Sponsor

चीनले अत्याधुनिक क्षेप्यास्त्र परीक्षण गर्दा अमेरिका आतंकित




एजेन्सी, जेठ ५ चीनले राष्ट्रपति सी जिनपिङको नेतृत्वमा बनाइएका लामो दूरीका कैयौं ब्यालेस्टिक क्षेप्यास्त्रबाट अमेरिका चिन्तित भएको छ । द न्यूयोर्क टाइम्सले चीनको यस कदमबाट एशिया प्रशान्त क्षेत्रमा तनाव उत्पन्न हुने बताएको छ । यसबाट चीनका छिमेकी मुलुकमा त्रास बढ्ने उल्लेख गरिएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामालाई एशिया प्रशान्त क्षेत्रमा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली तैनाथ गर्न दबाब समेत बढेको छ ।




समाचारमा भनिएको छ, चीनका केही क्षेप्यास्त्र बढी शक्तिशाली बनाउने निर्णय गरिएपछि यस्तो अनुमान गरिँदै आएको थियो । चीनसँग स–साना हतियारलाई एकीकृत गरेर क्षेप्यास्त्र बनाएर प्रहार गर्ने क्षमता चीनसँग दशकौंदेखि रहेको छ । चीनलाई पहिले यस्तो क्षेप्यास्त्रमा रुची नभएको र दक्षिण चीन सागरमा विवाद देखिएपछि यस्ता क्षेप्यास्त्र निर्माणमा जोड दिएको बताइएको छ । राष्ट्रपति सी जिनपिङले चीनको पुरानो विचार परिवर्तन गरेको पत्रिकाको दाबी छ ।




चीनले हाल दक्षिण चीन सागरमा विवादित टापुमा सैन्य अखडा बनाइरहेको छ । चीनको कार्यबाट अमेरिकी अधिकारी आश्चर्यचकित भएको र ओबामा प्रशासनले यसलाई ठूलो चुनौतीको रूपमा लिएको छ । चीनको यो कदमले गर्दा राष्ट्रपति ओबामालाई विभिन्न दबाव परेको छ ।अमेरिकाले चीनको यो कदमको जवाफमा एशिया प्रशान्त क्षेत्रमा क्षेप्यास्त्र तैनाथ गर्न चाहेको छ । अमेरिकी अधिकारीले यसलाई चीनको लागि नभई उत्तर कोरियालाई जवाफ दिन तैनाथ गरेको बताउँदै आएका छन् ।

Share on Google Plus

About Beingrahul

0 comments:

Post a Comment