Sponsor

यस कारण लिपुलेक नेपालको हो

लिपुलेक दार्चुला जिल्लाको उत्तरी हिमालमा रहेको व्यास गाविस वडा नं १ अन्र्तरगत पर्दछ । लिपुलेकको उत्तरमा झण्डै पाँच किलोमिटरको दुरीमा तिब्बतको पुराङ्ग काउन्टीको सीमा जोडिएको छ, तर लिपुलेकबाट तिब्बतको ताक्लाकोटको दुरी १६ किलोमिटर पर्दछ । लिपुलेक देखि झण्डै ५५÷५६ किलो मिटर पश्चिम तिर भारतको पिथौरागढ पर्दछ । यो नाका भारतीय सेनाको कब्जामा छ ।

उक्त नाका जुन महिना देखि सेप्टेम्बर सम्म भारतीहरुले तिर्थाटन तथा व्यापारिक उद्देश्यका लागि प्रयोग गर्दछन् । हिँऊका कारण यो नाका ९ महिना सम्म बन्द रहन्छ । तिर्थाटनका लागि जाने मान्छेलाई भारतको केन्द्रिय सरकारले पासपोर्ट उपल्व्ध गराउने गर्दछ ।

लिपुलेकबाट अन्दाजी ३ किलोमिटर तल टिङ्कर भन्ज्याङ्गमा मात्र झण्डै बर्षको दुई–तीन महिना मात्र मानव बसोबास हुन्छ । नेपाल सरकारको टिङ्कर भन्ज्यांगमा छोटी भन्सार रहेको छ । त्यसले नेपाल तिब्बत सीमा नाकालाई हेर्दछ । छोटी भन्सार पनि बर्षको दुई तीन महिना मात्र बस्छ र हिउ पर्न सुरु भएपछि सदरमुकाम फिर्ता हुन्छ ।
त्यो ठाउ सदरमुकाम देखि झण्डै ९६ कि.मी.को दुरीमा पर्दछ । त्यहां पुग्न नेपालको बाटोबाट पैदल हिंडेर करिब ४ दिन लाग्छ र भारतको बाटो प्रयोग गरेर पनि त्यहा जान सकिन्छ तर भारतले त्यहाँ जान आफ्नै नागरिकहरुलाई समेत खास अवस्थामा मात्र अनुमति दिने गरेको छ । नेपाली नागरिलाई भने प्रबेश समेत छैन ।


२००९ सालमा मातृका प्रसाद कोईराला सरकारको कार्यकालमा नेपाली सेनाको पुर्नःसंरचनाका लागी भारतबाट एउटा सैनिक मिसन नेपाल आएको थियो र पछि त्यहि मिसन अन्र्तरगत भारतीय सेनाहरु नेपालका १८ ओटा उत्तरी सीमा अर्थात चीन तिब्बत सिमानामा तैनाथ गरिएका थिए । त्यस अन्र्तरगत दार्चुला जिल्लाको टिङ्कर भन्ज्यागंमा पनि भारतीय सेनाहरु आएर बसेका थिए ।

१९६२ मा चीन र भारतका बीच भएको सीमा युद्धका दौरान चीनिया सेना द्धारा लखेटिएका भारतीय सेनाहरु पनि दार्चुला जिल्लाको टिङ्कर भन्ज्यागं नजिक आएर बसे । पञ्चायत कालमा कीर्तिनिधी विष्ट सरकारको कार्यकालमा उत्तरमा रहेका सम्पुर्ण चेक पोष्टहरु हटाउने कार्य भएको थियो तर कालापानीबाट भारतीय सेनालाई हटाउने कार्य भएन तत्कालिन व्यवस्थाले कालापानीमा भारतीय सेनाको उपस्थितीलाई मौन स्वीकृती दिएको पाईन्छ ।

झण्डै ५८ वर्ष देखि भारतीय सेनाले कालापानीको तुलसी, न्युराङ्ग, नाभि, गुञ्जी र छोटा कैलास लगाएतका ठाँउहरुमा सैनिक क्याम्प खडा गरेर कालापानी लिम्पियाधुरा क्षेत्र अतिक्रमण गरेर बसेका छन् । उक्त क्षेत्र भित्र कालापानी, लिपुलेक, तुलसि भञ्ज्यागं, नाभि, डाडु, गुञ्जी, नाबी, कुटी, निहाल, विलसा र लिम्पीयाधुरा सम्मको झण्डै ३७ हजार हेक्टर सम्मको भु–भाग पर्दछ । यति ठूलो भुभाग अतिकक्रमण गरेर विदेशी सेनाले लामो समयसम्म कब्जा जमाएर बस्दा पनि नेपाली शासकहरु मौन छन । कालापानीको अतिक्रमित क्षेत्रलाई वैधानिक बनाउन भारतले लगातार प्रयत्न गरि रहेको थियो ।


भारतले लगातार सन १८५६ देखि नै नेपालको पश्चिम सीमाना लिम्पियाधुरा होइन भने पुष्टि गर्ने प्रयत्न गर्दै आइ रहेकोछ । सन् १८१६ मा नेपाल र ब्रिटिस इण्डियाका वीच भएको सुगौली सन्धिले नेपालको पश्चिम सिमाना महाकाली नदी तोकेको छ । सुगौली सन्धि अनुसार काली नदी देखि पश्चिमको भुभागमा नेपालीको दावी नलाग्ने प्रष्ट छ । तर काली पूर्वको भुभाग नेपालको पर्दछ । कालापानी सम्बन्धी अहिलेको विवाद काली नदी देखि पश्चिमको नभएर पूर्वको हो । यो विवादमा आफना कुरालाई माथि पार्न भारतीय पक्षले काली नदीको वास्तविक उदगमलाई ढाँटने प्रयत्न गरि रहेको छ । काली नदीको उद्गम स्थल लिम्पीयाधुरा हो । हाल सम्म उपलब्ध झण्डै १० वटा नक्साहरुले काली नदीको उद्गम स्थल लिम्पियाधुरा भनि उल्लेख गरेका छन् ।


त्यस क्षेत्रका गाँउहरुको मालपोत वि.स. १९९० सम्म वैतडी मालपोत कार्यलयमा बुझाइने गरिन्थ्यो । त्यसै गरि वि.स.२०१८ सालमा त्यहां जनगणना समेत भएको पाईन्छ । वि.स. १९७७, १९८६.÷८७ , १९९८, २००९÷२०११मा समेत त्यहां जनगणना भएको छ । पंचायतकालमा गुंजी गाँउका वासिन्दाहरु मध्येबाट उम्मेद्वार भई चुनावमा अध्यक्ष निर्वाचीत भै काम गरेको पाइन्छ ।


२०५५ साल असार ४ गते मात्र तत्कालिन प्रधानमन्त्री गिरीजाप्रसाद कोईरालाले कालापानीमा भारतीय सेना बसेको र लिपुधुराबाट बगेर आउने खोला नै बास्तविक काली नदी भएको सरकारी धारणा पहिलो पटक प्रस्तुत गरे । सन् १८५५ को अक्टोबरमा भारतको नापी विभागले पहिलो पटक बनाएको नक्सामा कालीको उद्गम लिम्पियाधुरा देखाए पनि सीमा नदी लिपुलेक बाट निस्कने खोला भनि देखाएको छ । भारतको नापी विभागले सन् १८७७ मा दोस्रो पटक र १९०५ मा तेस्रो पल्ट नक्सा प्रकाशित ग¥यो जसमा लिपुलेकबाट निस्कने खोलालाई सीमा नदी तोकेको छ । जुन गलत छ ।

कालीको मुहान लिम्पियाधुरा हो भन्ने थुपै प्रमाण हुदाहुदै पनि त्यसलाई भारतले लगातार उल्टाउदै तुलसि न्युराङ्गमा कालीको नक्कली मन्दिर बनाएर पहाडबाट निस्केको तिरतिरे खोलालाई लिपुखोलाबाट निस्कने नदीमा मिसाएर काली नदीको उदगम बनाउने कोशिस गरि रहेको छ । सन् १९६१ मा नेपाल चीन वीच सिमाङ्कन गर्दा नेपालको पश्चिम र पूर्वी छेउमा नेपाल, भारत र चीन तिन ओटै देशको भुभाग भेटिने ठाँउ भएकोले यस्तो ठाँउमा त्रिदेशीय विन्दु कायम गर्न ३ वटै देशका प्रतिनीधि आवश्यक पर्ने भएको र त्यसबेला भारत चीन वीच सन् १९६२ मा घमासन युद्ध भएको कारण सम्बन्ध विगे्रकोले भारत उपस्थित हुन सकेन र अहिले सम्म पनि त्रिदेशीय सीमा बिन्दु कायम हुन सकेको छैन् । लिपुलेकलाई त्रिदेशीय सीमाविन्दु मान्न सकिन्न ।
Share on Google Plus

About Rahul

0 comments:

Post a Comment