Sponsor

भारत अमेरिकासँग मिलेपछि चीनले देखायो डरलाग्दा हतियार (फोटो फिचर)



काठमाडौं, ५ वैशाख । दक्षिणी चीन सागरमा अमेरिका र भारतले संयुक्त गस्ती गर्ने घोषणा गरेलगत्तै चीन आक्रामक बनेको छ ।

पछिल्लो समय उक्त सागरका टापुहरु धमाधम आफ्नो नियन्त्रणमा लिएर चीनले आफ्नो प्रभाव बढाइरहेको छ भने त्यहाँ हवाई अड्डा र आफ्ना सैनिक खटाइरहेको छ ।

चीनको यो कदमबाट चिन्तित भारतले केही दिनअघि मात्र अमेरिकासँग हात मिलाएको थियो । दुबै मिलेर अब चीनलाई उक्त सागरमा अगाडि बढ्न नदिने भन्दै संयुक्त गस्ती गर्ने सम्झौता पनि गरेका थिए ।
शुक्रबार मात्रै अमेरिकी रक्षासचिव ऐश कार्टरले दक्षिणी चीन सागरमा हतियारसहितको विमानबाट यात्रा गरेर आफ्ना सेनालाई त्यहाँ उतारेका थिए ।
यसरी भारतसँग मिलेर अमेरिकाले आफ्ना सागरमा सेना नै उतारेपछि चिनियाँ सेनाले नयाँ हतियार सार्वजनिक गरेको छ । त्यहाँको सैनिक म्यागजिनले चीनले हालै निर्माण गरेका डरलाग्दा हतियारहरुका तस्वीर सार्बजनिक गरेको हो ।

चीनले धमाधम सागर आफ्नो बनाउन थालेपछि भारतसहित अमेरिका, जापान, फिलिपिन्स चिन्ता जनाउँदै आएका छन् ।

हेर्नुस् चीनले सार्वजनिक गरेका अत्याधुनिक हतियारहरुः

~दैनिक नेपाल
Share on Google Plus

About Rahul

0 comments:

Post a Comment