर्को समाचार अनुसार त्यतिबेला खासामा चीनको तेल ल्याउन २९ ट्याङ्कर पठाइएको थियो-


~ pahilopost.com
Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment